यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हिन्नोम
यहोशू 15 : 8
8 फेरि त्यही सिमाना बेनहिन्नोमको बेँसी भएर यबूसी, अर्थात् यरूशलेमको दक्षिणपट्टि उकालो लागेको थियो। अनि त्यो सिमाना हिन्नोमका बेँसीको पश्चिमतिर भएका र रपाईहरूका बेँसीको पल्लोपट्टि उत्तरतिरका डाँड़ाको थाप्लोसम्मै पुगेको थियो।
यहोशू 18 : 16
16 त्यो सिमाना बेन-हिन्नोमका बेँसीको सामु र रपाईहरूका बेँसीको उत्तरपट्टिका डाँड़ाको पल्लो छेउमा ओर्ली यबूसी सहरका दक्षिणपट्टिका हिन्नोमको बेँसीबाट झरेर एन-रोगेलमा झरेको थियो।
२ राजाहरू 23 : 10
10 मोलोखको निम्ति कसैले पनि आफ्ना छोरा वा छोरीलाई होम गर्न प्रयोग नगरोस् भनी बेन-हिन्नोमको बेँसीमा भएको तोपेतलाई तिनले अपवित्र तुल्याइदिए।
नहेम्याह 11 : 30
30 जानोह, अदुल्लाम र त्यसका बस्तीहरू, लाकीश र त्यसका खेतहरू, र आजेका र त्यसका बस्तीहरूमा बस्थे। यसरी तिनीहरूले बेर्शेबादेखि हिन्नोमको बेँसीसम्मको देश ओगटे।
२ इतिहास 28 : 3
3 तिनले बेन-हिन्नोमको बेँसीमा बलिदानहरू पनि चढ़ाए। इस्राएलको सामुन्नेबाट जुन जातिहरूलाई परमप्रभुले देशबाट निकाल्नुभएको थियो, उनीहरूकै घिनलाग्दा चालमा हिँड़ेर तिनले आफ्ना छोराहरूलाई आगोमा होम गरे।
२ इतिहास 33 : 6
6 तिनले आफ्ना छोराहरूलाई बेन-हिन्नोमको बेँसीमा आगोमा होम गरे। तिनले टुनामुना गरे र जोखना हेरे। तिनले मन्त्रतन्त्र गरे र भूतप्रेत र पिशाचहरू खेलाए। तिनले परमप्रभुको दृष्टिमा साह्रै खराबी गरे र उहाँलाई रीस उठाए।
यर्मिया 7 : 32
32 यसकारण होशियार होओ, यस्ता दिनहरू आउँदैछन्, परमप्रभु भन्नुहुन्छ, जब मानिसहरूले त्यसलाई तोपेत वा बेन-हिन्नोमको बेँसी कहिल्यै भन्नेछैनन्, तर त्यो हत्याको बेँसी कहलाइनेछ। किनकि तिनीहरूले आफ्ना मरेकाहरूलाई तोपेतमा ठाउँ नअटाउञ्जेलसम्म गाड्नेछन्।
यर्मिया 19 : 2
2 बेनहिन्नोमको बेँसीमा भएको खपटाका ढोकाको नजिक गएर जुन कुरा म तँलाई भन्छु त्यो त्यहाँ सुना।
यर्मिया 19 : 4
4 किनकि तिनीहरूले मलाई त्यागेका छन् र यो ठाउँ विदेशी देवताहरूको ठाउँ बनाएका छन्। तिनीहरू आफूले, तिनीहरूका पिता-पुर्खाहरूले र यहूदाका राजाहरूले नचिनेका अरू देवताहरूका लागि बलिदानहरू जलाएर तिनीहरूले यस ठाउँलाई निर्दोषहरूको रगतले भरेका छन्।
यर्मिया 19 : 6
6 यसैले होशियार रहो, यस्तो दिन आउँदैछ, परमप्रभु भन्नुहुन्छ, जब यो ठाउँ फेरि कहिल्यै मानिसहरूले तोपेत अथवा बेन-हिन्नोमको बेँसी भन्नेछैनन्, तर हत्याको बेँसी भन्नेछन्।
यर्मिया 32 : 35
35 आफ्ना छोराछोरीहरूलाई मोलोखको लागि आगोमा बलि चढ़ाउन तिनीहरूले बेन-हिन्नोमको बेँसीमा बाल देवताका अल्गा-अल्गा थानहरू बनाए। यहूदालाई पापमा पार्ने यस्ता घिनलाग्दा काम तिनीहरूले गरून् भनी मैले तिनीहरूलाई कहिल्यै आज्ञा दिइनँ, न यस्तो कुरो कहिल्यै मेरो मनमा आएको थियो।
यशैया 22 : 1
1 दर्शनको बेँसीको विषयमा ईश्वरवाणी: तिमीहरूलाई के भयो र तिमीहरू जम्मै घरका कौसीमा उक्लेर गयौ?
Leave a Reply