यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हित्तीहरू
उत्पत्ति 10 : 15
15 कनान आफ्ना जेठा छोरा सीदोन र हेतका पिता भए।
उत्पत्ति 23 : 10
10 त्यस बेला एप्रोन हित्तीहरूका माझमा बसिरहेका थिए, र जति जना उनका सहरको ढोकाको अगाड़ि आएका थिए, ती सबैले सुन्ने गरी हित्ती एप्रोनले अब्राहामलाई भने,
उत्पत्ति 26 : 34
34 एसावले चालीस वर्षको उमेरमा हित्ती बेरीकी छोरी यहूदीत र हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्याए।
उत्पत्ति 36 : 2
2 एसावले कनानी स्त्रीहरूमध्येबाट पत्नी ल्याए: अर्थात् हित्ती एलोनकी छोरी आदा र हिव्वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा,
उत्पत्ति 23 : 20
20 यसरी त्यो खेत र त्यसमा भएको ओड़ारसमेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहामको अधिकारमा पक्कासँग दर्ता भयो।
गन्ती 13 : 29
29 नेगेव भनिने दक्षिण क्षेत्रमा अमालेकीहरू, र पहाड़ी क्षेत्रमा हित्ती, यबूसी र एमोरीहरू, अनि समुद्रको नजिक र यर्दन नदीको किनारमा कनानीहरू बस्दारहेछन्।”
यहोशू 1 : 4
4 मरुभूमिदेखि लेबनानसम्म लिएर महानदी, अर्थात् यूफ्रेटिस नदीदेखि— हित्तीहरूको जम्मै देश— पश्चिमतिर महासागरसम्मै [1] तिमीहरूको सिमाना हुनेछ।
न्यायकर्ताहरू 1 : 26
26 त्यो मानिस हित्तीहरूको देशमा गयो, र त्यसले त्यहाँ एउटा सहर बनायो, र त्यसको नाउँ लूज राख्यो। त्यस सहरको नाउँ आजसम्म यही छ।
प्रस्थान 3 : 8
8 यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर त्यस देशबाट एक असल र ठूलो देश, अर्थात् दूध र मह बग्ने देश— कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूका देशमा ल्याउनलाई म ओर्लिएको छु।
व्यवस्था 7 : 1
1 जब तिमीहरू अधिकार गर्न भनी जान लागेको देशमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ल्याउनुहुन्छ, र तिमीहरूभन्दा असंख्य र सामर्थी यी सात जाति, हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई तिमीहरूका सामुन्नेबाट उहाँले धपाउनुहुन्छ,
यहोशू 1 : 4
4 मरुभूमिदेखि लेबनानसम्म लिएर महानदी, अर्थात् यूफ्रेटिस नदीदेखि— हित्तीहरूको जम्मै देश— पश्चिमतिर महासागरसम्मै [1] तिमीहरूको सिमाना हुनेछ।
यहोशू 9 : 2
2 तब उनीहरू एक मनका भएर यहोशू र इस्राएलीहरूसँग युद्ध गर्नलाई जम्मा भए।
यहोशू 24 : 11
11 “‘त्यसपछि तिमीहरू यर्दन तरेर यरीहोमा आयौ। अनि यरीहोका मानिसहरू, एमोरी, परिज्जी, कनानी, हित्ती, गिर्गाशी, हिव्वी र यबूसीहरूले तिमीहरूसित लड़ाइँ गरे। तर मैले उनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिएँ।
न्यायकर्ताहरू 3 : 7
7 जुन कुरा परमप्रभुको दृष्टिमा खराब थियो इस्राएलीहरूले त्यही गरे। तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से र बाल देवताहरू र अशेरा देवीहरूलाई पुज्न लागे।
एज्रा 9 : 1
1 जब यी सबै गरिसिद्ध्याए तब अगुवाहरूले मकहाँ आएर भने, “इस्राएलका मानिस, पूजाहारीहरू र लेवीहरूसमेतले छिमेकका मानिसहरू, अर्थात् कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री र एमोरीहरूका घिनलाग्दा कामहरूदेखि आफूलाई अलग राखेका छैनन्।
१ राजाहरू 11 : 1
1 तापनि सोलोमन राजाले फारोकी छोरीबाहेक धेरै विदेशी स्त्रीहरू, मोआबी, अम्मोनी, एदोमी, सीदोनी र हित्ती स्त्रीहरूसित प्रेम गरे।
२ इतिहास 8 : 8
8 अर्थात् देशमा भएका उनीहरूका सन्तान-दरसन्तानहरू, जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन्— उनीहरूलाई सोलोमनले बेगारी काममा लाए, र उनीहरू आजको दिनसम्मै त्यस्तै छन्।
१ राजाहरू 9 : 21
21 अर्थात् उनीहरूका सन्तानहरू, जो देशमा बाँकी रहेका थिए, जसलाई इस्राएलीहरूले बिलकुलै नाश गर्न सकेका थिएनन्— उनीहरूलाई नै सोलोमनले बेगार काममा लगाए, जस्तो उनीहरू आजको दिनसम्म छन्।
Leave a Reply