यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हिंसा
मत्ती 26 : 52 – 54
52 तब येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्ट हुनेछन्।
53 तिमी के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ती गर्न सक्दिनँ, र उहाँले तुरुन्तै स्वर्गदूतहरूका बाह्र पल्टनभन्दा बढ़ी मेरो निम्ति पठाइदिनुहुन्न र?
54 तर त्यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्त्रमा लेखिएको कुरा कसरी पूरा हुने?”
यशैया 60 : 18
18 तेरो देशमा फेरि कहिल्यै उपद्रव सुनिनेछैन, तेरा सिमानाभित्र बरबादी र विनाश सुनिनेछैन। तर तैंले तेरा पर्खाललाई मुक्ति भन्नेछस्, र तेरा मूल ढोकालाई प्रशंसा।
हिब्रू 10 : 30
30 किनकि “प्रतिशोध लिने काम मेरो हो, प्रतिफल म दिनेछु” भन्नुहुनेलाई हामी चिन्छौं। यसो पनि भनिएको छ, “परमप्रभुले आफ्ना मानिसहरूको इन्साफ गर्नुहुनेछ।”
भजनसंग्रह 144 : 1
1 दाऊदको भजन [1] मेरो चट्टान, परमप्रभुको प्रशंसा होस्, जसले मेरो हातलाई युद्ध गर्न, र मेरा औँलाहरूलाई लड़ाइँ गर्न सिकाउनुहुन्छ।
रोमी 14 : 1
1 विश्वासमा कमजोर हुने मानिसलाई ग्रहण गर, तर उसको मतसम्बन्धी कुरामा वाद-विवाद गर्नलाई होइन।
रोमी 13 : 4
4 किनकि तिम्रो भलाइको निम्ति तिनी परमेश्वरका सेवक हुन्। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्यर्थमा भिर्दैनन्। खराब काम गर्नेमाथि परमेश्वरको दण्ड ल्याउने तिनी परमेश्वरका सेवक हुन्।
१ तिमोथी 6 : 1 – 21
1 दासत्वका जुवामुनि हुने सबैले आ-आफ्ना मालिकलाई पूरा सम्मानको योग्य ठानून्, ताकि परमेश्वरको नाउँ र हाम्रो शिक्षाको बदनामी नहोस्।
2 विश्वासी मालिकहरूलाई तिनका कमाराहरूले विश्वासमा दाजुभाइ भन्दैमा अनादर नगरून्। बरु तिनीहरूले उनीहरूको झन् बढ़ी सेवा गरून्, किनभने तिनीहरूका सेवाबाट लाभ पाउनेहरू विश्वासी र प्रियहरू नै हुन्। यी कर्तव्यहरू पालन गर्न सिकाऊ, र आग्रह गर।
3 यदि कसैले अरू सिद्धान्त सिकाउँछ र हाम्रा प्रभु येशू ख्रीष्टको उचित वचन र ईश्वरभक्तिअनुसारको शिक्षासँग सहमत हुँदैन भने,
4 त्यो घमण्डले फुलेको हुन्छ, र त्यसले केही जानेको हुँदैन। त्यसले व्यर्थको वाद-विवाद गर्छ, र एक-एक शब्द लिएर झगड़ा गर्न खोजिहिँड्छ। यी कुराहरूले डाह, कलह, बदनामी र खराब शङ्काहरू उत्पन्न गराउँछन्,
5 र बुद्धि भ्रष्ट भएका र सत्यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन्, अनि भक्तिचाहिँ फाइदा उठाउने उपाय हो भनी तिनीहरू ठान्छन्।
6 सन्तुष्टिसहितको भक्ति नै ठूलो लाभ हो।
7 किनकि हामीले न त यस संसारमा केही ल्यायौं न यहाँबाट केही लैजान नै सक्छौं।
8 तर खान र लाउनसम्म छ भने हामी त्यसैमा सन्तुष्ट हुनेछौं।
9 तर धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्छन् र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्।
10 किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्।
11 तर परमेश्वरका जन तिमीले यी सबै त्याग, र धार्मिकता, भक्ति, विश्वास, प्रेम, स्थिरता र नम्रताको लक्ष्य राख।
12 विश्वासको उत्तम लड़ाइँ लड़। अनन्त जीवन पक्रिराख। यसैमा तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्थितिमा तिम्रो विश्वासको असल साक्षी दिएका थियौ।
13 सबै थोकलाई जीवन दिनुहुने परमेश्वर र पन्तियस पिलातसको अगाडि असल गवाही दिनुहुने ख्रीष्ट येशूको सामने,
14 म तिमीलाई आदेश दिँदछु, कि प्रभु येशू ख्रीष्ट देखा नपरुञ्जेल यस आज्ञालाई कलङ्क र अपवादबाट अलग राख।
15 अनि धन्य र सर्वोच्च, राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभुले उचित समयमा ख्रीष्टको आगमनलाई प्रकट गर्नुहुनेछ।
16 उहाँमा नै अमरत्व छ, र उहाँ त्यस ज्योतिमा वास गर्नुहुन्छ जसको नजिक कोही जान सक्दैन। उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन न देख्न सक्छ। उहाँलाई नै आदर र पराक्रम सदासर्वदा होस्। आमेन।
17 यस संसारका धनीहरूलाई घमण्डी नहुने आज्ञा देऊ, र अनिश्चित सम्पत्तिमा होइन तर हामीलाई हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि तिनीहरूले आशा राखून्।
18 तिनीहरूले असल कार्य गरून्, र असल कामहरूमा धनी, उदार-चित्त र दानी होऊन्।
19 यसरी आफ्नै लागि भविष्यको असल जग बसाल्न सकून्, ताकि तिनीहरूले त्यो जीवन पक्रिराखून् जो साँच्ची नै जीवन हो।
20 तिमोथी, जे तिमीलाई सुम्पिएको छ, त्यो सुरक्षित राख। भक्तिहीन गनथन र खण्डनहरू, जो झूटो ज्ञान हो, तिनलाई परित्याग गर।
21 यी कुराहरूका पछि लागेर कति जना आफ्नो विश्वासको लक्ष्यबाट चुकेर गएका छन्। तिमीसँग अनुग्रह रहोस्।
१ तिमोथी 3 : 3
3 मतवाला र रिसाहा होइन तर तिनी विनम्र, झगड़ा नगर्ने, धनको लोभ नगर्ने,
व्यवस्था 28 : 47 – 48
47 तिमीहरूसँग सबै चीज प्रशस्त हुँदा खुशीसँग प्रसन्न चित्तले परमप्रभु आफ्ना परमेश्वरको सेवा गरेनौ।
48 यसकारण भोक, प्यास, नग्नता र सबै चीजको अभावमा परेर परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुभएका शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौ। उहाँले तिमीहरूलाई नाश नगर्नुभएसम्म तिमीहरूको काँधमा चाहिँ फलामको जुवा हालिदिनुहुनेछ।
भजनसंग्रह 11 : 5
5 परमप्रभुले धर्मीहरूको जाँच गर्नुहुन्छ, तर दुष्ट र हिंसा रुचाउनेहरूलाई उहाँले घृणा गर्नुहुन्छ,
भजनसंग्रह 55 : 15
15 मृत्युले मेरा शत्रुहरूलाई अचानक निलोस्। तिनीहरू जिउँदै चिहानमा जाऊन्, किनकि दुष्टता तिनीहरूकै बीचमा वास गर्दछ।
Leave a Reply