बाइबलले के भन्छ हाम्रो उपस्थिति – बारेमा सबै बाइबल पदहरू हाम्रो उपस्थिति

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हाम्रो उपस्थिति

१ शमूएल 16 : 7
7 तर परमप्रभुले शमूएललाई भन्‍नुभयो, “त्‍यो सुन्‍दर र अल्‍गो भए तापनि त्‍यसको ख्‍याल नगर्‌। मैले त्‍यसलाई इन्‍कार गरेको छु। परमप्रभुले मानिसले झैँ हेर्नुहुन्‍न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्‍छ।”

१ पत्रुस 3 : 3 – 4
3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्‍त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्‌।
4 तिमीहरूका भित्री हृदयलाई भलो र शान्‍त आत्‍माको अविनाशी रत्‍नले सजाओ, जो परमेश्‍वरको दृष्‍टिमा साह्रै मूल्‍यवान्‌ छ।

हितोपदेश 31 : 30
30 सौन्‍दर्य भ्रमात्‍मक हुन्‍छ, र सुन्‍दरता उड़िजाने हुन्‍छ, तर परमेश्‍वरको भय मान्‍ने स्‍त्रीको नै प्रशंसा गरिनुपर्छ।

१ तिमोथी 2 : 9
9 यसै गरी म चाहन्‍छु, कि स्‍त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँदो वस्‍त्र पहिरून्, केशको बढ़ी सिङ्गार गरेर, सुन, मोती र बहुमूल्‍य वस्‍त्रहरू पहिरेर होइन,

याकूब 1 : 23
23 कुनै मानिसले वचन सुन्‍छ तर पालन गर्दैन भने, त्‍यो एउटा यस्‍तो मानिसजस्‍तो हुन्‍छ, जसले आफ्‍नो अनुहार ऐनामा हेर्छ,

उत्‍पत्ति 1 : 27
27 यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।

मत्ती 23 : 28
28 यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूका सामुन्‍ने धर्मी देखा पर्दछौ, तर भित्र भने कपट र दुष्‍टताले भरिएका छौ।

लेवीहरू 19 : 28
28 “‘मरेका मानिसका निम्‍ति आफ्‍नो शरीरमा काटेर चोट नबनाउनू। अनि आफ्‍नो शरीरमा कुनै किसिमको छाप नबनाउनू। म परमप्रभु हुँ।

व्यवस्था 22 : 5
5 पुरुषले लाउने लुगा स्‍त्रीले लाउनुहुँदैन, र स्‍त्रीको लुगा पनि पुरुषले लाउनुहुँदैन। यसो गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्‍छ।

उत्‍पत्ति 1 : 26
26 अनि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌।”

हितोपदेश 11 : 22
22 सुँगुरको नाकमा सुनको नत्‍थ भएझैँ एक विवेकहीन सुन्‍दरी स्‍त्री पनि हो।

उपदेशक 11 : 10
10 यसैकारण चिन्‍तालाई तिम्रो हृदयबाट पर राख, र शरीरको दु:खलाई फालिदेऊ, किनभने युवावस्‍था र बल व्‍यर्थ हुन्‌।

१ पत्रुस 3 : 3
3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्‍त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *