यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हामी कसरी लुगा लगाउँछौं
१ तिमोथी 2 : 9
9 यसै गरी म चाहन्छु, कि स्त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँदो वस्त्र पहिरून्, केशको बढ़ी सिङ्गार गरेर, सुन, मोती र बहुमूल्य वस्त्रहरू पहिरेर होइन,
व्यवस्था 22 : 5
5 पुरुषले लाउने लुगा स्त्रीले लाउनुहुँदैन, र स्त्रीको लुगा पनि पुरुषले लाउनुहुँदैन। यसो गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ।
१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयम् आफ्नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर।
हितोपदेश 31 : 30
30 सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उड़िजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।
१ कोरिन्थी 11 : 1 – 34
1 मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्टको अनुसरण गर्दछु।
2 म तिमीहरूको तारिफ गर्दछु, किनकि सबै विषयमा तिमीहरू मलाई सम्झन्छौ, र मैले तिमीहरूलाई दिएका शिक्षाहरू कायम राख्तछौ।
3 तर तिमीहरूले यो बुझ भन्ने म चाहन्छु, कि हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, स्त्रीको शिर तिनको पति हो, अनि ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ।
4 प्रार्थना गर्दा वा अगमवाणी बोल्दा आफ्नो शिर ढाक्ने मानिसले आफ्नो शिरको अपमान गर्दछ।
5 तर शिर खुला राखेर प्रार्थना गर्ने, अथवा अगमवाणी बोल्ने स्त्रीले आफ्नो शिरको अपमान गर्दछे, किनकि यो तिनले आफ्नो केश खौरेको जस्तो हो।
6 किनकि कुनै स्त्रीले शिर ढाक्दिन भने बरु तिनले केश काटोस्। तर केश काट्नु कि खौरनु स्त्रीको निम्ति शर्मको कुरो हो भनेता तिनले शिरमा घुम्टो हालोस्।
7 किनकि पुरुषले आफ्नो शिर ढाक्नुहुँदैन, किनभने ऊ परमेश्वरको प्रतिरूप र गौरव हो, तर स्त्रीचाहिँ पुरुषको गौरव हो।
8 किनकि पुरुष स्त्रीबाट बनिएको होइन, तर स्त्रीचाहिँ पुरुषबाट बनिएकी हो।
9 स्त्रीको निम्ति पुरुष सृष्टि भएको होइन, तर स्त्री पुरुषको निम्ति हो।
10 यसैकारण र स्वर्गदूतहरूका खातिर पनि स्त्रीले आफ्नो शिर घुम्टोले ढाकेको हुनुपर्छ।
11 तरै पनि प्रभुमा पुरुषबाट स्त्री स्वतन्त्र हुँदिन, न त स्त्रीबाट पुरुष नै।
12 किनकि जसरी पुरुषबाट स्त्री बनिई, त्यसरी नै पुरुष स्त्रीबाट जन्मन्छ। तर सब थोक परमेश्वरबाट नै आउँदछन्।
13 तिमीहरू आफै विचार गर, शिर नढाकी परमेश्वरलाई प्रार्थना गर्न स्त्रीलाई सुहाउँछ र?
14 पुरुषले लामो केश पाल्यो भने त्यो त्यसको निम्ति शर्मको कुरो हो भनी के प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?
15 तर यदि स्त्रीको लामो केश छ भनेता त्यो तिनको निम्ति गौरव हो। किनकि स्त्रीको केश तिनलाई ढाक्नलाई दिइएको हो।
16 तर कसैले यस विषयमा वाद-विवाद उठाउन चाहन्छ भने, हाम्रो कुनै यस्तो रीति छैन न त परमेश्वरका मण्डलीहरूको नै छ।
17 तर यी आदेश दिँदा म तिमीहरूको तारिफ गर्दिनँ, किनकि तिमीहरू भेला हुँदा त्यो असलको निम्ति हुँदैन, तर त्यो अझ खराबीको निम्ति हुन्छ।
18 किनकि पहिले त, मण्डलीमा एकसाथ भेला हुँदा तिमीहरूमा फाटो हुन्छ भन्ने म सुन्दछु। अनि केही मात्रामा म त्यो विश्वास पनि गर्दछु।
19 तिमीहरूमध्ये ग्रहणयोग्य ठहरिएकाहरू चिनिनलाई तिमीहरूमा मतभेद हुनु पनि आवश्यक नै छ।
20 जब तिमीहरू एकसाथ भेला भएर खानपान गर्छौ त्यो चाहिँ प्रभु-भोज होइन।
21 किनकि खान बस्दा हरेकले आफ्नो भोजन खान थाल्छ, र कोही भोकै रहन्छ, अनि कोहीचाहिँ मद्यले मातेको हुन्छ।
22 के खान र पिउनलाई के तिमीहरूका आ-आफ्ना घर छैनन् र? अथवा के तिमीहरू परमेश्वरको मण्डलीलाई तुच्छ ठान्छौ र केही नहुनेहरूको अपमान गर्दछौ? म तिमीहरूलाई के भनूँ? के यसको निम्ति म तिमीहरूको तारिफ [1] गरूँ? म कदाचित् तारिफ गर्दिनँ।
23 किनकि प्रभुबाट मैले जे पाएँ, सो तिमीहरूलाई सुम्पी पनि दिएँ, अर्थात् जुन रात उहाँ पक्राउ पर्नुभयो, त्यो रात प्रभु येशूले रोटी लिनुभयो,
24 र धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो, र भन्नुभयो, “यो तिमीहरूका निम्ति मेरो शरीर हो। यो मेरो सम्झनाको निम्ति गर।”
25 त्यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो अक्सर गर।”
26 किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुका मृत्युको घोषणा गर्दछौ।
27 यसकारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ, कि प्रभुको कचौराबाट पिउँछ, त्यो मानिस प्रभुको शरीर र रगतलाई अपवित्र तुल्याएकोमा दोषी ठहरिनेछ।
28 हरेक मानिसले आफूलाई जाँचोस्, अनि मात्र त्यसले रोटी खाओस्, र कचौराबाट पिओस्।
29 किनकि प्रभुको शरीरलाई नचिनिकन जसले खान्छ र पिउँछ त्यसले त्यो खाएको र पिएको कारणले आफूमाथि दण्ड ल्याउनेछ।
30 यसैकारण तिमीहरूमध्ये धेरै जना दुर्बल र रोगी छौ, र कति जनाचाहिँ सुतिसकेका छन्।
31 तर हामी साँच्चै आफैले आफैलाई जाँचेका छौं भने हामी न्यायमा पर्नेछैनौं।
32 तर जब प्रभुले हाम्रो न्याय गर्नुहुन्छ, तब हामीलाई अनुशासन गर्नुहुन्छ, ताकि संसारसँग हामी दोषी नठहरिऔं।
33 यसकारण मेरा भाइ हो, खानलाई एकसाथ भेला हुँदा एक दोस्रालाई पर्ख।
34 यदि कोही भोको छ भने त्यसले घरैमा खाओस्, नत्रता एकसाथ भेला हुँदा तिमीहरू दण्डको भागी हुनेछौ। अरू कुराहरूका विषयमा म आउँदा निर्देशन दिनेछु।
१ पत्रुस 3 : 1 – 6
1 पत्नी हो, तिमीहरू पनि आफ्ना पतिका अधीनमा रहो, र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्ना पत्नीहरूको आचरणले गर्दा शब्दविना पनि तिनीहरूका मनको परिवर्तन हुन सक्छ।
2 तिमीहरूका जीवनको शुद्धता र श्रद्धा देख्दा तिनीहरूको परिवर्तन हुनेछ।
3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्।
4 तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान् छ।
5 किनकि यही किसिमले अघिअघि परमेश्वरमा आशा राख्ने पवित्र स्त्रीहरूले पनि सिङ्गार गर्थे, र आफ्ना पतिका अधीनमा बस्थे।
6 साराले जस्तै, जसले अब्राहामलाई स्वामी भनेर तिनको आज्ञापालन गर्थिन्, यदि तिमीहरूले उचित काम गर्यौ र कुनै कुरामा भयभीत भएनौ भने तिमीहरू उनकै छोरीहरू ठहरिनेछौ।
रोमी 12 : 1 – 2
1 यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
१ तिमोथी 4 : 12
12 जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन।
लेवीहरू 19 : 28
28 “‘मरेका मानिसका निम्ति आफ्नो शरीरमा काटेर चोट नबनाउनू। अनि आफ्नो शरीरमा कुनै किसिमको छाप नबनाउनू। म परमप्रभु हुँ।
१ पत्रुस 3 : 3 – 8
3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्।
4 तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान् छ।
5 किनकि यही किसिमले अघिअघि परमेश्वरमा आशा राख्ने पवित्र स्त्रीहरूले पनि सिङ्गार गर्थे, र आफ्ना पतिका अधीनमा बस्थे।
6 साराले जस्तै, जसले अब्राहामलाई स्वामी भनेर तिनको आज्ञापालन गर्थिन्, यदि तिमीहरूले उचित काम गर्यौ र कुनै कुरामा भयभीत भएनौ भने तिमीहरू उनकै छोरीहरू ठहरिनेछौ।
7 पति हो, त्यसै गरी आफ्ना पत्नीसँग विचारशील भएर बस, र स्त्रीलाई अबला ठानी आदर गर्ने गर, किनकि तिमीहरू जीवनका अनुग्रहका साझेहकदार हौ, यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नपरोस्।
8 अन्त्यमा तिमीहरू सबैमा आत्माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ।
रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
१ कोरिन्थी 10 : 31
31 यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर।
१ यूहन्ना 2 : 15
15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन।
हितोपदेश 7 : 10
10 तब एउटी स्त्री उसलाई भेट्न निस्केर आई, वेश्याझैँ पहिरेकी र धूर्त नियत भएकी।
रोमी 12 : 1
1 यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
२ तिमोथी 2 : 22
22 यसकारण जवानीका अभिलाषाहरू त्याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्वास, प्रेम र शान्तिको लक्ष्य राख।
रोमी 14 : 21
21 उचित त यो हुन्छ, कि मासु नखानु, मद्यपान नगर्नु, तथा कुनै यस्तो काम नगर्नु जसद्वारा तिम्रो भाइलाई बाधा हुन्छ।
याकूब 2 : 8
8 यदि “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्ने पवित्र-धर्मशास्त्रको राजकीय व्यवस्थालाई साँच्चै पूरा गर्दछौ भनेता असलै गर्दछौ।
फिलिप्पी 4 : 5
5 तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ।
Leave a Reply