बाइबलले के भन्छ हाबिल – बारेमा सबै बाइबल पदहरू हाबिल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हाबिल

उत्‍पत्ति 4 : 15
15 तर परमप्रभुले तिनलाई भन्‍नुभयो, “त्‍यसो होइन, जसले कयिनलाई मार्छ त्‍यससित सात गुणा बदला लिइनेछ।” अनि कयिनलाई कसैले फेला पारेर नमारोस्‌ भनी परमप्रभुले तिनीमाथि एउटा चिन्‍ह लगाइदिनुभयो।

उत्‍पत्ति 4 : 25
25 फेरि आफ्‍नी पत्‍नीसित आदमको सहवास भयो, र तिनले एक जना छोरा जन्‍माइन्‌ र तिनको नाउँ यसो भनेर शेत राखिन्, “कयिनले मारेको हाबिलको सट्टामा परमेश्‍वरले एक जना अर्को बालक मलाई दिनुभयो।”

मत्ती 23 : 35
35 पृथ्‍वीमा बगाइएको सब धर्मी जनको रगत— निर्दोष हाबिलको रगतदेखि लिएर बेरेक्‍याहका छोरा जकरियाको रगतसम्‍म, जसलाई तिमीहरूले पवित्रस्‍थान र वेदीका बीचमा हत्‍या गर्‍यौ— सो तिमीहरूकै टाउकामा पर्नेछ।

लूका 11 : 51
51 हो, म तिमीहरूलाई भन्‍दछु, हाबिलको रगतदेखि लिएर, वेदी र मन्‍दिरको पवित्र-स्‍थानको माझमा मारिएका जकरियासम्‍मका रगतको लेखा यस पुस्‍तासँग लिइनेछ।

हिब्रू 11 : 4
4 विश्‍वासद्वारा हाबिलले परमेश्‍वरलाई कयिनले भन्‍दा अझ ग्रहणयोग्‍य बलि चढ़ाए, र त्‍यसद्वारा नै हाबिल धर्मी ठहरिए। तिनको बलि स्‍वीकार गरेर परमेश्‍वरले आफ्‍नो सम्‍मति जनाउनुभयो। तिनी मरे तापनि विश्‍वासद्वारा नै तिनी अझै बोलिरहेका छन्‌।

हिब्रू 12 : 24
24 र नयाँ करारका मध्‍यस्‍थ येशूको सम्‍मुख तथा छर्किएको त्‍यस रगतको सामु आएका छौ, जसले हाबिलको रगतभन्‍दा अझ उत्तम वचन बोल्‍दछ।

१ यूहन्‍ना 3 : 12
12 कयिनजस्‍तो नहोओ, जो दुष्ट थियो। उसले आफ्‍नो भाइको हत्‍या गर्‍यो। उसले आफ्‍नो भाइको हत्‍या किन गर्‍यो? किनकि उसका आफ्‍ना कामहरू दुष्‍ट थिए, अनि उसको भाइका कामहरूचाहिँ धार्मिक थिए।

१ शमूएल 6 : 18
18 सुनका मूसाहरूचाहिँ पर्खाल भएका सहर र तिनका बस्‍तीहरू, जहाँ ती पाँच शासकहरूले शासन गर्थे, ती सबै सहरहरूको संख्‍याअनुसार थिए। त्‍यो ठूलो ढुङ्गा, जसमा तिनीहरूले परमप्रभुको सन्‍दूक राखे, त्‍यो बेथ-शेमेशका यहोशूको खेतमा आजको दिनसम्‍मै साक्षीको रूपमा छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *