बाइबलले के भन्छ हात उठाउँदै – बारेमा सबै बाइबल पदहरू हात उठाउँदै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हात उठाउँदै

१ तिमोथी 2 : 8
8 यसकारण सबै ठाउँमा पुरुषहरूले पवित्र हात उठाएर विनाक्रोध र विनाविवाद प्रार्थना गरून्‌ भन्‍ने म चाहन्‍छु।

भजनसंग्रह 63 : 4
4 म मेरो जीवनभरि नै तपाईंको प्रशंसा गर्नेछु, र तपाईंको नाउँमा म आफ्‍ना हात उचाल्‍नेछु।

भजनसंग्रह 141 : 2
2 मेरो प्रार्थना तपाईंको सामुन्‍ने सुगन्‍धित धूपजस्‍तै होस्‌, र मैले आफ्‍ना हात उचाल्‍दा, त्‍यो बेलुकीको बलिजस्‍तै ठहरिओस्‌।

भजनसंग्रह 134 : 2
2 पवित्रस्‍थानमा आफ्‍ना हात उचाली, परमप्रभुको प्रशंसा गर।

विलाप 3 : 41
41 हामी हाम्रा हात अनि हृदय स्‍वर्गका परमेश्‍वरतिर उठाऔं, अनि भनौं:

१ राजाहरू 8 : 54
54 जब सोलोमनले परमप्रभुमा यी प्रार्थना र नम्र-निवेदन गरिसिद्ध्याए, तब तिनी परमप्रभुका वेदीको अगिबाट उठे, जहाँ तिनी स्‍वर्गतिर आफ्‍ना हात उठाएर घुँड़ा टेकेका थिए।

एज्रा 9 : 5
5 तब बेलुकीका बलिदानको समयमा म फाटेको पोशाक र खास्‍टोमा नै आफूलाई स्‍वयम्‌ होच्‍याएको अवस्‍थाबाट उठें। मैले घुँड़ा टेकेर परमप्रभु मेरा परमेश्‍वरतिर हात पसारी यसो भनेर प्रार्थना गरें:

१ तिमोथी 2 : 8 – 10
8 यसकारण सबै ठाउँमा पुरुषहरूले पवित्र हात उठाएर विनाक्रोध र विनाविवाद प्रार्थना गरून्‌ भन्‍ने म चाहन्‍छु।
9 यसै गरी म चाहन्‍छु, कि स्‍त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँदो वस्‍त्र पहिरून्, केशको बढ़ी सिङ्गार गरेर, सुन, मोती र बहुमूल्‍य वस्‍त्रहरू पहिरेर होइन,
10 तर असल कामद्वारा सुसज्‍जित होऊन्, जो परमेश्‍वरको भक्ति गर्ने स्‍त्रीहरूलाई सुहाउँछ।

भजनसंग्रह 28 : 2
2 जब सहायताको लागि तपाईंलाई पुकार्छु र तपाईंको महापवित्र स्‍थानतिर म आफ्‍ना हात उठाउँछु, तब मेरो अनुनयविनय सुनिदिनुहोस्‌।

नहेम्‍याह 8 : 6
6 एज्राले परमप्रभु महान्‌ परमेश्‍वरको प्रशंसा गरे, र सबै मानिसहरूले आ-आफ्‍ना हात उठाएर यसो भनेर जवाफ दिए, “आमेन, आमेन।” त्‍यसपछि तिनीहरूले आ-आफ्‍नो शिर निहुराएर परमप्रभुको सामुन्‍ने नम्रतापूर्वक दण्‍डवत्‌ गरे।

१ राजाहरू 8 : 22
22 तब जम्‍मै इस्राएलका समुदायको सामुन्‍ने परमप्रभुका वेदीको अगि उभिएर सोलोमनले आफ्‍ना हात स्‍वर्गतिर उचाले,

विलाप 2 : 19
19 हरेक पहरको सुरुमा राती उठेर करा। परमप्रभुको उपस्‍थितिमा नै तेरो हृदय पानीझैँ पोखा। गल्‍लीका मोड़मा भोकले मूर्च्‍छा खाने आफ्‍ना बालकहरूका प्राणको निम्‍ति आफ्‍नो हात उहाँतिर उठा।

व्यवस्था 32 : 40
40 म आफ्‍नो हात स्‍वर्गतिर उठाएर घोषणा गर्छु: म सधैँको लागि जिएझैँ

१ राजाहरू 8 : 38
38 अनि जब तपाईंका प्रजा इस्राएलले प्रार्थना वा नम्र-निवेदन चढ़ाउँछन्‌ र हरेकले आफ्‍नो हृदयको दु:ख सम्‍झेर आफ्‍नो हात यस मन्‍दिरतिर उचाल्‍छ, तब तपाईंको वासस्‍थान स्‍वर्गबाट सुन्‍नुहोस्‌। क्षमा गर्नुहोस्‌ र काम गर्नुहोस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *