बाइबलले के भन्छ हस्तरेखा शास्त्र – बारेमा सबै बाइबल पदहरू हस्तरेखा शास्त्र

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हस्तरेखा शास्त्र

गलाती 5 : 19 – 21
19 पापमय स्‍वभावका कामहरू प्रत्‍यक्ष छन्, जो यी नै हुन्‌— व्‍यभिचार, अपवित्रता, लम्‍पटपना,
20 मूर्तिपूजा, मन्‍त्रतन्‍त्र, दुश्‍मनी, झैँझगड़ा, ईर्ष्‍या, क्रोध, स्‍वार्थीपन, फूट, गुटबन्‍दी,
21 डाह, पियक्‍कड़पन, अश्लील मोजमज्‍जा र यस्‍तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्‍छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्‍ता कामहरू गर्दछन्, परमेश्‍वरका राज्‍यका हकदार बन्‍नेछैनन्‌।

यशैया 2 : 6
6 तपाईंले आफ्‍नो प्रजा, अर्थात्‌ याकूबको घरानालाई त्‍याग्‍नुभएको छ। तिनीहरू पूर्वदेखि आएका अन्‍धविश्‍वासले भरिएका छन्‌। तिनीहरू पलिश्‍तीहरूझैँ जोखना हेराउँछन्‌। तिनीहरू विधर्मीहरूसित हात मिलाउँछन्‌।

लेवीहरू 19 : 31
31 “‘तिमीहरू झाँक्री, बोक्‍सी र जादू-मन्‍त्र गर्नेतिर नलाग्‍नू। तिनीहरूसित सल्‍लाह लिएर तिमीहरूले आफूलाई अशुद्ध नपार। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *