यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हसबिया
१ इतिहास 6 : 45
45 जो हशब्याहका छोरा, जो अमस्याहका छोरा, जो हिल्कियाहका छोरा,
१ इतिहास 25 : 3
3 यदूतूनका छोराहरूबाट: गदल्याह, सेरी, यशयाह, शिमी, हशब्याह र मत्तित्याह। यी छ जना आफ्ना पिता यदूतूनका अधीनमा थिए, जसले वीणाको साथमा परमप्रभुलाई धन्यवाद र स्तुति गर्दै अगमवाणी बोल्थे।
१ इतिहास 25 : 19
19 बाह्रौँ हशब्याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
१ इतिहास 26 : 30
30 हेब्रोनीहरूबाट: हशब्याह र तिनका कुटुम्बहरू, सत्र सय योग्य मानिसहरूचाहिँ यर्दन नदीका पश्चिमतिरको इस्राएलमा परमप्रभुको काम र राजाको सेवाका कामको हेर-विचार गर्नेहरू थिए।
१ इतिहास 27 : 17
17 लेवीका: कमूएलका छोरा हशब्याह। हारूनका: सादोक।
२ इतिहास 35 : 9
9 अनि लेवीहरूलाई चाहिँ कोनन्याह र तिनका भाइहरू शमायाह र नतनेल, अनि लेवीहरूका नायकहरू हशब्याह, यहीएल र योजाबादले पाँच हजार ससाना पशुहरू र पाँच सय साँढ़ेहरू दिए।
१ इतिहास 9 : 14
14 लेवीहरूका: शमायाह, जो हश्शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्याहका छोरा, जो मरारी थिए,
नहेम्याह 11 : 15
15 लेवीहरू: शमायाह, जो हश्शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्याहका छोरा, जो बुन्नीका छोरा थिए।
नहेम्याह 11 : 22
22 यरूशलेममा भएका लेवीहरूका प्रमुख अधिकृतचाहिँ उज्जी थिए, जो बानीका छोरा, जो हशब्याहका छोरा, जो मत्तन्याहका छोरा, जो मीयकाका छोरा थिए। उज्जीचाहिँ आसापका सन्तान थिए। ती आसापका सन्तानहरू परमेश्वरको भवनका सेवाको निम्ति गाउने जिम्मा लिएकाहरू थिए।
एज्रा 8 : 24
24 तब मैले शरेबियाह र हशब्याह र तिनीहरूका दाजुभाइका दश जनाका साथमा पूजाहारीहरूमध्येका बाह्र जना मुख्य-मुख्यहरूलाई अलग गरें,
नहेम्याह 12 : 21
21 हिल्कियाहका हशब्याह, यदायाहका नतनेल।
एज्रा 8 : 19
19 तिनीहरूले हशब्याहलाई र मरारीका परिवारका यशयाहका साथमा तिनका दाजुभाइ र भतिजाहरू जम्मा बीस जना पुरुषलाई पनि ल्याए।
नहेम्याह 3 : 17
17 तिनको छेउमा बानीका छोरा रेहूमको अधीनमा लेवीहरूले मरम्मत गरे। तिनको छेउमा कीलाहको आधा जिल्लाका शासक हशब्याहले आफ्नो जिल्लाको निम्ति मरम्मत गरे।
नहेम्याह 10 : 11
11 मीयका, रहोब, हशब्याह,
नहेम्याह 12 : 24
24 लेवीहरूका अगुवाहरू हशब्याह, शरेबियाह, कादमीएलका छोरा येशूअ, र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्ने खड़ा हुन्थे र आ-आफ्नो पालोमा परमेश्वरका मानिस दाऊदले तोकेअनुसार पालैपालो स्तुति गर्ने र धन्यवाद चढ़ाउने गर्थे।
Leave a Reply