यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हर्न
१ शमूएल 16 : 1
1 परमप्रभुले शमूएललाई भन्नुभयो, “मैले शाऊललाई इस्राएलमाथि राजा हुनलाई इन्कार गरेकोमा तँ त्यसको निम्ति कहिलेसम्म विलाप गरिरहन्छस्? तँसित भएको त्यो सीङमा तेल हालेर तेरो साथमा लैजा। म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउँदैछु। किनभने मैले त्यसका छोराहरूमध्येको एक जनालाई राजा चुनेको छु।”
२ शमूएल 22 : 3
3 मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। उहाँ मेरो ढाल, मेरा शक्तिशाली उद्धारक, मेरो गढ़, मेरो शरणस्थान र मेरा उद्धारकर्ता हुनुहुन्छ। तपाईं मलाई हिंसात्मक मान्छेबाट बचाउनुहुन्छ।
१ राजाहरू 22 : 11
11 केनानाका छोरा सिदकियाहले चाहिँ फलामका सीङहरू बनाएका थिए, र तिनले यसो भनेर घोषणा गरे, “परमप्रभु यसो भन्नुहुन्छ: ‘यी सीङहरूद्वारा तपाईंहरूले अरामीहरूलाई जबसम्म उनीहरू नष्ट हुँदैनन् तबसम्म हान्नुहुनेछ’।”
भजनसंग्रह 89 : 24
24 मेरो विश्वस्त प्रेम त्यससँग हुनेछ, र मेरो नाउँद्वारा त्यसको सीङ ठाडो हुनेछ।
भजनसंग्रह 92 : 10
10 तपाईंले मलाई जङ्गली साँढ़ेको जत्तिकै शक्ति दिनुभएको छ, उत्तम तेलले मेरो अभिषेक भएको छ।
भजनसंग्रह 132 : 17
17 “यहाँ म दाऊदको निम्ति एउटा सीङ [1] उत्पन्न गर्नेछु, र मेरो अभिषिक्तको निम्ति एउटा बत्ती तयार गर्नेछु।
दानिएल 7 : 24
24 दश सीङहरू त्यस राज्यबाट आएका दश राजाहरू हुन्। त्यसपछि पहिलेको भन्दा फरक, अर्को राजा खड़ा हुनेछ। उसले तीन राजाहरूलाई दबाउनेछ।
दानिएल 8 : 9
9 तिनीहरूमध्येबाट अर्को एउटा सीङ आयो, जो सानोबाट सुरु भयो तर दक्षिणतिर र पूर्वतिर र सुन्दर भूमितिर शक्तिशाली हुँदै बढ्दैगयो।
दानिएल 8 : 20
20 तिमीले देखेको त्यस दुई सीङे भेड़ाले मादी र फारसका राजाहरूलाई जनाउँछ।
आमोस 6 : 13
13 तिमीहरू जसले लो-देबारको पराजयमा आनन्द मनाउँछौ, र भन्छौ, “के हामीले आफ्नै बलले कार्नैम लिएनौ?”
मीका 4 : 13
13 “हे सियोनकी छोरी, उठेर दाइँ गर्, किनकि म तँलाई फलामका सीङहरू दिनेछु, म तँलाई काँसाका खुर दिनेछु, र तैंले धेरै जातिहरूलाई चूर-चूर पार्नेछस्। तिनीहरूका अधर्मको कमाइ र तिनीहरूका सम्पत्ति सारा पृथ्वीका परमप्रभुमा अर्पण गर्नेछस्।”
हबकूक 3 : 4
4 उहाँको गौरव सूर्योदयझैँ थियो, उहाँको हातबाट किरणहरू चम्किनिस्के, जहाँ उहाँको शक्ति लुकेको थियो।
जकरिया 1 : 21
21 मैले सोधें, “यिनीहरू के गर्नलाई आइरहेका छन्?” तिनले जवाफ दिए, “एकैजना मानिसले पनि शिर खड़ा गर्न नसक्ने गरी यहूदालाई तितरबितर गर्ने सीङहरू यिनै हुन्, तर कारीगरहरूचाहिँ तिनीहरूलाई त्रासमा पार्न, र यहूदा देशको विरुद्धमा त्यसका मानिसहरूलाई तितरबितर पार्ने जातिहरूका सीङहरूलाई फालिदिन आएका हुन्।”
प्रकाश 5 : 6
6 तब मैले एउटा थुमा उभिरहनुभएको देखें, जो मारिएको जस्तो देखा पर्नुहुन्थ्यो। उहाँ सिंहासन र चार जीवित प्राणीहरूका बीचमा, र धर्म-गुरुहरूका माझमा हुनुहुन्थ्यो। उहाँका सात वटा सीङ र सात वटा आँखा थिए, जुनहरू सारा पृथ्वीमा पठाइएका परमेश्वरका सात आत्मा हुन्।
प्रकाश 12 : 3
3 अनि स्वर्गमा अर्को एउटा चिन्ह देखियो: सात वटा शिर, दश वटा सीङ र शिरमा सात वटा मुकुट लाएको एउटा ठूलो रातो अजिङ्गर देखा पर्यो।
प्रकाश 13 : 1
1 समुद्रबाट एउटा पशु निस्किआएको मैले देखें, जसका दश वटा सीङ र सात वटा शिर थिए। त्यसका सीङमा दश वटा मुकुट थिए, र त्यसका शिरमा ईश्वर-निन्दाको नाउँ थिए।
प्रकाश 13 : 11
11 अनि पृथ्वीबाट निस्किरहेको अर्को एउटा पशु मैले देखें। त्यसको पनि थुमाका जस्तै दुई वटा सीङ थिए, र अजिङ्गरजस्तै त्यो बोल्दथ्यो।
Leave a Reply