बाइबलले के भन्छ हराएको भेडा – बारेमा सबै बाइबल पदहरू हराएको भेडा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हराएको भेडा

लूका 15 : 3 – 7
3 तब उहाँले तिनीहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो:
4 “तिमीहरूमध्‍ये कुन मानिस होला, जसको एक सय भेड़ामध्‍ये एउटा हराउँदा उनान्‍सयलाई वनमै छोड़ेर हराएको भेड़ा नपाउञ्‍जेल त्‍यसको खोजी गर्दैन?
5 हराएको भेड़ा भेट्टाएपछि रमाउँदै त्‍यसलाई आफ्‍नो काँधमा राख्‍छ,
6 र घरमा आएर उसले आफ्‍ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ, र तिनीहरूलाई भन्‍छ, ‘मसँग रमाओ, किनभने मैले आफ्‍नो हराएको भेड़ा पाएको छु।’
7 म तिमीहरूलाई भन्‍दछु, यसरी पश्‍चात्ताप गर्नु नपर्ने उनान्‍सय धार्मिक जनहरूका लागि भन्‍दा पश्‍चात्ताप गर्ने एक जना पापीको लागि स्‍वर्गमा अझ बढ़ी आनन्‍द हुनेछ।

मत्ती 18 : 12 – 14
12 “तिमीहरू के विचार गर्छौ? कोही मानिसका सय भेड़ामा एउटा भड्‌केर गयो भने, उसले उनान्‍सय वटालाई छोड़ेर पर्वत हुँदो गएर त्‍यस भड्‌केर जाने एउटालाई खोजी गर्न जाँदैन र?
13 यदि उसले त्‍यसलाई भेट्टायो भने, साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, ती भड्‌केर नजाने उनान्‍सयभन्‍दा त्‍यस एउटाको लागि ऊ बढ़ी रमाउनेछ।
14 यसरी नै स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको यो इच्‍छा छ, कि यी सानाहरूमध्‍ये एक जना पनि नष्‍ट नहोस्‌।

लूका 19 : 10
10 किनभने मानिसको पुत्र हराएकालाई खोज्‍न र बचाउन आएको हो।”

२ पत्रुस 3 : 9
9 आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न, तर कोही पनि नष्‍ट नहोस्, तर सबै जनाले पश्‍चात्ताप गरून्‌ भन्‍ने इच्‍छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान्‌ हुनुहुन्‍छ।

यूहन्‍ना 10 : 11
11 म असल गोठालो हुँ। असल गोठालाले आफ्‍ना भेड़ाहरूका निम्‍ति आफ्‍नो प्राण अर्पण गर्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *