बाइबलले के भन्छ हमोर – बारेमा सबै बाइबल पदहरू हमोर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हमोर

उत्‍पत्ति 33 : 19
19 आफूले पाल टाँगेको जग्‍गा शकेमका बाबु हमोरका छोराहरूबाट तिनले एक सय चाँदीका टुक्रा दाम हालेर किने।

यहोशू 24 : 32
32 इस्राएलीहरूले मिश्रदेशबाट ल्‍याएका योसेफका अस्‍थि शकेमका बुबा हमोरका छोराहरूसित याकूबले एक सय चाँदीका टुक्रामा शकेममा किनेको एक टुक्रा जग्‍गामा गाड़े। त्‍यो ठाउँ योसेफका सन्‍तानको अधिकारमा पर्‍यो।

न्यायकर्ताहरू 9 : 28
28 तब एबेदका छोरा गालले भने, “अबीमेलेक को हो? र शकेम को हो, र हामी त्‍यसको प्रजा हुने? के त्‍यो यरूब-बालको छोरो होइन? र त्‍यसको सहायकचाहिँ जबूल होइन? शकेमका पिता हमोरका मानिसहरूको सेवा हामीले किन गर्ने? हामीले किन अबीमेलेकको सेवा गर्ने?

उत्‍पत्ति 34 : 26
26 तिनीहरूले हमोर र उनका छोरा शकेमलाई पनि तरवारले काटेर मारे, र शकेमको घरबाट दीनालाई लिएर गए।

उत्‍पत्ति 49 : 6
6 ए मेरो प्राण, तिनीहरूको सभामा नआइज, तिनीहरूको सङ्गतमा नलाग्, किनकि आफ्‍नो रीसमा तिनीहरूले मानिसहरूलाई मारेका छन्, तिनीहरूले आफूखुशी गरेर गोरुहरूका ढोड़नसा काटेका छन्‌।

प्रेरित 7 : 16
16 त्‍यसपछि तिनीहरूका मृत शरीर शकेममा लगे, र अब्राहामले शकेममा हमोरका छोराहरूबाट दाम तिरेर किनेको चिहानमा राखे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *