बाइबलले के भन्छ हत्या – बारेमा सबै बाइबल पदहरू हत्या

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हत्या

मत्ती 5 : 21 – 26
21 “तिमीहरूले सुनेका छौ, प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, ‘तैंले हत्‍या नगर्नू, र जसले हत्‍या गर्छ त्‍यो दण्‍डको योग्‍य हुनेछ।’
22 तर म तिमीहरूलाई भन्‍दछु, जो कोही आफ्‍नो भाइसँग क्रोध गर्दछ त्‍यो दण्‍डको योग्‍य हुनेछ, र जसले आफ्‍नो भाइको अपमान गर्दछ, त्‍यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्‍नो भाइलाई ‘तँ मूर्ख’ भन्‍छ, त्‍यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ।
23 “यसकारण तिमीले वेदीमा आफ्‍नो भेटी चढ़ाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्‍ने तिमीलाई याद भयो भने,
24 तिम्रो भेटी त्‍यही वेदीको सामु छोड, र जाऊ। पहिले आफ्‍नो भाइसँग मिलाप गर, र त्‍यसपछि आएर आफ्‍नो भेटी चढ़ाऊ।
25 “तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्रता वादीले तिमीलाई न्‍यायाधीशको हातमा सुम्‍पिदेला र न्‍यायाधीशले अधिकृतको हातमा सुम्‍पिदेलान्, र तिमी झ्‍यालखानमा पर्नेछौ।
26 साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीले एक-एक पैसा चुक्ता नगरुञ्‍जेल तिमी त्‍यहाँबाट उम्‍कनेछैनौ।

प्रस्‍थान 20 : 13
13 “हत्‍या नगर्नू।

लेवीहरू 24 : 17
17 “‘कसैलाई मर्ने गरी हिर्काउनेलाई मार्नैपर्छ।

रोमी 12 : 19
19 प्रिय हो, आफैले कहिल्‍यै बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

१ यूहन्‍ना 3 : 12
12 कयिनजस्‍तो नहोओ, जो दुष्ट थियो। उसले आफ्‍नो भाइको हत्‍या गर्‍यो। उसले आफ्‍नो भाइको हत्‍या किन गर्‍यो? किनकि उसका आफ्‍ना कामहरू दुष्‍ट थिए, अनि उसको भाइका कामहरूचाहिँ धार्मिक थिए।

प्रकाश 21 : 8
8 तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्‍दा भएकाहरू, हत्‍याराहरू, व्‍यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्‍नेहरू सबैको हिस्‍सा आगो र गन्‍धक दन्‍कने कुण्‍डमा हुनेछ। यो दोस्रो मृत्‍यु हो।

मत्ती 26 : 52 – 54
52 तब येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार म्‍यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्‍ट हुनेछन्‌।
53 तिमी के ठान्‍दछौ, के म आफ्‍ना पितालाई बिन्‍ती गर्न सक्‍दिनँ, र उहाँले तुरुन्‍तै स्‍वर्गदूतहरूका बाह्र पल्‍टनभन्‍दा बढ़ी मेरो निम्‍ति पठाइदिनुहुन्‍न र?
54 तर त्‍यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्‍त्रमा लेखिएको कुरा कसरी पूरा हुने?”

भजनसंग्रह 139 : 13 – 16
13 किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्‍यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्‍नुभयो।
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌, र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु।
15 जब अदृश्‍यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्‍वीको गहिराइमा रचिँदैथिएँ,
16 तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो। त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।

प्रस्‍थान 22 : 2 – 3
2 “यदि चोर घर फोर्दैगरेको फेला पर्‍यो भने र त्‍यसलाई पिट्‌दा त्‍यो मर्‍यो भने, त्‍यसको हत्‍याको दोष पिट्‌नेलाई लाग्‍नेछैन।
3 तर घाम झुल्‍किसकेको भए, त्‍यो दोषी हुनेछ। चोरले नोक्‍सानी भरिदिनुपर्छ। तर त्‍यससँग केही छैन भने, चोरीको निम्‍ति त्‍यो बेचिओस्‌।”

१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

व्यवस्था 5 : 17
17 “हत्‍या नगर्नू।

हितोपदेश 25 : 26
26 दुष्‍टको कुरामा लाग्‍ने धर्मी मानिस हिले जरुवा-पानी वा दूषित कूवाझैँ हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *