बाइबलले के भन्छ हड्डी – बारेमा सबै बाइबल पदहरू हड्डी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हड्डी

इजकिएल 37 : 1 – 5
1 परमप्रभुको हात ममाथि पर्‍यो, अनि उहाँले मलाई परमप्रभुका आत्‍माद्वारा ल्‍याउनुभई हाड़ै-हाड़ भएको बेँसीमा राख्‍नुभयो।
2 उहाँले मलाई ती हाड़हरू भरिएको बीचमा तल-माथि लानुभयो, र मैले त्‍यस बेँसीको जमिनमा थुप्रै हाड़हरू देखें। ती हाड़हरू असाध्‍य सुकेका थिए।
3 उहाँले मलाई सोध्‍नुभयो, “हे मानिसको छोरो, के यी हाड़हरू फेरि जीवित हुन सक्‍छन्‌?” मैले जवाफ दिएँ, “हे परमप्रभु परमेश्‍वर, यो त केवल तपाईंले मात्र जान्‍नुहुन्‍छ।”
4 तब उहाँले मलाई भन्‍नुभयो, “यी हाड़हरूलाई अगमवाणी गरेर भन्, ‘हे सुकेका हाड़ हो, परमप्रभुको वचन सुन!’
5 यी हाड़हरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म तिमीहरूमा सास हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ।

उत्‍पत्ति 2 : 23 – 24
23 मानिसले भने, “यो त मेरै हाड़को हाड़ र मासुको मासु हो। तिनलाई स्‍त्री भनिनेछ। किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्‌।”
24 यसैकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड्‌छ र आफ्‍नी पत्‍नीसँग मिलिरहन्‍छ, र तिनीहरू एउटै शरीर हुन्‍छन्‌।

हितोपदेश 17 : 22
22 प्रसन्‍न हृदय असल औषधी हो, तर पेलिएको आत्‍माले हड्डीहरू सुकाउँछ।

अय्‍यूब 40 : 18
18 त्‍यसका हड्डीहरू काँसाका नलीहरूजस्‍तै हुन्‍छन्, र त्‍यसका हात-खुट्टाहरू फलामका आग्‍लाजस्‍तै हुन्‍छन्‌।

हिब्रू 4 : 12
12 किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढ़ी धारिलो हुन्‍छ। यसले प्राण र आत्‍मालाई त्‍यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्‍मलाई भाग-भाग पारुञ्‍जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्‍छा जाँच्‍न सक्‍ने हुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *