यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हँसिया
व्यवस्था 23 : 25
25 तिम्रो छिमेकीको खेतबारीमा पस्यौ भने अन्नका बाला हातले टिप्न सक्छौ, तर पाकेको बालीमा हँसिया चलाउनुहुँदैन।
यर्मिया 50 : 16
16 बीउ छर्ने र हँसियाले फसल काट्ने दुवैलाई बेबिलोनबाट नष्ट गर। अत्याचारीको तरवारको कारणले हरेकलाई आफ्नै जातिकहाँ फर्केर जान देओ, हरेकलाई आफ्नै देशमा भागेर जान देओ।
मर्कूस 4 : 29
29 तर जब अन्न पाक्छ, तब तुरुन्तै उसले हँसिया लगाउन थाल्छ, किनभने फसलको बेला आइपुगेको हुन्छ।”
योएल 3 : 13
13 हँसिया चलाओ, किनकि कटनीको समय भइसकेको छ। आओ, दाखहरू कुल्च, किनकि दाखको कोल भरिएको छ र पीपाहरू भरिएर पोखिँदैछन्। उनीहरूको दुष्टता ज्यादै भइसक्यो।”
प्रकाश 14 : 19
19 ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए, र पृथ्वीका अंगूरको फसल जम्मा गरे, र त्यसलाई परमेश्वरका क्रोधको ठूलो दाख-कुण्डमा फालिदिए।
Leave a Reply