यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् स्वर्गमा घरपालुवा जनावर
यशैया 65 : 25
25 ब्वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्, र सिंहले चाहिँ गोरुले झैँ पराल खानेछ, तर सर्पको आहारा धूलो हुनेछ। मेरो सारा पवित्र पर्वतमा तिनीहरूले न त नोक्सानी गर्नेछन्, न नष्ट गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ।”
अय्यूब 12 : 10
10 जीवितहरू सबैका प्राण, सबै मानिस-जातिका आत्मा परमेश्वरकै हातमा छ।
उत्पत्ति 1 : 25
25 परमेश्वरले पृथ्वीका जात-जातका वन-पशुहरू, जात-जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात-जातका जन्तुहरू बनाउनुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो।
यशैया 11 : 6 – 9
6 ब्वाँसोचाहिँ थुमासित बस्नेछ, र चितुवा पाठासित सुतेर बस्नेछ। बाछा, सिंह र एक वर्षे पशु एकैसाथ रहनेछन्, र एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ।
7 गाई र भालू एकैसाथ चर्नेछन्, र तिनीहरूका बच्चाहरू एकैसाथ ढल्केर बस्नेछन्। र सिंहले गोरुले झैँ पराल खानेछ।
8 दूधे-बालकले गोमन सर्पको कुरको नजिक खेल्नेछ, र भर्खर दूध छोड़ेको बालकले विषालु सर्पको दुलोमा आफ्नो हात हाल्नेछ।
9 तिनीहरूले मेरा सबै पवित्र पर्वतमा न त केही हानि न नोक्सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैँ पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।
Leave a Reply