यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् स्वर्गमा युद्ध
प्रकाश 12 : 7 – 9
7 अनि स्वर्गमा लड़ाइँ भयो। मिखाएल र तिनका दूतहरूले त्यस अजिङ्गरसँग युद्ध गरे। अजिङ्गर र त्यसका दूतहरूले पनि युद्ध गरे,
8 तर यिनीहरू हारे, र यिनीहरूका निम्ति स्वर्गमा कुनै ठाउँ रहेन।
9 त्यो ठूलो अजिङ्गर तल फालियो— त्यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्यो पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।
प्रकाश 12 : 7 – 12

10 तब मैले स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें, “अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्टको अधिकार आएको छ। किनकि हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्वरको सामुन्ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याँकिएको छ।
11 तिनीहरूले थुमाको रगत र आफ्ना गवाहीको वचनको कारण त्यसलाई जितेका छन्, र तिनीहरूले मृत्युसम्मै पनि आफ्नो ज्यानको माया राखेनन्।
12 यसकारण हे स्वर्गमा रहनेहरू, तिमीहरू रमाओ। तर पृथ्वी र समुद्रलाई धिक्कार छ! किनभने आफ्नो समय अल्प छ भनी थाहा पाएर दियाबलस ठूलो क्रोधसाथ तिमीहरूकहाँ तल आएको छ।”
प्रकाश 12 : 7
7 अनि स्वर्गमा लड़ाइँ भयो। मिखाएल र तिनका दूतहरूले त्यस अजिङ्गरसँग युद्ध गरे। अजिङ्गर र त्यसका दूतहरूले पनि युद्ध गरे,
यशैया 14 : 12
12 ए बिहानको तारा, प्रभातको पुत्र, तँ स्वर्गबाट कसरी खसेको छस्! उहिले जाति-जातिहरूलाई होच्याउने, तँ कसरी भूइँमा तल खसालिइस्।
प्रकाश 12 : 1 – 17
1 स्वर्गमा एउटा आश्चर्यजनक चिन्ह देखियो: सूर्य पहिरेकी एउटी स्त्री देखा परी, जसको पाउमुनि चन्द्रमा थियो, र त्यसले शिरमा बाह्र वटा ताराको मुकुट लाएकी थिई।
2 त्यो गर्भवती थिई, र जन्माउने अवस्थाको पीडामा प्रसववेदनाले चिच्याइरहेकी थिई।
3 अनि स्वर्गमा अर्को एउटा चिन्ह देखियो: सात वटा शिर, दश वटा सीङ र शिरमा सात वटा मुकुट लाएको एउटा ठूलो रातो अजिङ्गर देखा पर्यो।
4 त्यसको पुच्छरले स्वर्गको एक तिहाइ ताराहरूलाई सोहोरेर पृथ्वीमा फालिदियो। बालक जन्मनासाथ त्यसलाई निलिहालूँ भनी त्यो अजिङ्गर बालक जन्माउन लागेकी स्त्रीको सामुन्ने खड़ा थियो।
5 त्यस स्त्रीले सारा जातिलाई फलामको डन्डाले शासन गर्ने एउटा छोरो जन्माई। त्यसको बालक परमेश्वरकहाँ उठाइएर उहाँको सिंहासनमा लगियो।
6 त्यो स्त्रीचाहिँ उजाड-स्थानभित्र भागी, जहाँ एक हजार दुई सय साठी दिनसम्म त्यसको पालनपोषण होस् भनेर परमेश्वरले त्यसको लागि ठाउँ तयार राख्नुभएको थियो।
7 अनि स्वर्गमा लड़ाइँ भयो। मिखाएल र तिनका दूतहरूले त्यस अजिङ्गरसँग युद्ध गरे। अजिङ्गर र त्यसका दूतहरूले पनि युद्ध गरे,
8 तर यिनीहरू हारे, र यिनीहरूका निम्ति स्वर्गमा कुनै ठाउँ रहेन।
9 त्यो ठूलो अजिङ्गर तल फालियो— त्यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्यो पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।
10 तब मैले स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें, “अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्टको अधिकार आएको छ। किनकि हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्वरको सामुन्ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याँकिएको छ।
11 तिनीहरूले थुमाको रगत र आफ्ना गवाहीको वचनको कारण त्यसलाई जितेका छन्, र तिनीहरूले मृत्युसम्मै पनि आफ्नो ज्यानको माया राखेनन्।
12 यसकारण हे स्वर्गमा रहनेहरू, तिमीहरू रमाओ। तर पृथ्वी र समुद्रलाई धिक्कार छ! किनभने आफ्नो समय अल्प छ भनी थाहा पाएर दियाबलस ठूलो क्रोधसाथ तिमीहरूकहाँ तल आएको छ।”
13 जब त्यस अजिङ्गरले आफू पृथ्वीमा फ्याँकिएको देख्यो, तब त्यसले छोरो जन्माउने त्यस स्त्रीलाई खेद्यो।
14 तर त्यस स्त्रीलाई त्यस सर्पको सम्मुखबाट उजाड-स्थानमा उड़ेर जानलाई ठूलो गरुडका दुई पखेटा दिइए। त्यो उजाड-स्थान साढ़े तीन वर्षसम्म त्यस स्त्रीको पालनपोषणको निम्ति तयार गरिएको थियो।
15 त्यस स्त्रीलाई बाढ़ले बगाओस् भनेर त्यस सर्पले स्त्रीको पछि आफ्नो मुखबाट नदीजस्तै पानी निकाल्यो।
16 तर पृथ्वीले त्यस स्त्रीलाई सहायता गर्यो, र अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदी पृथ्वीले आफ्नो मुख उघारेर निलिदियो।
17 तब त्यो अजिङ्गर त्यस स्त्रीसँग क्रोधित भयो, र त्यसका बाँकी सन्तानसँग युद्ध गर्न गयो— अर्थात् तिनीहरूसँग, जुनहरूले परमेश्वरका आज्ञाहरू पालन गर्दछन्, र येशूको गवाही दिन्छन्।
यहूदा 1 : 9
9 तर प्रधान दूत मिखाएलले पनि मोशाका लाशको विषयमा दियाबलससँग विवाद गर्दा त्यसलाई निन्दापूर्ण दोष लाउन साहस नगरी “प्रभुले तँलाई हप्काऊन्” भनेथे।
रोमी 13 : 1 – 7
1 हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्वरबाटै नियुक्त भएका हुन्।
2 यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्डको आज्ञा पाउनेछन्।
3 किनभने सुकर्मको निम्ति होइन, तर कुकर्मको निम्ति शासकहरूको डर मानिन्छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्नेछ।
4 किनकि तिम्रो भलाइको निम्ति तिनी परमेश्वरका सेवक हुन्। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्यर्थमा भिर्दैनन्। खराब काम गर्नेमाथि परमेश्वरको दण्ड ल्याउने तिनी परमेश्वरका सेवक हुन्।
5 यसकारण परमेश्वरको दण्डबाट बच्नलाई मात्र होइन, तर विवेकको निम्ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ।
6 यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्ति निरन्तर लागिरहेका परमेश्वरका सेवक हुन्।
7 तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्जत गर्नुपर्नेलाई इज्जत गर।
दानिएल 12 : 1
1 “त्यस समयमा तिम्रा मानिसहरूलाई रक्षा गर्ने प्रधान राजकुमार मिखाएल देखा पर्नेछन्। यस्तो सङ्कष्टको समय आउनेछ कि जातिहरू सुरु भएदेखि त्यस बेलासम्म त्यस्तो कहिल्यै भएको छैन। तर त्यस बेला तिम्रा मानिसहरू— जीवनको पुस्तकमा नाम लेखिएका सबै— बचाइनेछन्।
प्रकाश 10 : 1
1 मैले बादलमा लपेटिएको अर्का शक्तिशाली स्वर्गदूतलाई स्वर्गबाट ओर्लेका देखें। तिनको शिरमा इन्द्रेनी थियो, र तिनको मुहार सूर्यजस्तो र पाउहरू आगोका खामाजस्ता थिए।
उत्पत्ति 6 : 2
2 तब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे, र आ-आफ्ना रुचिका पत्नीहरू ल्याए।
प्रकाश 8 : 12
12 चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, र सूर्यको एक तिहाइ भागमाथि प्रहार गरियो, र चन्द्रमाको एक तिहाइ भागमाथि र ताराहरूको एक तिहाइ भागमाथि पनि प्रहार भयो, र तिनीहरूका प्रकाशको एक तिहाइ भागलाई अन्धकारले छोप्यो। तब दिनको एक तिहाइ ज्योतिविहीन भयो, त्यसरी नै रातको एक तिहाइ पनि।
कलस्सी 1 : 16
16 किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्।
प्रकाश 11 : 15
15 अनि सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र त्यसपछि स्वर्गमा यसो भन्ने ठूला-ठूला आवाज गुञ्जिए, “संसारको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ, अनि उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।”
मत्ती 28 : 2
2 ठूलो भूकम्प गयो, किनकि परमप्रभुका एउटा दूत स्वर्गबाट तल ओर्ले, र आएर ढुङ्गो हटाएर त्यसमाथि बसे।
अय्यूब 1 : 6
6 एक दिन स्वर्गीय दूतहरू [1] परमप्रभुको सामुन्ने उपस्थित हुँदा शैतान [2] पनि तिनीहरूसँग आयो।
प्रकाश 16 : 12
12 तब छैटौँ स्वर्गदूतले आफ्नो कचौरो महानदी यूफ्रेटिसमा खन्याए, र नदीको पानी सुकिहाल्यो र पूर्वबाट आउने राजाहरूका निम्ति मार्ग तयार भयो।
Leave a Reply