यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् स्वर्गदूतहरू र राक्षसहरू
यहूदा 1 : 6
6 आफ्नो अधिकारको मर्यादा कायम नराखेर उचित वासस्थान त्याग्ने स्वर्गदूतहरूलाई उहाँले पातालको अन्धकारमा न्यायको त्यस ठूलो दिनसम्म अनन्त बन्धनमा राख्नुभएको छ,
यहूदा 1 : 9
9 तर प्रधान दूत मिखाएलले पनि मोशाका लाशको विषयमा दियाबलससँग विवाद गर्दा त्यसलाई निन्दापूर्ण दोष लाउन साहस नगरी “प्रभुले तँलाई हप्काऊन्” भनेथे।
प्रकाश 12 : 7 – 9
7 अनि स्वर्गमा लड़ाइँ भयो। मिखाएल र तिनका दूतहरूले त्यस अजिङ्गरसँग युद्ध गरे। अजिङ्गर र त्यसका दूतहरूले पनि युद्ध गरे,
8 तर यिनीहरू हारे, र यिनीहरूका निम्ति स्वर्गमा कुनै ठाउँ रहेन।
9 त्यो ठूलो अजिङ्गर तल फालियो— त्यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्यो पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।
मत्ती 25 : 41
41 “त्यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्नेछन्, ‘श्रापित मानिस हो! मबाट दूर होओ, र दियाबलस र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्तको आगोमा जाओ।
हिब्रू 1 : 14
14 के ती सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूका खातिर सेवा गर्नलाई पठाइएका सेवा गर्ने आत्माहरू होइनन्?
२ पत्रुस 2 : 4
4 स्वर्गदूतहरूले पाप गर्दा परमेश्वरले तिनीहरूलाई बाँकी राख्नुभएन, तर तिनीहरूलाई नरकमा फालिदिनुभयो, र न्यायका दिनसम्मको निम्ति पातालको अन्धकारमा जकड़िराख्नुभयो।
मर्कूस 8 : 38
38 अनि यस व्यभिचारी र पापी पुस्तामा जो मदेखि र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्ना पिताको महिमामा पवित्र दूतहरूसँग आउँदा त्यसदेखि शर्माउनेछ।”
१ पत्रुस 5 : 8
8 सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ।
याकूब 2 : 19
19 तिमीहरू विश्वास गर्दछौ कि परमेश्वर एउटै हुनुहुन्छ। त्यो असल हो। भूतात्माहरू पनि विश्वास गर्छन् र थरथर काम्छन्।
कलस्सी 1 : 16
16 किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्।
एफिसी 6 : 12
12 किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो।
हिब्रू 12 : 22 – 23
22 तर तिमीहरू त सियोन पर्वतमा आएका छौ, जीवित परमेश्वरको सहर, स्वर्गीय यरूशलेममा, र असंख्य स्वर्गदूतहरूको आनन्द-उत्सवमा आएका छौ।
23 स्वर्गमा नाउँ दर्ता भएका पहिला जन्मेकाहरूका सभामा तिमीहरू आएका छौ। तिमीहरू सबका न्यायकर्ता परमेश्वरकहाँ, सिद्ध पारिएका धार्मिक मानिसहरूका आत्माका बीचमा,
Leave a Reply