बाइबलले के भन्छ स्वतन्त्र इच्छा प्रस्तावहरू – बारेमा सबै बाइबल पदहरू स्वतन्त्र इच्छा प्रस्तावहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् स्वतन्त्र इच्छा प्रस्तावहरू

लेवीहरू 22 : 21
21 मेलबलि चढ़ाएर परमप्रभुलाई आफ्‍नो भाकल पूरा गर्दा अथवा राजीखुशीको बलि चढ़ाउँदा बथान वा बगालबाट लिइने पशु ग्रहणयोग्‍य हुनलाई त्‍यो सिद्ध र निष्‍खोट हुनुपर्छ।

लेवीहरू 22 : 23
23 तर अङ्गभङ्ग भएको साँढ़े वा भेड़ाचाहिँ तिमीहरूले राजीखुशीको बलिमा चढ़ाए हुन्‍छ। तर भाकलको बलिमा चाहिँ त्‍यो ग्रहण हुनेछैन।

लेवीहरू 23 : 38
38 परमप्रभुको शबाथ, तिमीहरूका दानहरू, भाकलहरू र परमप्रभुलाई दिने गरेका स्‍वेच्‍छा भेटीहरूबाहेक यी हुनुपर्छ।)

गन्ती 29 : 39
39 “‘तिमीहरूका भाकल र राजीखुशीका बलिबाहेक तिमीहरूले होमबलि, अन्‍नबलि, अर्घ-बलि र मेलबलिहरू तिमीहरूका तोकिएका चाड़हरूमा परमप्रभुलाई चढ़ाउनू’।”

व्यवस्था 12 : 6
6 त्‍यहीँ नै तिमीहरूले आफ्‍ना होमबलि, बलिदान, दशांश र विशेष भेटी, भाकल बलि, स्‍वेच्‍छा बलि, र गाईबस्‍तु र भेड़ाबाख्राका पहिले बियाएका पशु ल्‍याउने गर्नू।

व्यवस्था 12 : 17
17 आफ्‍नो सहरभित्र अन्‍न, नयाँ दाखमद्य र तेलको दशांश, अथवा गाईबस्‍तु वा भेड़ाबाख्राको पहिले बियाएको पशु, अथवा भाकल गरेको कुनै थोक वा स्‍वेच्‍छा बलि वा विशेष बलि तिमीहरूको सहरभित्र तिमीहरूले नखानू।

२ इतिहास 31 : 14
14 परमप्रभुलाई दिएका थोकहरू र अर्पण गरिएका दानहरू बाँड्‌न परमेश्‍वरको निम्‍ति ल्‍याएका राजीखुशीका भेटीहरू लेवी यिम्‍नाका छोरा पूर्व ढोकाका द्वारपाल कोरेको जिम्‍मामा थिए।

एज्रा 3 : 5
5 यीबाहेक नित्‍य होमबलि, औंसी-बलि र परमप्रभुले ठहराउनुभएका सबै पवित्र चाड़हरूका निम्‍ति बलि चढ़ाए। यिनका साथसाथै परमप्रभुको निम्‍ति ल्‍याएका सबै स्‍वेच्‍छा भेटी चढ़ाए।

एज्रा 7 : 16
16 साथै बेबिलोनको प्रदेशभरि तिमीले लैजान सक्‍ने जति सुन र चाँदी र साथै यरूशलेममा तिनीहरूका परमेश्‍वरका भवनको निम्‍ति मानिसहरू र पूजाहारीहरूले राजीखुशीसित जो भेटीहरू दिन्‍छन्‌ ती पनि तिमीले लैजान सक्‍छौ।

एज्रा 8 : 28
28 मैले ती मानिसहरूलाई भनें, “तिमीहरूका साथै यी भाँड़ाहरू पनि परमप्रभुमा समर्पण गरिएका छन्‌। यी सुन र चाँदीहरू परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वरलाई चढ़ाइएका राजीखुशीका भेटी हुन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *