यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् स्थलचिन्हहरू
व्यवस्था 19 : 14
14 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा तिमीहरूको निज भागमा पुर्खाहरूले तोकिदिएको सिमाना नाघेर छिमेकीको साँधसिमानाको ढुङ्गो नहटाउनू।
व्यवस्था 27 : 17
17 “आफ्ना छिमेकीको साँधसिमानाको ढुङ्गो हटाउने मानिस श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।”
अय्यूब 24 : 2
2 मानिसहरू साँधसिमानाको ढुङ्गा हटाउँछन्, तिनीहरूले चोरेको भेड़ाका बगाल तिनीहरू चराउँछन्।
हितोपदेश 22 : 28
28 प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, जो तेरा पुर्खाहरूले खड़ा गरेका हुन्।
हितोपदेश 23 : 10
10 प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, अथवा टुहुरा-टुहुरीको खेतबारी नमिच्,
होशे 5 : 10
10 यहूदाका अगुवाहरू साँधसिमानाका ढुङ्गा सार्नेहरूजस्ता छन्। म मेरो क्रोध तिनीहरूमाथि पानीको भलझैँ खन्याउनेछु।
Leave a Reply