बाइबलले के भन्छ स्तम्भ – बारेमा सबै बाइबल पदहरू स्तम्भ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् स्तम्भ

१ राजाहरू 7 : 22
22 तिनका स्‍तम्‍भ-शिर लिली फूलका आकारका थिए। यसरी स्‍तम्‍भहरूको काम सिद्धियो।

२ राजाहरू 25 : 17
17 प्रत्‍येक स्‍तम्‍भ अठाह्र हात अल्‍गो थियो। एउटा स्‍तम्‍भमाथिको स्‍तम्‍भ-शिर तीन हात अल्‍गो थियो, र काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो। अर्को स्‍तम्‍भ त्‍यसको जालीसमेत ठीक त्‍यही किसिमको थियो।

२ राजाहरू 25 : 13
13 बेबिलोनीहरूले परमप्रभुको मन्‍दिरमा भएका काँसाका स्‍तम्‍भहरू, गुड्‌ने आधारहरू, र काँसाको विशाल खड्‌कुँलो ढाले, र काँसाचाहिँ बेबिलोनमा लगे।

यर्मिया 52 : 17
17 बेबिलोनीहरूले परमप्रभुको मन्‍दिरमा भएका काँसाका स्‍तम्‍भहरू, गुड्‌ने आधारहरू र काँसाको विशाल खड्‌कुँलो टुक्रै-टुक्रा पारेर सबै काँसा बेबिलोनमा लगे।

यर्मिया 52 : 21
21 हरेक स्‍तम्‍भ अठाह्र हात अग्‍लो थियो। त्‍यसको गोलाइ बाह्र हात र मोटाइ चार अङ्‌गुल चौड़ा थियो, र खोक्रो थियो।

१ राजाहरू 7 : 6
6 तिनले पचास हात लामो र तीस हात चौड़ा स्‍तम्‍भहरूले घेरिएको चोक बनाए। त्‍यसको अगि एउटा दलान थियो, र त्‍यसको सामु खम्‍बाहरू र एउटा बाहिर निस्‍केको छत थियो।

यर्मिया 31 : 21
21 “बाटो देखाउने सङ्केत र खम्‍बाहरू खड़ा गर्, जुन बाटोबाट तँ जान्‍छस्, त्‍यो बाटो याद राख्‌। हे कन्‍या इस्राएल, फर्की। तेरा नगरहरूमा फर्केर आइज।

उत्‍पत्ति 19 : 26
26 तर लोतकी पत्‍नीले पछाड़ि फर्केर हेरिन्, र तिनी नूनको थाम भइहालिन्‌।

लूका 17 : 32
32 लोतकी पत्नीलाई याद गर!

उत्‍पत्ति 28 : 18
18 याकूब बिहान सबेरै उठे, र आफूले सिरान बनाएको ढुङ्गा लिएर खामोजस्‍तै गरी खड़ा गरेर त्‍यसको टुप्‍पामा तेल खन्‍याए।

उत्‍पत्ति 31 : 13
13 तैंले खामामा तेल खन्‍याएको र भाकल गरेको ठाउँ बेथेलका परमेश्‍वर म नै हुँ। अब उठ्, यस ठाउँबाट फर्केर तेरो जन्‍मभूमिमा जा’।”

उत्‍पत्ति 35 : 14
14 परमेश्‍वर तिनीसँग कुरा गर्नुभएको ठाउँमा याकूबले ढुङ्गाको एउटा खामो खड़ा गरे। अनि तिनले त्‍यसमा अर्घ-बलि चढ़ाएर तेल खन्‍याए।

उत्‍पत्ति 31 : 45
45 तब याकूबले एउटा ढुङ्गो ल्‍याएर खामोजस्‍तै खड़ा गरे।

प्रस्‍थान 24 : 4
4 तब मोशाले परमप्रभुका सबै वचनहरू लेखे। बिहान सबेरै उठेर मोशाले पर्वतको पल्‍लो छेउमा एउटा वेदी बनाएर इस्राएलका बाह्र कुलअनुसार बाह्र वटा ढुङ्गाका खम्‍बा उभ्‍याए।

यहोशू 4 : 9
9 करारको सन्‍दूक बोक्‍ने पूजाहारीहरूका खुट्टाले टेकेको ठाउँ, अर्थात्‌ यर्दनको बीचबाट ल्‍याइएका बाह्र वटा ढुङ्गा यहोशूले उभ्‍याए। ती आजको दिनसम्‍म त्‍यहीँ छन्‌।

व्यवस्था 27 : 6
6 तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको वेदी खेतका ढुङ्गाको बनाउनू, र त्‍यहाँ परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति होमबलि चढ़ाउनू।

यहोशू 8 : 30
30 यहोशूले परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति एबाल डाँड़ामा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *