यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् स्तनपान
योएल 2 : 16
16 मानिसहरूलाई भेला गर, सभालाई अर्पण गर, धर्म-गुरुहरूलाई जम्मा गर, नानीहरू र दूधे-बालकहरूलाई बटुल। दुलहा आफ्नो कोठाबाट र दुलही आफ्नो भित्री कोठाबाट निस्कून्।
यशैया 66 : 10 – 13
10 “हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्यससित आनन्द गर, र त्यसको निम्ति प्रसन्न होओ। हे त्यसको निम्ति शोक गर्ने हो, आनन्दले प्रफुल्लित होओ।
11 किनकि त्यसका सान्त्वना दिने स्तन चुसेर तिमीहरू सन्तुष्ट हुनेछौ, र दूध पूरै चुसेर त्यसको प्रशस्तपनमा आनन्दित हुनेछौ।”
12 किनकि परमप्रभु यसो भन्नुहुन्छ, “म शान्तिलाई नदीझैँ र जाति-जातिहरूको सम्पत्ति उर्लंदो खोलाझैँ त्यसतर्फ बढ़ाउनेछु। तिमीहरू दूध चुस्नेछौ र तिमीहरू आँगमा बोकिनेछौ, र घुँड़ामा खेलाइनेछौ।
13 आमाले आफ्ना बालकलाई सान्त्वना दिएझैँ म तिमीहरूलाई सान्त्वना दिनेछु। र तिमीहरूले यरूशलेमको कारण सान्त्वना पाउनेछौ।
लूका 11 : 27
27 उहाँले यी कुरा बोल्दाबोल्दै भीड़बाट कुनै स्त्रीले चिच्च्याएर भनी, “धन्य त्यो नारी जसले तपाईंलाई गर्भधारण गरिन् र आफ्नो दूध खुवाइन्।”
विलाप 4 : 3
3 स्यालका माउहरूले पनि आफ्ना थुन निकालेर आफ्ना बच्चाहरूलाई चुस्न दिन्छन्, तर मेरा प्रजा त मरुभूमिका शुतुरमुर्गहरूजस्तै भएका छन्।
१ पत्रुस 2 : 2
2 नयाँ जन्मेका बालकहरूजस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर, र त्यसबाट तिमीहरू आफ्नो मुक्तिमा बढ्दैजान सक्नेछौ।
भजनसंग्रह 22 : 9
9 तैपनि तपाईंले नै मलाई गर्भबाट निकालिल्याउनुभयो। मेरी आमाको काखैबाट तपाईंले मलाई तपाईंमाथि भरोसा राख्ने बनाउनुभयो।
यशैया 49 : 15
15 “के कुनै आमाले आफ्नो दूधेबालकलाई बिर्सन सक्छे र? आफूले जन्माएको बालकलाई के त्यसले टिठ्याउँदिनँ र? त्यसले बिर्सन पनि सक्छे, तर म त तँलाई बिर्सन सक्दिनँ।
१ थेसलोनिकी 2 : 7
7 आफ्ना बालकहरूलाई स्याहार्ने धाइ-आमाझैँ तिमीहरूका बीचमा हामी कोमल भयौं।
उत्पत्ति 49 : 25
25 अर्थात् तेरा बुबाका परमेश्वर, जसले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान्, जसले तँलाई आशिष् दिनुहुन्छ— माथि स्वर्गका आशिष्हरू, तल अगाधका आशिष्हरू, स्तन र गर्भका आशिष्हरू।
१ शमूएल 1 : 21 – 24
21 जब वार्षिक बलिदान चढ़ाउन र आफूले गरेको भाकल पूरा गर्नलाई एल्काना आफ्ना जम्मै परिवारसँग माथि उक्लेर गए,
22 हन्नाह तिनीहरूसँग गइनन्। तिनले आफ्नो पतिलाई भनिन्, “जब बालकले दूध खान छोड्छ तब त्यसलाई लिएर परमप्रभुको उपस्थितिमा त्यसलाई हाजिर गराउनलाई म जानेछु, र त्यो सधैँभरि नै त्यहीँ रहनेछ।”
23 तिनकी पति एल्कानाले तिनलाई भने, “तिमीलाई जे असल लाग्छ त्यही गर।” “त्यसले दूध नछोड़ेसम्म घरमै बस। केवल परमप्रभुले आफ्नो वचन पूरा गरून्।” यसैले ती स्त्री घरैमा बसिन्, र दूध नछोड़ेसम्म त्यस बालकलाई हुर्काइन्।
24 जब तिनले दूध छोड़ाइन् तब तिनले त्यसलाई आफूसित लगिन्। तिनले आफ्नो साथमा एउटा तीन वर्षे साँढ़े, पाँच पाथी पीठो र एक मशक दाखमद्य लिएर त्यो बालक सानै भए तापनि त्यसलाई शीलोमा परमप्रभुको भवनमा ल्याइन्।
उत्पत्ति 21 : 7
7 तिनले फेरि भनिन्, “साराले बालकलाई दूध खुवाउँछे भनेर कसले अब्राहामलाई भन्नेथियो? तापनि तिनको बुढ़ेसकालमा मैले तिनीबाट एक जना छोरा जन्माएँ।”
उत्पत्ति 21 : 8
8 बालक बढ्दैगयो, र त्यसले दूध खान छोड़्यो। र इसहाकले दूध खान छोड़ेको दिन अब्राहामले एउटा ठूलो भोज दिए।
होशे 9 : 14
14 हे परमप्रभु, तिनीहरूलाई दिनुहोस्— तपाईं तिनीहरूलाई के दिनुहुन्छ? तिनीहरूको गर्भ तुहोस् र स्तन सुकिजाने होस्।
गन्ती 11 : 12
12 के यी मानिसहरूलाई मैले कोखमा राखेर जन्माएको हुँ? के तिनीहरूका पुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा दूधे-बालकलाई धाईले बोकेझैँ यिनीहरूलाई बोकेर लैजान मलाई लगाउनुहुन्छ?
Leave a Reply