यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सेवा गर्ने
उत्पत्ति 1 : 26
26 अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्।”
याकूब 1 : 22
22 तर वचन पालन गर्ने होओ, र सुन्ने मात्र भएर आफैलाई धोका नदेओ।
मत्ती 6 : 24
24 “कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ।
१ कोरिन्थी 16 : 14
14 जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्।
लूका 14 : 12 – 14
12 अनि उहाँलाई निम्तो दिनेलाई पनि उहाँले भन्नुभयो, “तिमीले बिहान अथवा बेलुकीको भोज लगाउँदा, आफ्ना मित्रहरूलाई, आफ्ना दाजुभाइलाई वा तिम्रा कुटुम्बहरूलाई वा धनी छिमेकीहरूलाई निम्तो नदेऊ, नत्रता तिनीहरूले पनि साटोमा तिमीलाई निम्तो दिएर तिम्रो गुण फर्काइदिनेछन्।
13 तर तिमीले भोज लगाउँदा, गरीब, लुला, लङ्गड़ा, अन्धाहरूलाई बोलाऊ,
14 र तिमीले आशिष् पाउनेछौ, किनकि तिनीहरूले तिम्रो गुण फर्काउन सक्दैनन्। तर मृत्युबाट धर्मीहरूको पुनरुत्थान हुँदा तिमीले यसको प्रतिफल पाउनेछौ।”
Leave a Reply