यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सेवकको हृदय भएको
१ कोरिन्थी 15 : 58
58 यसकारण मेरा प्रिय भाइ हो, स्थिर र अटल रहो। प्रभुको काममा सधैँ बढ्दैजाओ। किनकि तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।
फिलिप्पी 2 : 3 – 5
3 स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान।
4 तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।
5 तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो।
एफिसी 6 : 7
7 मानिसहरूका निम्ति होइन, तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर,
२ कोरिन्थी 4 : 5
5 हामी आफ्नै प्रचार गर्दैनौं, तर येशूको खातिर हामी तिमीहरूका दास भएर, येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी प्रचार गर्दछौं।
१ पत्रुस 5 : 5
5 त्यसै गरी जवान हो, बूढ़ापाकाहरूका अधीनमा बस। एक-अर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्त्र धारण गर। किनभने, “परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”
लूका 10 : 30 – 37
30 येशूले जवाफ दिनुभयो, “एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदैथियो। त्यो डाँकूहरूको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटे, र अधमरो पारी छोड़ेर गए।
31 संयोगले एक जना पूजाहारी त्यही बाटो भएर जाँदैथियो, र त्यो अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो।
32 त्यसै गरी एक जना लेवी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो।
33 तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्यो मान्छे भएको ठाउँमा आइपुग्यो, र त्यसलाई देखेर उसको मन दयाले भरियो।
34 र त्यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्नै गधामाथि चढ़ाएर त्यसलाई एउटा पौवामा ल्याई त्यसको हेरचाह गर्यो।
35 भोलिपल्ट उसले चाँदीका दुई सिक्का पौवाको मालिकलाई दिएर भन्यो, ‘यिनको हेरचाह गर, र अरू बढ़ी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु’।”
36 येशूले सोध्नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो?”
37 तिनले भने, “त्यस मानिसमाथि दया देखाउनेचाहिँ।” तब येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिमी पनि त्यसै गर।”
१ तिमोथी 5 : 8
8 यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालनपोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।
लूका 10 : 27
27 तिनले भने, “तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर्, र आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्।”
गलाती 5 : 13
13 भाइ हो, तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाइएका हौ। केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर। तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन।
रोमी 12 : 11
11 जोशमा पछि नहट। पवित्र आत्मामा प्रज्वलित होओ, प्रभुको सेवा गर्दैरहो।
१ पत्रुस 2 : 1 – 25
1 यसकारण सबै दुष्टता, सबै छल-कपट र ईर्ष्या, र सबै निन्दाहरूलाई त्याग।
2 नयाँ जन्मेका बालकहरूजस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर, र त्यसबाट तिमीहरू आफ्नो मुक्तिमा बढ्दैजान सक्नेछौ।
3 किनकि प्रभु कृपालु हुनुहुन्छ भन्ने कुराको स्वाद तिमीहरूले पाएका छौ।
4 उहाँकहाँ जाओ, जो जीवित पत्थर हुनुहुन्छ। मानिसहरूबाट इन्कार हुनुभएको, तर परमेश्वरको दृष्टिमा उहाँ चुनिनुभएको र बहुमूल्य हुनुहुन्छ।
5 तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढ़ाउने पवित्र पूजाहारीगिरीको निम्ति जीवित पत्थरहरूझैँ आत्मिक घर बन्दैजाओ।
6 किनभने धर्मशास्त्रमा भनिएको छ, “हेर, सियोनमा एउटा छानिएको र बहुमूल्य कुने-ढुङ्गो म बसाल्छु, र जसले उहाँमाथि विश्वास गर्छ त्यो शर्ममा पर्नेछैन।”
7 यसकारण तिमीहरू जसले विश्वास गर्छौ तिमीहरूका निम्ति त उहाँ बहुमूल्य हुनुहुन्छ, तर विश्वास नगर्नेहरूका निम्ति चाहिँ, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्यो।”
8 र, “एउटा ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्न लगाउँछ।” किनकि तिनीहरू वचन उल्लङ्घन गर्छन् र लोट्छन्। तिनीहरूका निम्ति यस्तै हुन तोकिएको थियो।
9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँका उदेकको ज्योतिमा ल्याउनुभयो, ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।
10 एक पल्ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्वरका प्रजा भएका छौ। एक पल्ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ।
11 प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्माको विरुद्धमा लड़ाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो।
12 अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल होस्। कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूका विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखून्, र आगमनको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्।
13 प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस, चाहे त्यो सर्वोच्च राजाको होस्,
14 अथवा हाकिमहरूको होस्, जो दुष्ट काम गर्नेहरूलाई दण्ड दिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उहाँद्वारा खटाइएका हुन्छन्।
15 किनकि परमेश्वरको इच्छा यही छ, कि असल गरेर नै तिमीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चूप गराउनुपर्छ।
16 स्वतन्त्र मानिसहरूझैँ जीवन बिताओ। स्वतन्त्रतालाई कुकर्म गर्ने बहाना नबनाओ, तर परमेश्वरका दासहरूझैँ भएर चल।
17 सबै मानिसहरूलाई आदर गर। भाइबन्धुलाई प्रेम गर। परमेश्वरसँग डराओ। राजाको आदर गर।
18 कमारा हो, सम्पूर्ण आदरपूर्वक आफ्ना मालिकहरूका अधीनमा बस। तिमीहरूमाथि दयालु र भला हुनेहरूका अधीनमा मात्र होइन, तर निर्दयीहरूका अधीनमा पनि।
19 परमेश्वरलाई सम्झेर कुनै मानिसले अन्यायपूर्ण कष्ट सहन्छ भने त्यो परमेश्वरमा प्रशंसनीय छ।
20 किनभने तिमीहरूले खराब काम गरेर कुटाइ खाँदा धैर्यसँग सह्यौ भने यसमा ठूलो कुरो के छ र? तर तिमीहरूले असल गरेर पनि दुःख भोग्नुपर्दा धैर्यसँग सहन्छौ भने यो परमेश्वरमा ग्रहणयोग्य हुन्छ,
21 किनकि यसैको निम्ति तिमीहरू बोलाइएका हौ। ख्रीष्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ।
22 “उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।”
23 तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन। दुःख भोग्नुहुँदा उहाँले धम्की दिनुभएन। तर उचित न्याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्नुभयो।
24 हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।
25 किनभने तिमीहरू भेड़ाहरूझैँ बरालिरहेका थियौ, तर अब तिमीहरूका आत्माको गोठाला र संरक्षककहाँ फर्किआएका छौ।
१ कोरिन्थी 13 : 1 – 13
1 मैले मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्ला मचाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु।
2 मसँग अगमवाणी बोल्ने शक्ति होला, र सबै रहस्य र सबै ज्ञानहरू बुझ्न सकूँला, र पहाड़हरू हटाउन सक्नेसम्मको सम्पूर्ण विश्वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।
3 यदि मैले सारा सम्पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
4 प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन।
6 प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ।
8 प्रेमको कहिल्यै अन्त्य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टलिजानेछ।
9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।
10 तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।
11 जब म बालक थिएँ तब बालकजस्तै बोल्थें, बालकले जस्तो विचार गर्थें, बालकले जस्तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
12 अहिले हामी ऐनामा जस्तै धमिलोसँग देख्छौं, तर त्यस बेलाचाहिँ छर्लङ्ग देख्नेछौं। अहिले म थोरै मात्र बुझ्दछु, त्यस बेलाचाहिँ पूरै बुझ्नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।
13 अब विश्वास, आशा, प्रेम, यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।
रोमी 13 : 4
4 किनकि तिम्रो भलाइको निम्ति तिनी परमेश्वरका सेवक हुन्। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्यर्थमा भिर्दैनन्। खराब काम गर्नेमाथि परमेश्वरको दण्ड ल्याउने तिनी परमेश्वरका सेवक हुन्।
व्यवस्था 28 : 47 – 48
47 तिमीहरूसँग सबै चीज प्रशस्त हुँदा खुशीसँग प्रसन्न चित्तले परमप्रभु आफ्ना परमेश्वरको सेवा गरेनौ।
48 यसकारण भोक, प्यास, नग्नता र सबै चीजको अभावमा परेर परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुभएका शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौ। उहाँले तिमीहरूलाई नाश नगर्नुभएसम्म तिमीहरूको काँधमा चाहिँ फलामको जुवा हालिदिनुहुनेछ।
२ कोरिन्थी 5 : 1 – 14
1 किनभने हामी जान्दछौं, कि हामीले वास गरेको यो पार्थिव शरीर ढली गए तापनि स्वर्गमा अनन्तसम्म रहने परमेश्वरले दिनुभएको हाम्रो घर छ, जो हातले बनाइएको होइन।
2 यहाँ वास्तवमा हामी व्याकुल बन्छौं, र स्वर्गीय डेरा धारण गर्ने उत्कट इच्छा गर्छौं,
3 किनभने त्यो धारण गरेर हामी नाङ्गा हुनेछैनौं।
4 किनकि यस डेरामा हुँदा चिन्ताले हामी सुस्केरा हाल्छौं। हामी नाङ्गा होऔं भनेर होइन, तर अझ बढ़ी वस्त्र धारण गरौं भनेर हो, ताकि जो मरणशील छ त्यो जीवनमा समावेश होस्।
5 अब हामीलाई यस कुराको निम्ति तयार पारिदिने परमेश्वर नै हुनुहुन्छ, जसले हामीलाई बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ।
6 यसकारण हामीलाई सम्पूर्ण भरोसा छ। हामी जान्दछौं, कि हामी जबसम्म शरीरमा रहन्छौं, तबसम्म प्रभुबाट अलग हुन्छौं।
7 किनकि हामी विश्वासद्वारा हिँड्छौं, देखिने कुराको आधारमा होइन।
8 हामीमा पूर्ण भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसँग रहन हामी चाहन्छौं।
9 यसैकारण चाहे हामी शरीरमै होऔं, चाहे अलग रहौं, उहाँलाई प्रसन्न तुल्याउनु नै हाम्रो लक्ष्य हुन्छ।
10 किनकि हामी सबै ख्रीष्टका न्याय-आसनको सामुन्ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।
11 यसकारण प्रभुको भय थाहा गरेर हामी मानिसहरूलाई मनाउँछौं। तर हामी जे छौं परमेश्वरले जान्नुहुन्छ, र म आशा गर्दछु, त्यो तिमीहरूका विवेकमा पनि प्रष्टै होला।
12 हामी फेरि तिमीहरूका सामु आफ्नो तारीफ गर्दैनौं, तर तिनीहरूलाई हामीमा गर्व गर्ने मौका दिइरहेछौं, ताकि तिमीहरूले तिनीहरूलाई जवाफ दिन सक, जसले मानिसका हृदयको कुरामा होइन तर बाहिरी कुरामा घमण्ड गर्छन्।
13 यदि हाम्रो होश ठेगानामा छैन भने यो परमेश्वरको निम्ति हो, अनि यदि हामी ठीक होशमा छौं भने यो तिमीहरूका निम्ति हो।
14 ख्रीष्टको प्रेमले हामीलाई बाध्य गराउँछ, किनभने हामीलाई यो निश्चय छ, कि सबैका निम्ति एक जना मर्नुभएको हुनाले सबै मरे।
Leave a Reply