बाइबलले के भन्छ सेनाहरू – बारेमा सबै बाइबल पदहरू सेनाहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सेनाहरू

गन्ती 1 : 3
3 इस्राएलमा बीस वर्ष र उँभोका लड़ाइँमा जान सक्‍ने सबै पुरुषलाई हारून र तैंले दल-दल गरी गन्‍ती गर्‌।

गन्ती 26 : 2
2 “इस्राएली समुदायबाट बीस वर्ष र उँभोका जति जना लड़ाइँमा जान सक्‍छन्, तिनीहरूलाई आ-आफ्‍नो परिवारअनुसार गन्‍ती गर्‌।”

२ इतिहास 25 : 5
5 अमस्‍याहले यहूदाका मानिसहरूलाई भेला गराएर तिनीहरूका परिवार-परिवारअनुसार सारा यहूदा र बेन्‍यामीनका हजार र सयका सेनापतिहरूको अधीनमा राखिदिए। तिनले बीस वर्ष पुगेका र त्‍यसभन्‍दा बढ़ी उमेरकाहरूलाई जम्‍मा गरे। तिनीहरूको संख्‍या तीन लाख थियो। ती सबै लड़ाइँ गर्न अनि भाला र ढाल चलाउन सक्‍नेहरू थिए।

गन्ती 1 : 50
50 तर तैंले लेवीहरूलाई गवाहीको मण्‍डप र त्‍यसका सबै सरसामानमाथि नियुक्त गर्नू। मण्‍डप त्‍यसका सबै सरसामानसमेत तिनीहरूले नै बोकून्‌। तिनीहरूले त्‍यसको रेखदेख गरून्‌। तिनीहरूले आफ्‍नो पाल मण्‍डपकै वरिपरि लगाऊन्‌।

गन्ती 2 : 33
33 तर परमप्रभुले मोशालाई आज्ञा गर्नुभएमुताबिक इस्राएलीहरूका साथमा लेवीहरू गनिएका थिएनन्‌।

व्यवस्था 20 : 9
9 अधिकृतहरूले मानिसहरूलाई सम्‍बोधन गरिसकेपछि तिनीहरूले मानिसहरूका सेनानायकहरू नियुक्त गरून्‌।

न्यायकर्ताहरू 7 : 3
3 अब सबै मानिसहरूले सुन्‍ने गरी एउटा उर्दी घोषणा गर्, कि यहाँ कोही डरले काँप्‍नेहरू छन्‌ भने ती गिलाद डाँड़ादेखि नै तुरुन्‍तै आफ्‍ना घरमा गइहालून्‌। यसरी बाईस हजार जना फर्किगए, र दश हजार बाँकी रहे।

गन्ती 1 : 3
3 इस्राएलमा बीस वर्ष र उँभोका लड़ाइँमा जान सक्‍ने सबै पुरुषलाई हारून र तैंले दल-दल गरी गन्‍ती गर्‌।

गन्ती 26 : 2
2 “इस्राएली समुदायबाट बीस वर्ष र उँभोका जति जना लड़ाइँमा जान सक्‍छन्, तिनीहरूलाई आ-आफ्‍नो परिवारअनुसार गन्‍ती गर्‌।”

१ शमूएल 11 : 8
8 शाऊलले तिनीहरूलाई लड़ाइँको निम्‍ति बेजेकमा भेला गरे। त्‍यहाँ इस्राएलका मानिसहरू तीन लाख र यहूदाका तीस हजार थिए।

२ शमूएल 18 : 2
2 त्‍यसपछि तिनले आफ्‍नो सेनालाई तीन भागमा विभक्त गरे— एक तिहाइ योआबको अधीनमा, एक तिहाइ सरूयाहका छोरा अबीशै, योआबका भाइको अधीनमा र एक तिहाइ गित्ती इत्तैको अधीनमा। राजाले सेनालाई भने, “म पनि तिमीहरूसँगै लड़ाइँमा जानेछु।”

२ शमूएल 24 : 9
9 तब योआबले मानिसहरूको जम्‍मा संख्‍या राजालाई यसरी बताइदिए: हतियार चलाउन सक्‍ने लड़ाकू मानिसहरू इस्राएलमा आठ लाख र यहूदामा पाँच लाख थिए।

१ राजाहरू 20 : 15
15 यसैकारण आहाबले ती प्रान्‍तका सेनापतिहरूका दुई सय बत्तीस जवान अधिकृतहरूलाई बोलाइपठाए। तब तिनले बाँकी इस्राएलीहरूलाई भेला गरे, सबै जम्‍मा सात हजार थिए।

२ इतिहास 25 : 5
5 अमस्‍याहले यहूदाका मानिसहरूलाई भेला गराएर तिनीहरूका परिवार-परिवारअनुसार सारा यहूदा र बेन्‍यामीनका हजार र सयका सेनापतिहरूको अधीनमा राखिदिए। तिनले बीस वर्ष पुगेका र त्‍यसभन्‍दा बढ़ी उमेरकाहरूलाई जम्‍मा गरे। तिनीहरूको संख्‍या तीन लाख थियो। ती सबै लड़ाइँ गर्न अनि भाला र ढाल चलाउन सक्‍नेहरू थिए।

गन्ती 31 : 4
4 इस्राएलको हरेक कुलबाट एक-एक हजार मानिस तिमीहरूले युद्धमा पठाउनू।”

न्यायकर्ताहरू 20 : 10
10 हामी इस्राएलका जम्‍मै कुलबाट हरेक एक सयबाट दश, हरेक हजारबाट एक सय र हरेक दश हजारबाट एक हजार गरी इस्राएलमा यस्‍तो अत्‍याचार गर्ने बेन्‍यामीनका गिबाको विरुद्धमा जानेहरूका निम्‍ति मानिसहरूबाट खानेकुरा जम्‍मा गर्नलाई लिनेछौं।”

१ शमूएल 14 : 50
50 उनकी पत्‍नीचाहिँ अहीमासकी छोरी अहीनोम थिइन्‌। अनि उनका सेनापति तिनका काका नेरका छोरा अबनेर थिए।

२ शमूएल 2 : 8
8 यसै बीचमा शाऊलका सेनापति नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्‍बोशेतलाई यर्दनवारि महनोममा ल्‍याए,

२ शमूएल 8 : 16
16 सरूयाहका छोरा योआब सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए।

२ शमूएल 17 : 25
25 अब्‍शालोमले योआबको सट्टामा अमासालाई सेनापति बनाएका थिए। तिनीचाहिँ इस्राएली येतेर नाउँ भएका मानिस र योआबकी आमा सरूयाहकी बहिनी अनि नाहाशकी छोरी अबीगेलका छोरा थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *