बाइबलले के भन्छ सुन – बारेमा सबै बाइबल पदहरू सुन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सुन

उत्‍पत्ति 2 : 12
12 त्‍यस देशको सुन असल हुन्‍छ। त्‍यहाँ खोटो र आनिक्‍सहरू छन्‌।

१ राजाहरू 9 : 28
28 तिनीहरू जहाजबाट ओपीरमा गए, र त्‍यहाँबाट साढ़े चौध टन सुन ल्‍याएर सोलोमन राजालाई दिए।

१ राजाहरू 10 : 11
11 हीरामका जहाजहरूले ओपीरबाट सुन ल्‍याउँथे। त्‍यहाँबाट तिनीहरूले चन्‍दनको काठ र बहुमूल्‍य पत्‍थरहरू जहाजमा पनि ल्‍याउँथे।

१ इतिहास 29 : 4
4 अर्थात्, एक सय टन सुन (ओपीरको सुन) र दुई सय चालीस टन निखुर चाँदी मन्‍दिरका भित्ताहरू मोहोर्नलाई,

२ इतिहास 8 : 18
18 अनि हीरामले आफ्‍ना अधिकृतहरूको अधीनमा रहेका जहाजहरू र अनुभवी नाविकहरूलाई पठाइदिए। अनि यिनीहरू सोलोमनका सेवकहरूका साथमा ओपीरमा गएर सोह्र टन सुन ल्‍याएर सोलोमन राजालाई दिए।

अय्‍यूब 22 : 24
24 तपाईंले आफ्‍ना सुनका ससाना ढिकाहरू धूलोमा मिलाउनुभयो भने, ओपीरको सुनलाई खोल्‍साको ढुङ्गासरह मान्‍नुभयो भने,

१ राजाहरू 22 : 48
48 ओपीरबाट सुन ल्‍याउनलाई यहोशापातले व्‍यापारी जहाजहरूको एउटा बेड़ा निर्माण गरे। तर एस्‍योन-गेबेरमा ती जहाजहरू भत्‍केको कारण ती समुद्रमै जान पाएनन्‌।

२ इतिहास 3 : 6
6 त्‍यसको शोभाको लागि तिनले त्‍यस मन्‍दिरलाई बहुमूल्‍य पत्‍थरहरूले जड़े। त्‍यसमा तिनले पर्वेमबाट ल्‍याएका सुन प्रयोग गरे।

१ राजाहरू 10 : 10
10 त्‍यसपछि तिनले राजालाई चार टन सुन, प्रशस्‍त मात्रामा मसला र बहुमूल्‍य रत्‍नहरू दिइन्‌। शेबाकी रानीले सोलोमन राजालाई दिएको जत्तिकै धेरै मसला फेरि कहिल्‍यै ल्‍याइएन।

२ इतिहास 9 : 9
9 त्‍यसपछि तिनले राजालाई चार टन सुन, प्रशस्‍त मात्रामा मसला र बहुमूल्‍य रत्‍नहरू दिइन्‌। सोलोमन राजालाई शेबाकी रानीले दिएको बराबर कुनै मसलाहरू कहिल्‍यै भएका थिएनन्‌।

भजनसंग्रह 72 : 15
15 उनी दीर्घायु होऊन्‌, शेबाको सुन उनलाई भेटीस्‍वरूप दिइओस्‌। उनको निम्‍ति मानिसहरू निरन्‍तर प्रार्थना गरून्‌, दिनभरि तिनीहरूले उनलाई धन्‍यका भनून्‌।

यर्मिया 10 : 9
9 तर्शीशबाट पिटिएको चाँदी ल्‍याइन्‍छ, र उपज देशबाट सुन। जे कारीगर र सुनारले बनाउँछन्, बैजनी र नीला लुगा त्‍यसलाई लगाइन्‍छन्‌— ती सबै सिपालु मानिसहरूद्वारा बनाइन्‍छन्‌।

अय्‍यूब 28 : 19
19 कूश देशको पुष्‍पराज त्‍यसको बराबर हुन सक्‍दैन। निखुर सुनले त्‍यो किन्‍न सकिँदैन।

अय्‍यूब 31 : 24
24 “यदि मैले सुनमा मेरो भरोसा राखेको भए, वा ‘तँ मेरो सुरक्षा होस्‌’ भनी निखुर सुनलाई यो भनेको छु भने,

हितोपदेश 8 : 19
19 मेरो फल निखुर सुनभन्‍दा उच्‍च छ। जे म उत्‍पादन गर्छु, त्‍यसले असल चाँदीलाई उछिनिदिन्‍छ।

हितोपदेश 17 : 3
3 चाँदी पगाल्‍ने भाँड़ो र सुन खार्ने आरन हुन्‍छ, तर हृदय जाँच गर्नेचाहिँ परमप्रभु नै हुनुहुन्‍छ।

हितोपदेश 27 : 21
21 चाँदी पगाल्‍ने भाँड़ो र सुन खार्ने आरन हुन्‍छ, तर आफूले पाउने प्रशंसाबाट मानिस जाँचिएको हुन्‍छ।

जकरिया 13 : 9
9 त्‍यस एक-तिहाइलाई म आगोमा ल्‍याउनेछु। चाँदी निखारेझैँ म तिनीहरूलाई निखार्नेछु, र सुन जाँचेझैँ जाँच्‍नेछु। तिनीहरूले मेरो नाउँको पुकारा गर्नेछन्, र म तिनीहरूलाई जवाफ दिनेछु। ‘यिनीहरू मेरा प्रजा हुन्,’ भनी म भन्‍नेछु, र तिनीहरूले भन्‍नेछन्, ‘परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ’।”

मलाकी 3 : 3
3 उहाँ चाँदी खार्ने र सफा गर्नेजस्‍तो गरी बस्‍नुहुनेछ। उहाँले लेवीहरूलाई शुद्ध पार्नुहुनेछ, र सुन र चाँदीझैँ शुद्ध पार्नुहुनेछ। तब परमप्रभुका मानिसहरू हुनेछन्, जसले धार्मिकतामा भेटी ल्‍याउनेछन्‌।

२ इतिहास 9 : 15
15 पिटेका सुनका दुई सय ठूला-ठूला ढालहरू सोलोमन राजाले बनाए। प्रत्‍येक ढाल बनाउन साढ़े तीन किलोग्राम सुन लागेको थियो।

प्रस्‍थान 39 : 3
3 तिनीहरूले सुन पिटेर पतला पाताहरू काटेर तारहरू बनाए। ती नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा मिलाउनलाई सिपालु शिल्‍पकारको काम भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *