बाइबलले के भन्छ सुनार – बारेमा सबै बाइबल पदहरू सुनार

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सुनार

२ इतिहास 2 : 7
7 “यसकारण मेरो निम्‍ति एक निपुण कारीगर पठाइदिनुहोस्‌— एउटा यस्‍तो मानिस जसले सुन, चाँदी, काँसो र फलाम, अनि बैजनी, रातो र नीलो धागोको काम गर्न सक्‍छ, र तिनी निपुण कुँद्‌ने मानिस पनि होऊन्‌। तिनले मेरा पिता दाऊदले जुटाइदिनुभएका निपुण कारीगरहरूसँग यहूदा र यरूशलेममा काम गर्नेछन्‌।

२ इतिहास 2 : 14
14 तिनी दानवंशी स्‍त्रीका छोरा हुन्‌। तिनका पिताचाहिँ एक टुरोसवासी हुन्‌। तिनी सुन र चाँदी, काँसो र फलाम, ढुङ्गा र काठका काम र बैजनी, रातो र नीलो धागो र मलमलका कपड़ाका काममा पनि अनुभवी कारीगर हुन्‌। तिनी बुट्टाका काममा तालीम पाएका मानिस हुन्, र तिनलाई दिएको कुनै पनि नमूनाको काम गर्न सक्‍छन्‌। तिनी तपाईंका निपुण कारीगरहरूका साथमा, र मेरा स्‍वामी तपाईंका पिता दाऊदका कारीगरहरूका साथमा काम गर्नेछन्‌।

नहेम्‍याह 3 : 8
8 सुनार हरयाहका छोरा उज्‍जीएलले अर्को भाग मरम्‍मत गरे। त्‍यसका छेउको भाग अत्तर बनाउने हनन्‍याहले मरम्‍मत गरे। तिनीहरूले चौड़ा पर्खालसम्‍मै यरूशलेमको पुनर्निर्माण गरे।

नहेम्‍याह 3 : 32
32 कुनाका मास्‍तिरको कोठा र भेड़ा ढोकाको बीचमा चाहिँ सुनारहरू र व्‍यापारीहरूले मरम्‍मत गरे।

यशैया 40 : 19
19 मूर्ति त कारीगरले ढालेर बनाउँछ। सुनारले त्‍यसमा सुनको जलप लगाउँछ र त्‍यसको निम्‍ति चाँदीका सिक्रीहरू बनाउँछ।

यशैया 41 : 7
7 निपुण कारीगरले सुनारलाई साहस दिन्‍छ र लिहीमाथि चुट्‌नेलाई घनले सम्‍म्‍याउनेले प्रोत्‍साहन दिन्‍छ। त्‍यसले रसायनको विषयमा भन्‍छ, “यो असलै छ,” र त्‍यो नहल्‍लिओस्‌ भनेर मूर्तिलाई कीला ठोकेर बलियो बनाउँछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *