यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सुत्नु
हितोपदेश 3 : 24
24 जब तँ ढल्किनेछस् तँ भयभीत हुनेछैनस्, जब तँ ढल्किनेछस् तँलाई मीठो निद्रा लाग्नेछ।
भजनसंग्रह 4 : 8
8 शान्तिमा म पल्टिनेछु र निदाउनेछु, किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।
भजनसंग्रह 127 : 2
2 भोजनको निम्ति परिश्रम गर्नलाई बिहान सबेरै उठ्नु, र राती अबेर सुत्न जानु व्यर्थ छ, किनकि उहाँले आफ्ना प्रियहरूलाई निद्रा दिनुहुन्छ।
हितोपदेश 20 : 13
13 निद्रालाई प्रेम नगर्, जसले तँलाई झन्-झन् दरिद्र तुल्याउँछ। जागा रहेस् र तँसँग जगेरा अन्न रहनेछ।
भजनसंग्रह 132 : 4 – 5
4 मेरा आँखामा म निद्रा आउन दिनेछैनँ, अनि आफ्ना पलकहरूलाई झिमिक्क पनि हुन दिनेछैनँ,
5 जबसम्म परमप्रभुको निम्ति एउटा स्थान, याकूबका सर्वशक्तिमान्को निम्ति एउटा निवासस्थान म भेट्टाउँदिनँ।”
हितोपदेश 6 : 10
10 क्षणिक सुताइ र क्षणिक उँघाइले, हात बाँधेर केहीबेरको आराम गराइले
हितोपदेश 6 : 9
9 ए अल्छे, तँ कहिलेसम्म सुतिरहन्छस्? तँ कहिले आफ्नो निद्राबाट जाग्छस्?
यूहन्ना 11 : 12
12 चेलाहरूले उहाँलाई भने, “प्रभु, तिनी निद्रामा परेका छन् भने तिनी निको हुनेछन्।”
मत्ती 9 : 24
24 उहाँले तिनीहरूलाई भन्नुभयो, “बाहिर जाओ, किनकि ठिटी मरेकी छैन, तर सुतेकी छे।” तिनीहरूले उहाँको हाँसो गरे।
मत्ती 8 : 24
24 अकस्मात् तालमा ठूलो आँधी आयो, र छालले डुङ्गालाई ढाक्न लाग्यो। येशू निदाइरहनुभएको थियो।
१ थेसलोनिकी 4 : 15 – 16
15 प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्छौं, कि हामी, जो जीवित छौं र प्रभुको पुनरागमनसम्म बाँचिरहन्छौं, सुतिगएकाहरूलाई कुनै किसिमले पनि उछिन्नेछैनौं।
16 किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन्।
Leave a Reply