यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सुत्नुहोस्
भजनसंग्रह 127 : 2
2 भोजनको निम्ति परिश्रम गर्नलाई बिहान सबेरै उठ्नु, र राती अबेर सुत्न जानु व्यर्थ छ, किनकि उहाँले आफ्ना प्रियहरूलाई निद्रा दिनुहुन्छ।
हितोपदेश 6 : 10
10 क्षणिक सुताइ र क्षणिक उँघाइले, हात बाँधेर केहीबेरको आराम गराइले
मत्ती 8 : 24
24 अकस्मात् तालमा ठूलो आँधी आयो, र छालले डुङ्गालाई ढाक्न लाग्यो। येशू निदाइरहनुभएको थियो।
मर्कूस 4 : 38
38 उहाँ आफैचाहिँ डुङ्गाको पछिल्लो भागमा एउटा सिरानी लाएर निदाइरहनुभएको थियो। तिनीहरूले उहाँलाई यसो भन्दै बिउँझाए, “गुरुज्यू, हामी डुब्न लाग्यौं भन्ने के तपाईंलाई वास्ता छैन?”
लूका 8 : 23
23 डुङ्गामा जाँदैगर्दा उहाँ निदाउनुभयो। तालमा आँधीबेहरी चल्न लाग्यो। डुङ्गा पानीले भरिन लाग्यो, र तिनीहरू आपत्मा परे।
अय्यूब 14 : 12
12 त्यसरी नै मरणशील मानिस ढल्छ, र कहिल्यै उठ्दैन, जबसम्म आकाशहरू मेटिदैँनन्, मानिसहरू ब्यूँझनेछैनन् अथवा आफ्ना निद्राबाट तिनीहरू फेरि कहिल्यै उठ्नेछैनन्।
मत्ती 9 : 24
24 उहाँले तिनीहरूलाई भन्नुभयो, “बाहिर जाओ, किनकि ठिटी मरेकी छैन, तर सुतेकी छे।” तिनीहरूले उहाँको हाँसो गरे।
मर्कूस 5 : 39
39 भित्र पसेर उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन खैलाबैला गर्छौ र रुन्छौ? ठिटी मरेकी छैन, तर सुतिरहेकी छे।”
लूका 8 : 52
52 सबै जना रोइरहेका र बिलौना गरिरहेका थिए, तर उहाँले भन्नुभयो, “नरोओ, त्यो मरेकी छैन, तर सुतेकी छे।”
यूहन्ना 11 : 12
12 चेलाहरूले उहाँलाई भने, “प्रभु, तिनी निद्रामा परेका छन् भने तिनी निको हुनेछन्।”
Leave a Reply