बाइबलले के भन्छ सुख्खा हड्डीहरू – बारेमा सबै बाइबल पदहरू सुख्खा हड्डीहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सुख्खा हड्डीहरू

इजकिएल 37 : 1 – 14
1 परमप्रभुको हात ममाथि पर्‍यो, अनि उहाँले मलाई परमप्रभुका आत्‍माद्वारा ल्‍याउनुभई हाड़ै-हाड़ भएको बेँसीमा राख्‍नुभयो।
2 उहाँले मलाई ती हाड़हरू भरिएको बीचमा तल-माथि लानुभयो, र मैले त्‍यस बेँसीको जमिनमा थुप्रै हाड़हरू देखें। ती हाड़हरू असाध्‍य सुकेका थिए।
3 उहाँले मलाई सोध्‍नुभयो, “हे मानिसको छोरो, के यी हाड़हरू फेरि जीवित हुन सक्‍छन्‌?” मैले जवाफ दिएँ, “हे परमप्रभु परमेश्‍वर, यो त केवल तपाईंले मात्र जान्‍नुहुन्‍छ।”
4 तब उहाँले मलाई भन्‍नुभयो, “यी हाड़हरूलाई अगमवाणी गरेर भन्, ‘हे सुकेका हाड़ हो, परमप्रभुको वचन सुन!’
5 यी हाड़हरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म तिमीहरूमा सास हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ।
6 म तिमीहरूमा नसाहरू टाँसिदिनेछु, र तिमीहरूमा मासु बढ़ाइदिन्‍छु, र छालाले म ढाकिदिनेछु, र तिमीहरूमा सास हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ। तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ’।”
7 यसैले उहाँले आज्ञा गर्नुभएझैँ मैले अगमवाणी गरें। जब मैले अगमवाणी गर्दैथिए, तब त्‍यहाँ कर्‍याककुरुक आवाज भयो, र ती हाड़हरू एक-अर्कोसित जोड़िन लागे।
8 अनि मैले हेर्दाहेर्दै तिनमा नसा र मासु भरिए र ती छालाले ढाकिए, तर तिनमा सासचाहिँ थिएन।
9 तब उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, सासलाई अगमवाणी गर्‌। अगमवाणी गर्, र त्‍यसलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे सास, चारै दिशाबाट आइज, र यी मारिएकाहरूमाथि फुकिदे, र ती जीवित भएर उठून्‌’।”
10 तब उहाँले आज्ञा गर्नुभएझैँ मैले अगमवाणी गर्न लागें, र सास तिनमा पस्‍यो। तिनीहरू जीवित भएर आ-आफ्‍ना खुट्टामा उभिए, र त्‍यहाँ एक अत्‍यन्‍तै ठूलो सेना भयो।
11 तब उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, यी हाड़हरू जम्‍मै इस्राएलको घराना हो। तिनीहरू भन्‍छन्, ‘हाम्रा हाड़हरू सुकिसके, र आशा नै हरायो। हामी त्‍यागियौ’।
12 यसकारण अगमवाणी कहेर तिनीहरूलाई भन्‌: परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे मेरा प्रजा, म तिमीहरूका चिहानहरू खोलेर तीबाट तिमीहरूलाई बाहिर निकाल्‍नेछु। म तिमीहरूलाई इस्राएलका देशमा फेरि ल्‍याउनेछु।
13 तब हे मेरा प्रजा, जब म तिमीहरूका चिहानहरू खोलेर तीबाट तिमीहरूलाई बाहिर निकालेर ल्‍याउनेछु, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ।
14 म मेरो आत्‍मा तिमीहरूमा हालिदिनेछु र तिमीहरू बाँच्‍नेछौ। म तिमीहरूलाई तिमीहरूको आफ्‍नै देशमा बसाल्‍नेछु। तब तिमीहरूले यो जान्‍नेछौ, कि म परमप्रभुले नै यो भनेको हुँ, र मैले नै यो गरेको हुँ, परमप्रभु भन्‍नुहुन्‍छ’।”

इजकिएल 37 : 1 – 28

15 परमप्रभुको यो वचन मकहाँ आयो:
16 “हे मानिसको छोरो, काठको एउटा लट्ठी लिएर त्‍यसमा यो लेख्, ‘यहूदा र त्‍यसका इस्राएली सहयोगीहरू’। त्‍यसपछि अर्को एउटा लट्ठी लिएर त्‍यसमा यो लेख्, एफ्राइमको लट्ठी, जो योसेफ र त्‍यसका सबै इस्राएली सहयोगीहरूको हो’।
17 तब ती दुवैलाई एउटै बनाएर जोड़िदे। ती तेरो हातमा एउटै लट्ठी हुनेछ।
18 “जब तेरा देशवासीहरूले त्‍यसको अर्थ के हो भनी सोध्‍छन्,
19 तब तैंले तिनीहरूलाई भन्, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म योसेफ र त्‍यसका इस्राएली सहयोगीहरूको लट्ठी लिनेछु, जो एफ्राइमको हातमा छ, र त्‍यो लिएर त्‍यसमा यहूदाको लट्ठी जोड़िदिनेछु। यसरी म तिनीहरूलाई एउटै लट्ठी तुल्‍याइदिनेछु, र ती मेरो हातमा एउटै हुनेछन्‌।’
20 तिनीहरूकै आँखाको सामु तैंले लेखेका ती लौरा समातिराख्,
21 र तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म इस्राएलीहरूलाई तिनीहरू गएका जातिहरूबाट निकाल्‍नेछु। म तिनीहरूलाई चारैतिरबाट भेला गराउनेछु, र तिनीहरूलाई आफ्‍नै देशमा ल्‍याउनेछु।
22 म तिनीहरूलाई आफ्‍नै देशमा, इस्राएलका पहाड़हरूमा एउटै जाति बनाउनेछु। तिनीहरू सबैमाथि एउटै राजा हुनेछ, र तिनीहरू फेरि कहिल्‍यै दुई अलग-अलग जाति अथवा दुई अलग-अलग राज्‍यमा विभक्त हुनेछैनन्‌।
23 तिनीहरू फेरि कहिल्‍यै तिनीहरूका मूर्तिहरू वा प्रतिमाहरू अथवा अरू कुनै अपराधहरूबाट आफैलाई अशुद्ध पार्नेछैनन्, किनकि म तिनीहरूका पापी चालहरूबाट तिनीहरूलाई बचाउनेछु, र तिनीहरूलाई शुद्ध पार्नेछु। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु।
24 “‘मेरो दास दाऊद तिनीहरूमाथि राजा हुनेछ, र तिनीहरूको एउटै गोठालो हुनेछ। तिनीहरूले मेरा नियमहरू पालन गर्नेछन्, र तिनीहरूले मेरा विधिहरू पालन गर्नलाई वास्‍ता गर्नेछन्‌।
25 मैले मेरो दास याकूबलाई दिएको देशमा तिनीहरू बस्नेछन्, र जहाँ तिनीहरूका पिता-पुर्खाहरू बसेका थिए। तिनीहरू र तिनीहरूका सन्‍तान-दरसन्‍तानहरू सदासर्वदा त्‍यहाँ बस्नेछन्, र मेरो दास दाऊद सदासर्वदाको निम्‍ति तिनीहरूको राजकुमार हुनेछ।
26 म तिनीहरूसित शान्‍तिको करार बाँध्‍नेछु, र त्‍यो सदासर्वदाको निम्‍ति हुनेछ। म तिनीहरूलाई स्‍थापित गर्नेछु, र म तिनीहरूको संख्‍या बढ़ाउनेछु, तिनीहरूका बीचमा सदासर्वदाको निम्‍ति म र मेरो पवित्रस्‍थान राख्‍नेछु।
27 मेरो वासस्‍थान तिनीहरूसँगै हुनेछ। म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्‌।
28 तब जाति-जातिहरूले यो जान्‍नेछन्, कि म परमप्रभुले नै इस्राएललाई पवित्र बनाउँछु, जब मेरो वासस्‍थान तिनीहरूका बीचमा सदासर्वदा रहिरहन्‍छ’।”

प्रकाश 13 : 1 – 18
1 समुद्रबाट एउटा पशु निस्‍किआएको मैले देखें, जसका दश वटा सीङ र सात वटा शिर थिए। त्‍यसका सीङमा दश वटा मुकुट थिए, र त्‍यसका शिरमा ईश्‍वर-निन्‍दाको नाउँ थिए।
2 मैले देखेको त्‍यो पशु चितुवाजस्‍तै थियो, त्‍यसका खुट्टाहरू भालूका जस्‍ता थिए, र त्‍यसको मुख सिंहको जस्‍तो थियो। त्‍यस अजिङ्गरले त्‍यस पशुलाई आफ्‍नो शक्ति, आफ्‍नो सिंहासन र ठूलो अधिकार दियो।
3 त्‍यसको एउटा शिरमा चाहिँ घातक चोट लागेको जस्‍तो देखिन्‍थ्‍यो, तर त्‍यसको चोट निको भयो। अनि सारा पृथ्‍वी छक्‍क परेर त्‍यस पशुको पछिपछि लाग्‍यो।
4 मानिसहरूले अजिङ्गरको पूजा गर्दथे, किनकि त्‍यसले आफ्‍नो अधिकार पशुलाई दिएको थियो। तिनीहरूले यसो भन्‍दै पशुको पूजा गरे, “यो पशुजस्‍तो अरू को छ? यसको विरुद्धमा को लड्‌न सक्‍ने?”
5 त्‍यसलाई अहङ्कारी र ईश्‍वर-निन्‍दक शब्‍दहरू उच्‍चारण गर्ने मुख दिइयो। त्‍यसलाई बयालीस महिनासम्‍म अधिकार चलाउने अनुमति दिइयो।
6 परमेश्‍वरको विरुद्धमा निन्‍दा गर्न, उहाँको नाउँ र उहाँको वासस्‍थान, र स्‍वर्गमा बस्‍नेहरूसमेत सबैको निन्‍दा गर्नलाई त्‍यसले आफ्‍नो मुख खोल्‍यो।
7 अनि त्‍यसलाई सन्‍तहरूसँग लड़ाइँ गर्न र तिनीहरूलाई जित्‍न अनुमति दिइयो। सबै कुलहरू, मानिसहरू, भाषाहरू र जातिहरूमाथि त्‍यसलाई अधिकार दिइयो।
8 र पृथ्‍वीमा वास गर्ने सबैले त्‍यस पशुको पूजा गर्नेछन्, अर्थात्‌ तिनीहरूले, जसको नाउँ संसारको सृष्‍टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्‍तकमा लेखिएको छैन।
9 जसको कान छ त्‍यसले सुनोस्‌—
10 कैदमा जानुपर्ने कैदमा नै जानेछ, तरवारले मारिनेचाहिँ तरवारले नै मारिनेछ। सन्‍तहरूको सहनशीलता र विश्‍वास यसैमा छ।
11 अनि पृथ्‍वीबाट निस्‍किरहेको अर्को एउटा पशु मैले देखें। त्‍यसको पनि थुमाका जस्‍तै दुई वटा सीङ थिए, र अजिङ्गरजस्‍तै त्‍यो बोल्‍दथ्‍यो।
12 त्‍यसले पहिलो पशुको उपस्‍थितिमा त्‍यही पशुको सारा अधिकार चलाउँदथ्‍यो, र पृथ्‍वी र त्‍यसका सम्‍पूर्ण बासिन्‍दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्‍यो, जसको घातक चोट निको भएको थियो।
13 मानिसका आँखाको अगि आकाशबाट पृथ्‍वीमा आगो झार्नेजस्‍ता ठूला-ठूला चिन्‍हहरू पनि त्‍यसले गर्‍यो।
14 पहिलो पशुको उपस्‍थितिमा जुन चमत्‍कार देखाउने शक्ति त्‍यसलाई दिइएको थियो, त्‍यहीद्वारा त्‍यसले पृथ्‍वीका बासिन्‍दाहरूलाई बहकायो। तरवारको चोट खाएर पनि जीवित भएको त्‍यस पहिलो पशुको सम्‍मानमा एउटा मूर्ति बनाउने हुकुम त्‍यसले तिनीहरूलाई दियो।
15 त्‍यस पहिलो पशुको मूर्तिमा सास हालिदिने अनुमति त्‍यसलाई दिइयो, यस हेतुले कि पशुको त्‍यो मूर्ति बोल्‍न सकोस्, र त्‍यस पशुको मूर्तिलाई नपुज्‍नेहरू मारिऊन्‌।
16 अनि त्‍यसले साना र ठूला, धनी र गरीब, फुक्‍का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो।
17 त्‍यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्‍यो छापचाहिँ त्‍यस पशुको नाउँ वा त्‍यसका नाउँको संख्‍या हो।
18 बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्‍यसले त्‍यस पशुको संख्‍या जोडोस्, किनकि त्‍यो कुनै मानिसको संख्‍या हो, र यो संख्‍याचाहिँ छ सय छयसट्ठी हो।

उत्‍पत्ति 2 : 7
7 तब परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए।

यर्मिया 1 : 5
5 “मैले तँलाई गर्भमा रच्‍नभन्‍दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्‍मनभन्‍दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्‍ति एक अगमवक्ता नियुक्त गरें।”

मत्ती 24 : 24
24 किनकि झूटा ख्रीष्‍टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र हुन सके चुनिएकाहरूलाई पनि भड्‌काउनलाई ठूला-ठूला चिन्‍हहरू र आश्‍चर्यका कामहरू देखाउनेछन्‌।

मत्ती 6 : 34
34 यसकारण भोलिको निम्‍ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्‍नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्‍ति पर्याप्‍त छ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *