बाइबलले के भन्छ सिलास – बारेमा सबै बाइबल पदहरू सिलास

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सिलास

प्रेरित 15 : 34
34 तर सिलासलाई त्‍यहीँ बस्‍न असल लाग्‍यो।]

प्रेरित 15 : 41
41 मण्‍डलीहरूलाई बलिया गराउँदै तिनले सिरिया र किलिकियाको भ्रमण गरे।

२ कोरिन्थी 1 : 19
19 किनभने सिलास, तिमोथी र मैले तिमीहरूका बीचमा प्रचार गरेका परमेश्‍वरका पुत्र येशू ख्रीष्‍ट “हो” र “होइन” हुनुहुन्‍नथियो। तर उहाँमा सधैँ “हो” मात्र छ।

१ थेसलोनिकी 1 : 1
1 पावल, सिलास र तिमोथीबाट, परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्‍डलीलाई: अनुग्रह र शान्‍ति।

२ थेसलोनिकी 1 : 1
1 पावल, सिलास र तिमोथीबाट, परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्‍डलीलाई:

प्रेरित 16 : 40
40 तिनीहरू झ्‍यालखानबाट बाहिर निस्‍केर लिडियाको घरमा गए, र भाइहरूसँग भेटघाट गरेपछि उनीहरूलाई प्रोत्‍साहन दिई बिदा भए।

प्रेरित 17 : 10
10 भाइहरूले तुरुन्‍तै पावल र सिलासलाई राती नै बेरिया पठाइदिए, अनि जब तिनीहरू त्‍यहाँ पुगे तब तिनी यहूदीहरूको सभाघरभित्र गए।

प्रेरित 17 : 14
14 तब भाइहरूले तुरुन्‍तै पावललाई समुद्रपट्टि पठाइदिए। तर सिलास र तिमोथीचाहिँ त्‍यहीँ नै बसे।

प्रेरित 17 : 15
15 पावललाई पुर्‍याउन जानेहरूले तिनलाई एथेन्‍ससम्‍म ल्‍याए। सिलास र तिमोथीचाहिँ जति सक्‍दो चाँड़ै तिनीकहाँ आउनुपर्छ भन्‍ने आज्ञा पाएर तिनीहरू फर्के।

प्रेरित 18 : 5
5 जब सिलास र तिमोथी माकेडोनियाबाट आइपुगे, पावल वचनको प्रचारमा व्‍यस्‍त थिए, र यहूदीहरूलाई येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भनी तिनले शिक्षा दिँदैथिए।

१ पत्रुस 5 : 12
12 विश्‍वासयोग्‍य भाइ सिलासलाई यो छोटो पत्र लेखाइरहेछु। अर्ती दिँदै म यो घोषणा गरिरहेछु, कि परमेश्‍वरको साँचो अनुग्रह यही हो। यसमा तिमीहरू दृढ भई खड़ा होओ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *