बाँझी महिलाहरु

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बाँझी महिलाहरु

यशैया 54 : 1 – 17
1 “हे बाँझी स्‍त्री, गीत गा! हे सुत्‍केरी पीडामा कहिल्‍यै नपरेकी स्‍त्री, तँ जसले कहिल्‍यै बालक जन्‍माएकी छैनस्, आनन्‍दले करा। किनकि बाँझी स्‍त्रीका सन्‍तान विवाहित स्‍त्रीका भन्‍दा ज्‍यादा हुनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।
2 “तेरो पालको ठाउँ बढ़ा। तेरो पालका पर्दाहरू तन्‍का। तेरा डोरीहरू लामो पार्, र तेरा कीलाहरू बलियो गर्‌।
3 किनकि तँ बढ़ेर दाहिने र देब्रेतिर फैलिनेछस्, र तेरा सन्‍तानले जाति-जातिहरूलाई उनीहरू बसेको ठाउँबाट निकाल्‍नेछन्, र उनीहरूका निर्जन सहरहरूमा ती बसोबास गर्नेछन्‌।
4 “नडरा, तँ शर्ममा पर्नेछैनस्‌। अनादरको भय नमान्, तँ होच्‍याइनेछैनस्‌। तैंले आफ्‍नो जवानीपनको लाजलाई भुल्‍नेछस्‌ र तेरो विधवापनको निन्‍दा तैंले फेरि कहिल्‍यै सम्‍झनेछैनस्‌।
5 किनकि तेरा सृष्‍टिकर्ता तेरा पति हुनुहुन्‍छ— उहाँको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो— इस्राएलका परमपवित्र तेरा उद्धारक हुनुहुन्‍छ। उहाँ सारा पृथ्‍वीका परमेश्‍वर कहलाइनुहुन्‍छ।
6 त्‍यागिएकी र आत्‍मामा दु:खित भएकी, तरुणावस्‍थामा विवाह भएर पछि त्‍यागिएकी पत्‍नीलाई झैँ तेरा परमप्रभुले तँलाई फेरि बोलाउनुहुनेछ,” तेरा परमेश्‍वर भन्‍नुहुन्‍छ।
7 “केही क्षणको निम्‍ति मैले तँलाई त्‍यागेको थिएँ, तर अगाध कृपासित म तँलाई फेरि ल्‍याउनेछु।
8 रीसको झोँकमा क्षणभरको निम्‍ति मैले मेरो मुख तँदेखि लुकाएको थिएँ, तर अनन्‍त प्रेम देखाएर म तँलाई कृपा गर्नेछु,” परमप्रभु तेरा उद्धारक भन्‍नुहुन्‍छ।
9 “यो त मेरो निम्‍ति नोआको पालोका दिनहरूजस्‍तै छ, किनकि जसरी मैले नोआको समयमा शपथ खाएको थिएँ, कि म जलप्रलयको पानीले पृथ्‍वीलाई फेरि डुबाउनेछैनँ, त्‍यसरी नै अबदेखि तँमाथि म रीस गर्नेछैनँ, म तँलाई कहिल्‍यै हप्‍काउनेछैनँ भनी मैले शपथ खाएको छु।
10 पर्वतहरू हल्‍लाइए र डाँड़ाहरू हटाइए तापनि तेरो निम्‍ति मेरो अटूट प्रेम हटाइनेछैन, न त मेरो शान्‍तिको करार भङ्ग हुनेछ,” तँलाई कृपा गर्नुहुने परमप्रभु भन्‍नुहुन्‍छ।
11 “हे दु:खमा परेकी, आँधीबेहरीले पछारिएकी र सान्‍त्‍वना नपाएकी सहर, हेर्, म फिरोजा पत्‍थरले तँलाई बनाउनेछु, नीरले तेरो जग बसाल्‍नेछु।
12 मानिकले तेरो सुरक्षा-पर्खाल, र चम्‍कने रत्‍नहरूले तेरा मूल ढोका र बहुमूल्‍य रत्‍नहरूले तेरा सारा पर्खाल बनाउनेछु।
13 तेरा सबै छोराहरू परमप्रभुबाट सिकाइनेछन्, र तेरा छोराछोरीहरूलाई ठूलो शान्‍ति मिल्‍नेछ।
14 धार्मिकतामा तँ स्‍थापित हुनेछस्‌। अत्‍याचारबाट तँ टाढ़ा रहनेछस्, तँलाई कसैको डर हुनेछैन। त्रासदेखि तँ टाढ़ा रहनेछस्, त्‍यो तेरो नजिक आउनेछैन।
15 कसैले तँलाई आक्रमण गरे तापनि त्‍यो मबाट हुनेछैन। जसले तँलाई आक्रमण गर्छ, त्‍यसले आफूलाई तँकहाँ नै समर्पण गर्नेछ।
16 “हेर, आगोको भुङ्‌ग्रो फुक्‍ने, र आफ्‍नो कामको निम्‍ति हतियार तयार गर्ने लोहारलाई मैले सृष्‍टि गरें। र उत्‍पात गरेर नष्‍ट गर्नेलाई पनि मैले नै सृष्‍टि गरेको हुँ।
17 तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियारले पनि तँलाई जित्‍न सक्‍नेछैन, र तँलाई दोषी ठहराउने हरेक जिब्रोलाई तैंले नै दोषी ठहराउनेछस्‌। योचाहिँ परमप्रभुका दासहरूको पैतृकसम्‍पत्तिको हक हो, र मबाट तिनीहरूको दोषरहितको प्रमाण यही हो,” परमप्रभु घोषणा गर्नुहुन्‍छ।

भजनसंग्रह 113 : 9
9 बाँझी स्‍त्रीलाई छोराछोरीका सुखी आमाको रूपमा स्‍थिर गरिदिनुहुन्‍छ। परमप्रभुको प्रशंसा गर।

भजनसंग्रह 128 : 3 – 6
3 तिम्री पत्‍नी तिम्रो घरभित्र फलवन्‍त दाखको लताजस्‍तै, अनि तिम्रा छोरा-छोरीहरू तिम्रो टेबिलको वरिपरि जैतूनका मुनाहरूजस्‍तै हुनेछन्‌।
4 यसरी परमेश्‍वरको भय मान्‍ने मानिस आशिषित हुनेछ।
5 परमप्रभुले तिम्रो जीवनभर सियोनबाट तिमीलाई आशीर्वाद देऊन्‌। तिमीले यरूशलेमको समृद्धि देख्‍न पाओस्‌,
6 र तिमीले तिम्रा नाति-पनातिलाई देख्‍न पाऊ। इस्राएलमा शान्‍ति आओस्‌।

भजनसंग्रह 127 : 3 – 5
3 छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्‌, छोराछोरीहरू उहाँका इनाम हुन्‌।
4 योद्धाको हातमा भएका काँड़हरूझैँ, युवावस्‍थामा जन्‍मेका छोराहरू हुन्‍छन्‌,
5 त्‍यो मानिस धन्‍यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्‍छ। मूल ढोकामा आफ्‍ना शत्रुहरूको सामना गर्नुपर्दा, तिनीहरू शर्ममा पर्नेछैनन्‌।

उत्‍पत्ति 25 : 21
21 तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्‍नी पत्‍नीको निम्‍ति परमप्रभुसँग प्रार्थना गरे। तब परमप्रभुले उनको प्रार्थना सुन्‍नुभयो, र रिबेका गर्भवती भइन्‌।

लूका 23 : 29
29 किनभने ती दिन आइरहेका छन्, जब मानिसहरूले भन्‍नेछन्, ‘धन्‍य बाँझीहरू र गर्भधारण नगर्ने कोखहरू र दूध नखुवाउने स्‍त्रीहरू।’

उत्‍पत्ति 17 : 15 – 16
15 फेरि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तेरी पत्‍नी साराईलाई चाहिँ अबदेखि साराई नाउँले नबोलाउनू, तर त्‍यसको नाउँ सारा हुनेछ।
16 म त्‍यसलाई आशिष्‌ दिनेछु, र निश्‍चय नै त्‍यसबाट म तँलाई एक जना छोरो दिनेछु। म त्‍यसलाई आशिष्‌ दिनेछु, र त्‍यो धेरै जातिहरूकी आमा हुनेछे। जाति-जातिहरूका राजाहरू त्‍यसबाट उत्‍पन्‍न हुनेछन्‌।”

हिब्रू 11 : 11
11 विश्‍वासैद्वारा साराले पनि आफ्‍नो उमेर ढल्‍किसकेपछि गर्भधारण गर्ने शक्ति प्राप्‍त गरिन्‌। किनभने प्रतिज्ञा गर्नुहुनेलाई तिनले विश्‍वासयोग्‍य ठानेकी थिइन्‌।

उत्‍पत्ति 29 : 31
31 लेआलाई अवहेलना भएको देखेर परमप्रभुले तिनको कोख खोलिदिनुभयो। तर राहेलचाहिँ बाँझी नै रहिन्‌।

उत्‍पत्ति 25 : 21 – 22
21 तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्‍नी पत्‍नीको निम्‍ति परमप्रभुसँग प्रार्थना गरे। तब परमप्रभुले उनको प्रार्थना सुन्‍नुभयो, र रिबेका गर्भवती भइन्‌।
22 गर्भमा भएका बालकहरूले एक-अर्कासँग लड़न्‍त गर्न लागे। “किन मलाई यस्‍तो भयो?” भनी तिनले परमप्रभुसँग सोध्‍न लागिन्‌।

उत्‍पत्ति 30 : 1
1 याकूबबाट आफ्‍नो केही सन्‍तान नभएको देखेर राहेलले आफ्‍नी दिदीसित डाह गर्न लागिन्‌। तिनले याकूबलाई भनिन्, “मलाई पनि सन्‍तान दिनुहोस्, नत्र म मर्नेछु।”

लूका 1 : 7
7 तर तिनीहरूको कोही सन्‍तान थिएन, किनभने एलीशिबा बाँझी थिइन्, र ती दुवैको उमेर ढल्‍किसकेको थियो।

उत्‍पत्ति 21 : 1 – 3
1 आफूले भन्‍नुभएअनुसार सारालाई परमप्रभुले कृपा देखाउनुभयो, र आफ्‍नो प्रतिज्ञाबमोजिम गर्नुभयो।
2 सारा गर्भवती भइन्, र अब्राहामको वृद्धावस्‍थामा, परमेश्‍वरले अब्राहामलाई भन्‍नुभएको समयमा तिनले एक जना छोरा जन्‍माइन्‌।
3 साराले तिनीबाट जन्‍माएको आफ्‍नो छोराको नाउँ अब्राहामले इसहाक राखे।

यर्मिया 1 : 5
5 “मैले तँलाई गर्भमा रच्‍नभन्‍दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्‍मनभन्‍दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्‍ति एक अगमवक्ता नियुक्त गरें।”

१ शमूएल 1 : 10
10 हन्‍नाहले मनमा ठूलो पीरसहित रोएर परमप्रभुसित प्रार्थना चढ़ाइन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *