बहुविवाह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बहुविवाह

व्यवस्था 17 : 17
17 तिनले आफ्‍नो लागि धेरै पत्‍नीहरू जम्‍मा नगरून्, नत्रता तिनको मन बरालिनेछ। तिनले आफ्‍ना निम्‍ति सुनचाँदीको थुप्रो पनि नलगाऊन्‌।

लेवीहरू 18 : 18
18 “‘तैंले आफ्‍नी पत्‍नीकै जीवनकालमा त्‍यसकी दिदी वा बहिनीलाई सौता ल्‍याएर सहवास नगर्‌।

मलाकी 2 : 15
15 के परमप्रभुले तिनीहरूलाई एउटै बनाउनुभएको होइन र? शरीर र आत्‍मामा तिनीहरू उहाँकै हुन्‌। अनि तिनीहरू किन एउटै हुन्‌? किनभने उहाँले ईश्‍वरीय सन्‍तान खोज्‍दैहुनुहुन्‍थ्‍यो। यसैले तिमीहरू आफ्‍नो आत्‍माको रक्षा गर, र आफ्‍नो जवानीपनकी पत्‍नीसँगको विश्‍वास भङ्ग नगर।

मत्ती 19 : 5
5 र भन्‍नुभयो, ‘यसैकारण मानिसले आफ्‍ना बुबा र आमालाई छोड़ेर आफ्‍नी पत्नीसँग मिलिरहन्‍छ, र ती दुई जना एउटै शरीर हुनेछन्‌।’

मर्कूस 10 : 8
8 र ती दुई जना एउटै शरीर हुनेछन्‌।’ तिनीहरू फेरि दुई होइनन्, तर एउटै शरीर हुन्‍छन्‌।

१ तिमोथी 3 : 2
2 यसकारण बिशपचाहिँ कसैले दोष लगाउन नसक्‍ने, एउटै पत्‍नीका पति, संयमी, समझदार, सम्‍मानित, अतिथिसत्‍कार गर्ने, सुयोग्‍य शिक्षक होऊन्,

१ तिमोथी 3 : 12
12 डिकन एउटै पत्‍नीका पति होऊन्‌। आफ्‍ना छोरा-छोरीहरू र आफ्‍नो घरको प्रबन्‍ध राम्ररी मिलाउन सक्‍ने होऊन्‌।

तीतस 1 : 6
6 एल्‍डर एउटै स्‍त्रीको पति र दोषरहित र यस्‍तो व्‍यक्ति होस्, जसका छोरा-छोरीहरू विश्‍वासी होऊन्, र चरित्रहीन र अनाज्ञाकारी नहोऊन्‌।

२ शमूएल 12 : 8
8 मैले तँलाई तेरा मालिकको घर र त्‍यसका पत्‍नीहरू तेरै हुनलाई दिएँ। मैले तँलाई इस्राएल र यहूदाका घरानाहरू दिएँ। अनि यतिले नपुगेको भए म तँलाई अरू धेरै दिनेथिएँ।

प्रस्‍थान 21 : 10
10 त्‍यसले अर्की पत्‍नी ल्‍यायो भने, पहिलीलाई खानेकुरा र लुगाफाटा दिन र दाम्‍पत्‍य कर्तव्‍य पूरा गर्न त्‍यसले नछोड़ोस्‌।

१ शमूएल 1 : 2
2 हन्‍नाह र पनिन्‍नाह नाउँका तिनका दुई पत्‍नी थिए। पनिन्‍नाहका छोराछोरीहरू थिए, तर हन्‍नाह निस्‍सन्‍तान थिइन्‌।

२ इतिहास 24 : 3
3 यहोयादाले तिनको निम्‍ति दुई वटा पत्‍नीहरू चुने, अनि तिनका छोराछोरीहरू भए।

अय्‍यूब 27 : 15
15 बाँचेकाहरू रूढ़ीले मरेर चिहानमा लगिनेछन्‌ अनि तिनीहरूका विधवा तिनीहरूका निम्‍ति रुनेछैन।

उत्‍पत्ति 4 : 19
19 लेमेखले दुई जना पत्‍नी ल्‍याए। एउटीको नाउँ आदा र अर्कीको सिल्‍ला थियो।

उत्‍पत्ति 26 : 34
34 एसावले चालीस वर्षको उमेरमा हित्ती बेरीकी छोरी यहूदीत र हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्‍याए।

उत्‍पत्ति 28 : 9
9 तब एसाव इश्‍माएलकहाँ गए, र उनका आफ्‍ना पत्‍नीहरूबाहेक अब्राहामका छोरा इश्‍माएलकी छोरी र नबायोतकी बहिनी महलतलाई आफ्‍नी पत्‍नी तुल्‍याएर ल्‍याए।

उत्‍पत्ति 29 : 30
30 तिनले लेआलाई भन्‍दा राहेललाई बढ़ी प्रेम गर्थे, र अर्को सात साल याकूबले लाबानको सेवा गरे।

१ इतिहास 4 : 5
5 तकोका पिता अश्‍शूरका दुई पत्‍नीहरू थिए, हेलह र नारा।

न्यायकर्ताहरू 8 : 30
30 तिनका सत्तरी जना छोराहरू थिए, किनभने तिनका धेरै पत्‍नीहरू थिए।

१ शमूएल 1 : 2
2 हन्‍नाह र पनिन्‍नाह नाउँका तिनका दुई पत्‍नी थिए। पनिन्‍नाहका छोराछोरीहरू थिए, तर हन्‍नाह निस्‍सन्‍तान थिइन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *