यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बहिरोपन
लेवीहरू 19 : 14
14 “‘बहिरालाई नसराप। अन्धाको अगाड़ि ठोकर लाग्ने कुरो नराख, तर आफ्ना परमेश्वरको भय मान। म परमप्रभु हुँ।
प्रस्थान 4 : 11
11 परमप्रभुले तिनलाई भन्नुभयो, “मानिसको मुख कसले बनायो? मानिसलाई लाटो वा बहिरो कि देख्ने वा अन्धो कसले बनाउँछ? के म परमप्रभुले नै होइन र?
मत्ती 11 : 5
5 अन्धाहरूले दृष्टि पाउँछन्, र लङ्गड़ाहरू हिँड्दछन्। कुष्ठरोगीहरू शुद्ध पारिएका छन्। बहिराहरू सुन्न सक्ने भएका छन्। मरेकाहरू जीवित भई उठेका छन्, र दरिद्रहरूलाई सुसमाचार प्रचार गरिँदैछ।
मर्कूस 7 : 32
32 त्यहाँ मानिसहरूले एक जना बहिरो र गूँगो मानिसलाई उहाँकहाँ ल्याए, र त्यसमाथि हात राखिदिनोस् भनी उहाँलाई बिन्ती गरे।
मर्कूस 9 : 25
25 तब भीड एकसाथ दगुरी आएको देखेर उहाँले त्यस अशुद्ध आत्मालाई यसो भनेर हप्काउनुभयो, “ए गूँगो र बहिरो आत्मा, म तँलाई हुकुम गर्दछु, त्यसबाट निस्केर आइज, र फेरि कहिल्यै त्यसभित्र नपस्।”
यशैया 6 : 10
10 यी मानिसहरूका हृदय कठोर, र तिनीहरूका कान नसुन्ने पार, र तिनीहरूका आँखा बन्द गरिदेऊ, नत्रता तिनीहरूले आफ्ना आँखाले देख्लान्, र आफ्ना कानले सुन्लान्, र तिनीहरूका हृदयले बुझ्लान्, र फेरि फर्केर तिनीहरू निको होलान्।”
यशैया 29 : 18
18 त्यो दिन बहिराले पुस्तकको मुट्ठामा लेखिएका वचन सुन्नेछ, र घोर अँध्यारोबाट अन्धाको आँखाले देख्नेछ।
यशैया 35 : 5
5 तब अन्धाहरूका आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन्।
इजकिएल 12 : 2
2 “हे मानिसको छोरो, तँ एउटा बागी घरानाको बीचमा बस्दैछस्, जसका हेर्ने आँखा त छन् तर देख्दैनन्, जसका सुन्ने कान त छन् तर सुन्दैनन्। किनभने तिनीहरू बागी मानिसहरू हुन्।”
मत्ती 13 : 15
15 किनकि यी मानिसहरूको हृदय बोधो भएको छ, र तिनीहरूका कान बहिरा भएका छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूले आँखाले देख्नेथिए, कानले सुन्नेथिए, हृदयले बुझ्नेथिए, र फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’
यूहन्ना 12 : 40
40 “उहाँले तिनीहरूका आँखा बन्द गरिदिनुभएको छ, र तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ, यसरी तिनीहरूले आँखाले नदेखून्, अनि हृदयले नबुझून्, नत्रता तिनीहरू फर्कनेछन् र मैले तिनीहरूलाई निको पार्नुपर्छ।”
Leave a Reply