यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बहिनीको माया
१ कोरिन्थी 13 : 13
13 अब विश्वास, आशा, प्रेम, यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।
१ कोरिन्थी 13 : 4 – 8
4 प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन।
6 प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ।
8 प्रेमको कहिल्यै अन्त्य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टलिजानेछ।
हितोपदेश 15 : 1 – 33
1 नम्र जवाफले क्रोधलाई शान्त पार्छ, तर कठोर वचनले रीस उठाउँछ।
2 बुद्धिमान्को जिब्रोले ज्ञानको तारीफ गर्छ, तर मूर्खको मुखले मूर्खताकै ओइरो लाउँछ।
3 परमप्रभुको नजर सर्वत्र रहन्छ, दुष्ट र असल दुवैमाथि उहाँ नजर राख्नुहुन्छ।
4 निको पार्ने जिब्रो जीवनको रूख हो, तर छली जिब्रोले आत्मालाई आघात पुर्याउँछ।
5 मूर्खले आफ्नो बुबाको अनुशासनलाई लत्याउँछ, तर सुधारलाई ध्यान दिनेले बुद्धिमानी देखाउँछ।
6 धर्मी मानिसको घरमा प्रशस्त धन हुन्छ, तर दुष्ट मानिसको कमाइले दु:ख ल्याउँछ।
7 बुद्धिमान्का ओठले ज्ञान फैलाउँछन्, मूर्खहरूको हृदय भने त्यस्तो हुँदैन।
8 दुष्ट मानिसको बलिदान परमप्रभुको दृष्टिमा घृणित हुन्छ, तर ईमानसँग चल्नेको प्रार्थनादेखि उहाँ प्रसन्न हुनुहुन्छ।
9 दुष्ट मानिसको मार्ग परमप्रभुको दृष्टिमा घृणित हुन्छ, तर धार्मिकताको पछि लाग्नेहरूलाई उहाँ प्रेम गर्नुहुन्छ।
10 आफ्नो मार्ग त्याग्नेले कठोर ताड़ना भोग्नुपर्छ, जसले सुधारलाई घृणा गर्छ त्यो मर्नेछ।
11 मृत्यु र विनाश परमप्रभुको सामुन्ने खुलस्त छन् भने, मानिसको हृदय झन् कत्ति खुलस्त होला।
12 खिल्ली उड़ाउनेले सुधारलाई निको मान्दैन, त्यसले बुद्धिमान्को सल्लाह लिँदैन।
13 आनन्दित हृदयले अनुहार प्रसन्न पार्छ, तर हृदयको पीरले आत्मालाई आघात पुर्याउँछ।
14 विवेकशील हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खको मुखले मूर्खता नै रुचाउँछ।
15 थिचोमिचोमा परेकाहरूका अवहेलित जीवन दिनहुँ दु:खको हुन्छ, तर आनन्दित हृदय सधैँ सुखी हुन्छ।
16 होहल्लाको साथ प्रशस्तै धन हुनुभन्दा थोरै धनसित परमप्रभुको भय राख्नु उत्तम हो।
17 द्वेषले भरिएको ठाउँमा मोटो बाछो खानुभन्दा प्रेम भएको ठाउँमा सागपातसँग भोजन गर्नु उत्तम हो।
18 गरम मिजासको मानिसले कलह मच्चाउँछ, तर धैर्यवान् मानिसले झैँझगड़ा शान्त गराउँछ।
19 अल्छेको बाटो काँढ़ैकाँढ़ाले छेकेको हुन्छ, तर ईमानदारको मार्गचाहिँ मूलबाटो हो।
20 बुद्धिमानी छोराले बुबालाई हर्षित तुल्याउँछ, तर मूर्ख मानिसले आफ्नी आमालाई तुच्छ ठान्छ।
21 समझ नभएको मानिस मूर्खतामा प्रसन्न रहन्छ, तर समझशक्ति भएको मानिस सीधै आफ्नो लक्ष्यतिर बढ्छ।
22 परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्छन्।
23 उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ, र ठीक समयमा बोलेको वचन कति असल हुन्छ।
24 जीवनको मार्गले बुद्धिमान्लाई उँभोतिर डोर्याउँछ, त्यसले उसलाई उँधो पातालतिर जानदेखि जोगाउँछ।
25 परमप्रभुले अहङ्कारी मानिसको घर भत्काइदिनुहुन्छ, तर विधवाको साँधसिमाना उहाँले अखण्ड राख्नुहुन्छ।
26 परमप्रभुले दुष्टका विचारहरूलाई घृणा गर्नुहुन्छ, तर शुद्ध मानिसका विचारहरूमा उहाँ प्रसन्न हुनुहुन्छ।
27 लोभी मानिसले आफ्नो परिवारमा सङ्कष्ट ल्याउँछ, तर जसले घूसलाई घृणा गर्छ त्यो जिउनेछ।
28 धर्मीको हृदयले जवाफ दिन अघि त्यसलाई जोख्दछ, तर दुष्टको मुखले खराबी बकवाद गर्दछ।
29 परमप्रभु दुष्टदेखि टाढ़ै रहनुहुन्छ, तर उहाँले धर्मीको प्रार्थना सुन्नुहुन्छ।
30 हँसिलो चेहराले हृदयलाई हर्षित तुल्याउँछ, र शुभ-समाचारले हड्डीलाई स्वस्थ पार्छ।
31 जसले जीवन दिने हप्की सुन्छ, त्यसले बुद्धिमान्हरूका माझमा सङ्गत पाउँछ।
32 अनुशासनलाई बेवास्ता गर्नेले आफैलाई घृणा गर्छ, तर सुधारलाई ध्यान दिनेले समझशक्ति प्राप्त गर्छ।
33 परमप्रभुको भयले मानिसलाई बुद्धि सिकाउँछ, र आदर पाउन अघि नम्रता आउँछ।
मत्ती 5 : 44
44 तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर,
यूहन्ना 15 : 7
7 तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्छा लाग्छ माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ।
गलाती 2 : 20
20 म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो।
यूहन्ना 15 : 9 – 17
9 “पिताले जसरी मलाई प्रेम गर्नुभएको छ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। तिमीहरू मेरो प्रेममा रहो।
10 यदि मेरा आज्ञाहरू पालन गर्यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्छु।
11 मैले यी कुरा तिमीहरूलाई यसैकारण भनेको छु, कि मेरो आनन्द तिमीहरूमा होस्, र तिमीहरूको आनन्द भरिपूर्ण होस्।
12 “मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्यसरी नै प्रेम गर।
13 आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन।
14 म तिमीहरूलाई जे आज्ञा गर्दछु, ती तिमीहरूले गर्यौ भने, तिमीहरू मेरा मित्र हौ।
15 अबदेखि म तिमीहरूलाई नोकर भन्दिनँ, किनकि त्यसका मालिकले के गर्दछ नोकरले जान्दैन। तर मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने जे मैले मेरा पिताबाट सुनें, मैले ती सबै तिमीहरूलाई जनाइदिएको छु।
16 मलाई तिमीहरूले चुनेनौ, तर मैले तिमीहरूलाई चुनें र तिमीहरूलाई नियुक्त गरें, कि तिमीहरू जाओ, र फल फलाओ, अनि तिमीहरूको फल रहिरहोस्। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला, उहाँले तिमीहरूलाई सो दिनुहुनेछ।
17 म तिमीहरूलाई यो आज्ञा दिँदछु, कि तिमीहरूले एक-अर्कालाई प्रेम गर।
१ कोरिन्थी 13 : 1 – 13
1 मैले मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्ला मचाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु।
2 मसँग अगमवाणी बोल्ने शक्ति होला, र सबै रहस्य र सबै ज्ञानहरू बुझ्न सकूँला, र पहाड़हरू हटाउन सक्नेसम्मको सम्पूर्ण विश्वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।
3 यदि मैले सारा सम्पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
4 प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन।
6 प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ।
8 प्रेमको कहिल्यै अन्त्य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टलिजानेछ।
9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।
10 तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।
11 जब म बालक थिएँ तब बालकजस्तै बोल्थें, बालकले जस्तो विचार गर्थें, बालकले जस्तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
12 अहिले हामी ऐनामा जस्तै धमिलोसँग देख्छौं, तर त्यस बेलाचाहिँ छर्लङ्ग देख्नेछौं। अहिले म थोरै मात्र बुझ्दछु, त्यस बेलाचाहिँ पूरै बुझ्नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।
13 अब विश्वास, आशा, प्रेम, यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।
Leave a Reply