यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बहाना
उत्पत्ति 3 : 13
13 अनि परमप्रभु परमेश्वरले स्त्रीलाई भन्नुभयो, “तैंले यो के गरिस्?” स्त्रीले भनिन्, “सर्पले मलाई छल गर्यो, र मैले त्यो खाएँ।”
प्रस्थान 4 : 1
1 मोशाले भने, “यदि तिनीहरूले मलाई पत्याएनन् र मेरा कुरा नसुनी ‘परमप्रभु तिमीकहाँ देखा पर्नुभएको होइन’ भनेर जवाफ दिए भने, के गर्ने?”
प्रस्थान 4 : 14
14 तब परमप्रभुको क्रोध मोशामाथि उठ्यो, र उहाँले भन्नुभयो, “के लेवी हारून तेरो दाजु छैन र? मलाई थाहा छ कि त्यो राम्ररी बोल्न सक्छ। त्यो तँलाई भेट्न आउँदैछ, र तँलाई देखेर त्यो खुशी हुनेछ।
प्रस्थान 32 : 24
24 तब मैले तिनीहरूलाई भनें, ‘जस-जसकहाँ सुनका गहनाहरू छन्, ती फुकालेर ल्याओ’। अनि तिनीहरूले मलाई सुन दिए। मैले आगोमा हालिदिएँ, र यो बाछो निस्क्यो।”
व्यवस्था 30 : 14
14 तर तिमीहरूले पालन गर्नलाई वचन तिमीहरूको नजिकै छ— तिमीहरूकै मुख र तिमीहरूकै हृदयमा छ।
न्यायकर्ताहरू 6 : 17
17 तिनले भने, “यदि म तपाईंको निगाह-पात्र भएको छु भने, तपाईं नै मसँग बोल्नुभएको हो भन्ने मलाई एउटा चिन्ह दिनुहोस्।
१ राजाहरू 19 : 21
21 तब एलीशाले एलियालाई छोड़ेर गए। तिनले आफ्नो एक हल गोरु लिएर मारे। तिनले हलोका काठहरू जलाएर मासु पकाए र मानिसहरूलाई दिए, र तिनीहरूले खाए। त्यसपछि तिनी एलियाको पछि लागे, र तिनका चाकर भए।
२ राजाहरू 5 : 14
14 यसैले उनी तल ओर्ले र परमेश्वरका जनले भनेबमोजिम यर्दन नदीमा सात पल्ट स्वयम् डुबुल्की मारे, र उनको मासु ज्यूँका त्यूँ भयो, जवान केटाको जस्तै भयो।
यर्मिया 1 : 1
1 बेन्यामीनको इलाकाको अनातोतमा बस्ने पूजाहारीहरूमध्ये एक जना, हिल्कियाहका छोरा यर्मियाका वचन यी हुन्।
यर्मिया 1 : 10
10 हेर्, उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्न म आज तँलाई जाति-जातिहरू र राज्य-राज्यहरूमाथि नियुक्त गर्दछु।”
मत्ती 8 : 21
21 उहाँका चेलाहरूमध्ये अर्को एक जनाले भन्यो, “प्रभु, पहिले गएर मलाई मेरा बाबुलाई गाड्ने अनुमति दिनुहोस्।”
लूका 9 : 62
62 तर येशूले त्यसलाई भन्नुभयो, “आफ्नो हात हलोमा लगाएर पछिल्तिर हेर्ने कोही पनि परमेश्वरका राज्यको योग्यको हुँदैन।”
लूका 14 : 20
20 “अर्कोले भन्यो, ‘मैले विवाह गरेको छु। यसकारण म आउन सक्दिनँ।’
प्रेरित 24 : 25
25 पावलले धार्मिकता, संयम र भावी इन्साफको विषयमा बहस गर्दा फेलिक्स आत्तिए, र यसो भने, “अहिलेलाई जाऊ, मौका परेको बेलामा म तिमीलाई बोलाउँला।”
रोमी 1 : 20
20 उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।
रोमी 2 : 1
1 यसकारण अर्कालाई दोष लाउने ए मानिस, तिमी जोसुकै भए तापनि, केही बहाना छैन, किनकि जेमा तिमी अर्कालाई दोष लगाउँछौ, त्यसैमा आफै पनि दोषी ठहरिनेछौ, किनभने तिमी दोष लाउनेले पनि त्यही काम गर्छौ।
Leave a Reply