यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बल्वार्क
व्यवस्था 20 : 20
20 तर फल दिने रूख होइन रहेछ भनेर थाहा पाएपछि मात्र तिमीहरूले ती रूख ढाल्न सक्छौ। तिमीहरूसित युद्ध गर्ने सहर परास्त नभएसम्म घेरा हाल्ने काममा ती प्रयोग गर्न सक्छौ।
२ इतिहास 26 : 15
15 धरहरा र बुर्जाहरूमा प्रयोग गर्न कारीगरहरूले बनाएका काँड़हरू र ठूला-ठूला ढुङ्गा हान्ने यन्त्रहरू यरूशलेममा तिनले तयार पारे। तिनलाई यस्तो आश्चर्यको सामान मिलेको कारण तिनको ख्याति चारैतिर फैलिएको थियो। यसले गर्दा तिनी ज्यादै शक्तिशाली भए।
उपदेशक 9 : 14
14 एक पल्ट थोरै बासिन्दा भएको एउटा सानो सहर थियो। त्यसलाई शक्तिशाली राजाले आक्रमण गरे। तिनले त्यसलाई घेरेर त्यसको चारैतिर घेरा-मचान बनाए।
भजनसंग्रह 48 : 13
13 त्यसका पर्खालहरूलाई ध्यानसाथ हेर, त्यसका किल्लाहरू राम्ररी हेर, र तिमीले पछि आउने पुस्तालाई बताउन सक।
यशैया 26 : 1
1 त्यस दिन यहूदाको देशमा यो गीत गाइनेछ: हाम्रो एउटा बलियो सहर छ। परमेश्वरले त्यसका भित्ता र पर्खाललाई उद्धार बनाउनुहुन्छ।
Leave a Reply