बलिदान

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बलिदान

रोमी 12 : 1 – 2
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

रोमी 5 : 8
8 तर परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ, कि हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो।

हिब्रू 13 : 16
16 भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्‍तै बलिहरूमा परमेश्‍वर प्रसन्‍न हुनुहुन्‍छ।

उत्‍पत्ति 22 : 2
2 उहाँले भन्‍नुभयो, “तेरो छोरो, अर्थात्‌ तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँड़ामा त्‍यसलाई होमबलि गर्‌।”

होशे 6 : 6
6 किनभने म बलिदान होइन, दया चाहन्‍छु, र होमबलिभन्‍दा परमेश्‍वरको मान्‍यता अझ बढ़ी चाहन्‍छु।

हितोपदेश 21 : 3
3 जे ठीक र न्‍यायसङ्गत छ त्‍यही गर्नु परमप्रभुलाई बलिदान चढ़ाउनुभन्‍दा बढ़ी ग्रहणयोग्‍य हुन्‍छ।

प्रस्‍थान 13 : 2
2 “इस्राएलीहरूमध्‍येका मानिस र पशुका गर्भका प्रथम फल, अर्थात्‌ पहिले जन्‍मेका सबै नरहरूलाई मेरो निम्‍ति अर्पण गर्‌। ती मेरा हुन्‌।”

यूहन्‍ना 3 : 16
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

भजनसंग्रह 40 : 6
6 बलिदान र भेटी तपाईंले चाहनुभएन, तर मेरा कानहरू तपाईंले खोलिदिनुभएको छ। होमबलि र पापबलिको माग तपाईंले गर्नुभएन।

उत्‍पत्ति 8 : 20 – 21
20 अनि नोआले परमप्रभुको निम्‍ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पक्षी मध्‍येबाट लिई होमबलि चढ़ाए।
21 त्‍यसको मीठो बास्‍ना लिनुभएपछि परमप्रभुले आफ्‍नो मनमा भन्‍नुभयो, अब म फेरि कहिल्‍यै मानिसको खातिर पृथ्‍वीलाई सराप दिनेछैनँ, यद्यपि मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्‍छन्‌। अहिले मैले गरेजस्‍तै सबै प्राणीलाई फेरि यसरी सर्वनाश म गर्नेछैनँ।

यूहन्‍ना 15 : 12 – 14
12 “मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्‍यसरी नै प्रेम गर।
13 आफ्‍ना मित्रहरूका लागि आफ्‍नो प्राण अर्पण गरिदिनुभन्‍दा ठूलो प्रेम अरू कसैको हुँदैन।
14 म तिमीहरूलाई जे आज्ञा गर्दछु, ती तिमीहरूले गर्‍यौ भने, तिमीहरू मेरा मित्र हौ।

१ राजाहरू 13 : 2
2 उनले परमप्रभुको वचनद्वारा त्‍यस वेदीको विरुद्धमा कराएर यसो भने, “हे वेदी, वेदी! परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘दाऊदको घरानामा योशियाह नाउँ भएको एक जना छोरो जन्‍मनेछ। त्‍यसले यहाँ बलिदान चढ़ाउने डाँड़ा-डाँड़ाका थानका पूजाहारीहरूलाई तँमाथि नै बलिदान चढ़ाउनेछ, र तँमाथि मानिसका हड्डी जलाइनेछन्‌’।”

रोमी 12 : 1
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।

१ पत्रुस 2 : 4 – 10
4 उहाँकहाँ जाओ, जो जीवित पत्‍थर हुनुहुन्‍छ। मानिसहरूबाट इन्‍कार हुनुभएको, तर परमेश्‍वरको दृष्‍टिमा उहाँ चुनिनुभएको र बहुमूल्‍य हुनुहुन्‍छ।
5 तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको दृष्‍टिमा ग्रहणयोग्‍य आत्‍मिक बलिदान चढ़ाउने पवित्र पूजाहारीगिरीको निम्‍ति जीवित पत्‍थरहरूझैँ आत्‍मिक घर बन्‍दैजाओ।
6 किनभने धर्मशास्‍त्रमा भनिएको छ, “हेर, सियोनमा एउटा छानिएको र बहुमूल्‍य कुने-ढुङ्गो म बसाल्‍छु, र जसले उहाँमाथि विश्‍वास गर्छ त्‍यो शर्ममा पर्नेछैन।”
7 यसकारण तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूका निम्‍ति त उहाँ बहुमूल्‍य हुनुहुन्‍छ, तर विश्‍वास नगर्नेहरूका निम्‍ति चाहिँ, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्‍यो।”
8 र, “एउटा ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्‌न लगाउँछ।” किनकि तिनीहरू वचन उल्‍लङ्घन गर्छन्‌ र लोट्‌छन्‌। तिनीहरूका निम्‍ति यस्‍तै हुन तोकिएको थियो।
9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।
10 एक पल्‍ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्‍वरका प्रजा भएका छौ। एक पल्‍ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ।

१ कोरिन्थी 11 : 23 – 26
23 किनकि प्रभुबाट मैले जे पाएँ, सो तिमीहरूलाई सुम्‍पी पनि दिएँ, अर्थात्‌ जुन रात उहाँ पक्राउ पर्नुभयो, त्‍यो रात प्रभु येशूले रोटी लिनुभयो,
24 र धन्‍यवाद दिनुभएपछि उहाँले त्‍यो भाँच्‍नुभयो, र भन्‍नुभयो, “यो तिमीहरूका निम्‍ति मेरो शरीर हो। यो मेरो सम्‍झनाको निम्‍ति गर।”
25 त्‍यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्‍झनामा यो अक्‍सर गर।”
26 किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्‍छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्‍जेल तिमीहरू प्रभुका मृत्‍युको घोषणा गर्दछौ।

२ पत्रुस 3 : 9
9 आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न, तर कोही पनि नष्‍ट नहोस्, तर सबै जनाले पश्‍चात्ताप गरून्‌ भन्‍ने इच्‍छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान्‌ हुनुहुन्‍छ।

हिब्रू 13 : 15
15 यसकारण परमेश्‍वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्‍तर चढ़ाऔं। यो प्रशंसा उहाँको नाउँ स्‍वीकार गर्ने ओठको फल हो।

भजनसंग्रह 51 : 16 – 17
16 किनकि तपाईं बलिमा प्रसन्‍न हुनुहुन्‍न, नत्रता म बलि चढ़ाउनेथिएँ। होमबलिमा तपाईं खुशी हुनुहुन्‍न।
17 तोडिएको आत्‍मा नै परमेश्‍वरको निम्‍ति बलिदान हो। हे परमेश्‍वर, तोडिएको र पश्‍चात्तापी हृदयलाई तपाईं तिरस्‍कार गर्नुहुन्‍न।

यूहन्‍ना 1 : 29
29 भोलिपल्‍ट उनले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा!

हिब्रू 10 : 1 – 360

1 किनभने व्‍यवस्‍था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो। यसकारण सालिन्‍दै नित्‍य चढ़ाइने त्‍यही किसिमका बलिहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्‍दैन।
2 नत्रता बलि चढ़ाउने काम रोकिनेथिएन र? किनकि आराधकहरू एकै खेपमा शुद्ध पारिने भए तिनीहरूमा त्‍यसपछि पापको चेतना हुनेथिएन।
3 तर ती बलिदानहरूले सालिन्‍दा पापको सम्‍झना गराउँछन्‌।
4 किनकि साँढ़े र बोकाहरूको रगतले पाप हरण गर्न असम्‍भव छ।
5 यसकारण संसारमा आउनुहुँदा ख्रीष्‍टले भन्‍नुभयो, “बलि र भेटीहरू तपाईंले चाहनुभएन, तर तपाईंले मेरो निम्‍ति एउटा शरीर तयार पार्नुभएको छ।
6 होमबलि र पापबलिहरूमा तपाईं प्रसन्‍न हुनुहुन्‍न।
7 तब मैले भने, ‘हेर्नुहोस्, हे परमेश्‍वर, पुस्‍तकको मुट्ठोमा मेरो बारेमा लेखिएजस्‍तै तपाईंकै इच्‍छा पूरा गर्न म आएको छु’।”
8 पहिले उहाँले भन्‍नुभयो, “बलि र भेटीहरू, होमबलि र पापबलिहरू तपाईंले चाहनुभएन। तपाईं तिनीहरूमा प्रसन्‍न हुनुभएन।” (यी त व्‍यवस्‍थाबमोजिम चढ़ाइन्‍छन्‌।)
9 अनि पछिबाट भन्‍नुभयो, “हेर्नुहोस्, तपाईंकै इच्‍छा पूरा गर्न म आएको छु।” दोस्रोलाई स्‍थापित गर्न पहिलोचाहिँ उहाँले खारेज गर्नुहुन्‍छ।
10 त्‍यही इच्‍छाबाट येशू ख्रीष्‍टका शरीरको बलिद्वारा सदाको निम्‍ति हामी पवित्र बनाइएका छौं।
11 हरेक पूजाहारी एकै किसिमको बलि बारम्‍बार चढ़ाउँदै प्रतिदिन सेवामा खड़ा रहन्‍छ, जुन बलिले कहिल्‍यै पाप हरण गर्न सक्‍दैन।
12 तर ख्रीष्‍टले त पापहरूका निम्‍ति सदाको लागि एउटै बलिदान चढ़ाउनुभयो, अनि उहाँ परमेश्‍वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो।
13 र उहाँका शत्रुहरू उहाँको पाउदान नहोउञ्‍जेल उहाँ पर्खिरहनुहुन्‍छ।
14 किनकि एउटै बलिद्वारा जो पवित्र तुल्‍याइँदैछन्, तिनीहरूलाई उहाँले सदाको निम्‍ति सिद्ध बनाउनुभएको छ।
15 पवित्र आत्‍माले पनि हामीलाई गवाही दिनुहुन्‍छ। पहिला उहाँ भन्‍नुहुन्‍छ,
16 “ती दिनपछि तिनीहरूसँग बाँध्‍ने मेरो करार यही हो, परमप्रभु भन्‍नुहुन्‍छ, तिनीहरूका हृदयमा म मेरो व्‍यवस्‍था राखिदिनेछु, र तिनीहरूका मनमा पनि म त्‍यो लेखिदिनेछु।”
17 तब उहाँ भन्‍नुहुन्‍छ, “तिनीहरूका पाप र तिनीहरूका दुष्‍कर्महरू म फेरि सम्‍झनेछैनँ।”
18 अब जहाँ यी सबैको क्षमा हुन्‍छ, त्‍यहाँ अब फेरि पापको निम्‍ति कुनै बलि छैन।
19 यसकारण भाइ हो, येशूको रगतद्वारा महापवित्र स्‍थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्‍छ।
20 हाम्रा निम्‍ति एउटा नयाँ र जीवित मार्ग उहाँले खोलिदिनुभयो, जसको कारण पर्दाद्वारा, अर्थात्‌ उहाँको शरीरद्वारा भएर हामी भित्र पस्‍न सक्‍छौं।
21 परमेश्‍वरको घरानामा हाम्रा एक जना महान्‌ पूजाहारी हुनुभएको हुनाले,
22 हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्‍याइएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्‍वासको सम्‍पूर्ण भरोसामा हामी परमेश्‍वरको समीप जाऔं।
23 हामीले दृढ़ स्‍वीकार गरेको आशालाई दोधार नभईकन दह्रिलोसँग थामिराखौं, किनकि जसले प्रतिज्ञा गर्नुभयो, उहाँ विश्‍वासयोग्‍य हुनुहुन्‍छ।
24 हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्‍ति कसरी उत्‍साहित गराउने त्‍यस कुरामाथि विचार गरौं।
25 कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ।
26 किनकि यदि सत्‍यताको ज्ञान पाएर पनि हामीले जानी-जानी पाप गर्‍यौं भने पापको निम्‍ति अब उसो अरू कुनै बलिदान रहँदैन,
27 तर इन्‍साफको डरलाग्‍दो प्रतीक्षा र विरोधीहरूलाई भस्‍म गर्ने क्रोधको अग्‍नि मात्र रहनेछ।
28 मोशाको व्‍यवस्‍थालाई उल्‍लङ्घन गर्ने मानिस दुई वा तीन साक्षीहरूका गवाहीमा दयाविना मर्नुपर्छ।
29 तिमीहरू आफै विचार गर: परमेश्‍वरका पुत्रलाई खुट्टामुनि कुल्‍चने, आफूलाई पवित्र तुल्‍याएको करारको रगतलाई अपवित्र बनाउने र अनुग्रहका आत्‍मालाई अपमान गर्नेचाहिँ झन्‌ कति बढ़ी कड़ा दण्‍डको योग्‍य ठहरिनेछ।
30 किनकि “प्रतिशोध लिने काम मेरो हो, प्रतिफल म दिनेछु” भन्‍नुहुनेलाई हामी चिन्‍छौं। यसो पनि भनिएको छ, “परमप्रभुले आफ्‍ना मानिसहरूको इन्‍साफ गर्नुहुनेछ।”
31 जीवित परमेश्‍वरको हातमा पर्नु डरलाग्‍दो कुरो हो।
32 ती अघिका दिनहरूलाई सम्‍झ, त्‍यस बेला प्रकाश पाएपछि तिमीहरू कष्‍टहरूसहित कठोर सङ्घर्षमा स्‍थिर रहेका थियौ।
33 कहिले त निन्‍दा र कष्‍टहरूले अरूको तमाशा बनाइएका थियौ भने कहिलेचाहिँ त्‍यस्‍तै अवस्‍थामा परेकाहरूसँगसँगै सहभागी भएका थियौ।
34 कैदीहरूमाथि तिमीहरूले दया देखायौ, आफ्‍नो सम्‍पत्ति लुटिँदा पनि हर्षसाथ सह्यौ, किनकि तिमीहरू जान्‍दथियौ, कि तिमीहरूको आफ्‍नै अझ उत्तम र सदा रहने सम्‍पत्ति छ।
35 त्‍यसकारण आफ्‍नो यो भरोसा नत्‍याग, जसमा ठूलो इनामको प्रतिफल छ।
36 परमेश्‍वरको इच्‍छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्‍त गर्न तिमीहरूलाई स्‍थिर रहनु आवश्‍यक छ।
37 किनकि अब एकै छिनमा, “आउनुहुनेचाहिँ आउनु नै हुनेछ, र बियाँलो गर्नुहुनेछैन।
38 तर मेरो धार्मिक जनचाहिँ विश्‍वासद्वारा बाँच्‍नेछ, र यदि ऊ पछि हट्‌छ भनेता म उसँग खुशी हुनेछैनँ।”
39 तर हामी पछि हट्‌ने र विनाश पारिनेहरूमध्‍येका होइनौं, तर विश्‍वास गरी बचाइएकाहरूमध्‍येका हौं।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *