बलाम गधा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बलाम गधा

गन्ती 22 : 22 – 35
22 तर तिनी गएका हुनाले परमेश्‍वर रिसाउनुभयो, र परमप्रभुका दूतले आएर तिनको बाटो रोकिदिए। तिनी आफ्‍नो गधामा चढ़ेर जाँदैथिए। तिनका दुई जना नोकरहरू पनि तिनीसितै थिए।
23 परमप्रभुका दूतलाई थुतेको तरवार हातमा लिएर बाटोमा उभिरहेका त्‍यस गधाले देख्‍यो, र गधा बाटोदेखि तर्केर खेततिर लाग्‍यो। गधालाई बाटोतिर फर्काउन बालामले पिटे।
24 दुवैतिर पर्खाल लगाइराखेको, दुई वटा दाखबारीका बीचको छेड़ोमा दूत उभिए।
25 परमप्रभुका दूतलाई देखेर गधा पर्खालमा मिचिन पुग्‍यो र बालामको खुट्टा त्‍यसले पर्खालमा चेप्‍ट्याइदियो। तिनले त्‍यसलाई फेरि पिटे।
26 फेरि परमप्रभुका दूत अझै पर गएर दाहिने-देब्रे कतै पनि फर्कन नसक्‍ने साँघुरो ठाउँमा उभिए।
27 गधा परमप्रभुका दूतलाई देखेर थचक्‍क बस्‍यो। तब बालामलाई रीस उठ्यो, र आफ्‍नो लहुरोले गधालाई पिट्‌न लाग्‍यो।
28 तब परमप्रभुले गधाको मुख खोलिदिनुभयो, र त्‍यसले बालामलाई भन्‍यो, “मैले तपाईंलाई के गरेको छु, र तपाईंले मलाई तीन पल्‍ट पिट्‌नुभयो?”
29 बालामले गधालाई भने, “तैंले मलाई मूर्ख तुल्‍याइस्‌। मेरो हातमा तरवार हुँदो हो त म तँलाई अहिले नै मारिहाल्‍नेथिएँ।”
30 गधाले बालामलाई भन्‍यो, “तपाईंले आफ्‍नो जीवनभरि आजको दिनसम्‍म चढ्‌नुभएको तपाईंकै गधा म होइनँ र? मैले कहिल्‍यै तपाईंसित यस्‍तो गरेको थिएँ?” अनि तिनले भने, “अँहँ, गरिनस्‌।”
31 तब परमप्रभुले बालामका आँखा खोलिदिनुभयो, र थुतेको तरवार हातमा लिएर बाटोमा उभिरहेका परमप्रभुको दूतलाई तिनले देखे। अनि शिर निहुराएर तिनी घोप्‍टो परे।
32 तब परमप्रभुका दूतले तिनलाई भने, “तैंले किन आफ्‍नो गधालाई तीन पल्‍ट हिर्काइस्‌? हेर्, म तेरो बाटो छेक्‍न आएको छु, किनभने मेरो सामुन्‍ने तँ आफ्‍नै जिद्दीमा हिँड्‌दैछस्‌।
33 त्‍यस गधाले मलाई देखेर अहिलेसम्‍म तीन पल्‍ट मेरो सामुबाट तर्क्‍यो। मबाट त्‍यो नतर्केको भए अहिलेसम्‍म म तँलाई मारिसक्‍नेथिएँ, तर त्‍यसलाई चाहिँ जीवितै छोड्‌नेथिएँ।”
34 बालामले परमप्रभुका दूतलाई भने, “मैले पाप गरेको छु। मेरो बाटो छेकेर तपाईं खड़ा हुनुभएको मलाई थाहा थिएन। यसकारण तपाईंको नजरमा यो बेठीक छ भने म फेरि फर्किजानेछु।”
35 परमप्रभुका दूतले बालामलाई भने, “यी मानिसहरूसँग जा। तर म जे-जे कुरा भन्‍छु, त्‍यही मात्र तैंले बोल्‌।” यसकारण बालाम बालाकका मुख्‍य व्‍यक्तिहरूका साथमा गए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *