यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बप्तिस्मा र मुक्ति
प्रेरित 2 : 38
38 पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।
गलाती 3 : 27
27 किनकि तिमीहरूमध्ये जतिको ख्रीष्टमा बप्तिस्मा भयो, तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ।
प्रेरित 22 : 16
16 त अब किन पर्खनुहुन्छ? उठ्नुहोस्, र बप्तिस्मा लिनुहोस्, अनि उहाँको नाउँको पुकार गरेर आफ्ना पाप धुनुहोस्।’
१ पत्रुस 3 : 21
21 यही पानी बप्तिस्माको एउटा रूप हो, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला हटाएजस्तो होइन, तर शुद्ध विवेकको निम्ति परमेश्वरतर्फको एउटा प्रतिज्ञा हो। यसले मृतकबाट भएको येशू ख्रीष्टको पुनरुत्थानद्वारा तिमीहरूलाई बचाउँदछ।
रोमी 6 : 4
4 यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं।
यूहन्ना 3 : 5
5 येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन।
प्रेरित 8 : 36
36 अनि उनीहरू बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्तिस्मा हुनदेखि केले रोक्न सक्छ?” [
मर्कूस 16 : 16
16 विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ।
मत्ती 28 : 19
19 यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ,
एफिसी 2 : 8 – 9
8 किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो—
9 कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।
तीतस 3 : 5
5 तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपाअनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो,
रोमी 6 : 3
3 के तिमीहरू जान्दैनौ हामी सबै, जतिले ख्रीष्ट येशूमा बप्तिस्मा लियौं, उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं?
प्रेरित 2 : 41
41 तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए।
मर्कूस 16 : 15 – 16
15 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर।
16 विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ।
कलस्सी 2 : 12
12 बप्तिस्मामा तिमीहरू उहाँसँग गाडिएका थियौ। मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विश्वास राख्नाले यही बप्तिस्मामा तिमीहरू पनि उहाँसँगै जीवित पारियौ।
रोमी 6 : 1 – 23
1 अब हामी के भनौं? के अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापमा लागिरहौं त?
2 त्यसो नहोस्! हामी जो पापको लेखि मर्यौं, त कसरी हामी अझै त्यसैमा जिउनु?
3 के तिमीहरू जान्दैनौ हामी सबै, जतिले ख्रीष्ट येशूमा बप्तिस्मा लियौं, उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं?
4 यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं।
5 यदि उहाँको मृत्युमा हामी उहाँसँग एउटै भएका छौं भने, उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँगै एक हुनेछौं।
6 हामी जान्दछौं कि हाम्रो पुरानो मनुष्यत्व उहाँसँग क्रूसमा टाँगियो, ताकि हाम्रो पापमय शरीर नाश होस्, र अब उसो हामी पापका कमारा नहोऔं।
7 किनभने जो मरेको छ त्यो पापबाट मुक्त भएको छ।
8 तर यदि हामी ख्रीष्टसँग मरेका छौं भनेता उहाँसँग जिउने पनि छौं भन्ने विश्वास गर्दछौं।
9 हामी जान्दछौं कि ख्रीष्ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुनेछैन। अब उसो उहाँमाथि मृत्युको राज्य हुँदैन।
10 जुन मृत्युमा उहाँ मर्नुभयो त्यो पापको लेखि सधैँको लागि एकै पल्ट मर्नुभयो। तर जुन जीवनमा उहाँ जिउनुहुन्छ, त्यो परमेश्वरको निम्ति जिउनुहुन्छ।
11 यसै गरी तिमीहरूले पनि आफू-आफूलाई पापको लेखि मरेका, तर ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठान्नुपर्छ।
12 यसकारण शरीरका अभिलाषाअनुसार चल्नु नपरोस् भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ।
13 आफ्ना शरीरका अङ्गहरू दुष्टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर। तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरूजस्तै आफैलाई परमेश्वरकहाँ दिइहाल, र शरीरका अङ्गहरूलाई धार्मिकताका साधनजस्तै परमेश्वरकहाँ समर्पण गर।
14 किनकि पापले तिमीहरूमाथि राज्य गर्नेछैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ।
15 अब के त? के हामी व्यवस्थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौं भनेर पाप गर्ने त? कदापि होइन।
16 के तिमीहरू जान्दैनौ, आज्ञाकारी कमाराको रूपमा आफैलाई जसकहाँ समर्पण गर्छौ, जसको आज्ञा तिमी पालन गर्छौ, त्यसको कमारा पनि हुन्छौ? कि त मृत्युतिर लाने पापको कमारा अथवा धार्मिकतातिर लाने आज्ञाकारिताको?
17 तर परमेश्वरलाई धन्यवाद होस्, कि तिमीहरू, जो एक पल्ट पापका कमारा थियौ अब जुन शिक्षाको नमूनामा तिमीहरू सुम्पिएका थियौ, त्यो हृदयले पालन गर्ने भएका छौ।
18 तिमीहरू पापबाट मुक्त गराइएर धार्मिकताका कमारा बनेका छौ।
19 तिमीहरूमा रहेको मानवीय कमजोरीको कारणले म तिमीहरूले बुझ्न सकिने भाषामा बोलिरहेको छु। किनकि जसरी तिमीहरूले एक पल्ट आफ्ना अङ्गहरूलाई अशुद्धता र झन्-झन् बढ़ी अपराधका निम्ति समर्पण गर्यौ, अब त्यसरी नै पवित्रकरणको निम्ति आफ्ना अङ्गहरूलाई धार्मिकताको निम्ति समर्पण गर।
20 तिमीहरू पापका कमारा भएको बेलामा चाहिँ धार्मिकताको लेखि स्वतन्त्र थियौ।
21 अब जुन कुराहरूमा तिमीहरू अहिले शर्माउँछौ, सो कुराहरूबाट तिमीहरूले के प्रतिफल पायौ? ती कुराहरूको अन्त्यचाहिँ मृत्यु हो।
22 तर अब तिमीहरू पापबाट मुक्त भई परमेश्वरका कमारा भएका छौ, अनि तिमीहरूले पाउने प्रतिफलचाहिँ पवित्रकरण हो, र त्यसको अन्त्यचाहिँ, अनन्त जीवन।
23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।
प्रेरित 8 : 35 – 38
35 तब फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको यसै खण्डबाट तिनलाई येशूको सुसमाचार सुनाए।
36 अनि उनीहरू बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्तिस्मा हुनदेखि केले रोक्न सक्छ?” [
37 फिलिपले भने, “यदि सारा हृदयले नै विश्वास गर्नुहुन्छ भने तपाईंले बप्तिस्मा लिन सक्नुहुन्छ।” तिनले जवाफ दिए “येशू ख्रीष्ट नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी म विश्वास गर्दछु।”]
38 तिनले रथ रोक्ने आज्ञा दिए, अनि फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले, र उनले तिनलाई बप्तिस्मा दिए।
Leave a Reply