बन्दुक नियन्त्रण

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बन्दुक नियन्त्रण

मत्ती 26 : 52 – 54
52 तब येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार म्‍यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्‍ट हुनेछन्‌।
53 तिमी के ठान्‍दछौ, के म आफ्‍ना पितालाई बिन्‍ती गर्न सक्‍दिनँ, र उहाँले तुरुन्‍तै स्‍वर्गदूतहरूका बाह्र पल्‍टनभन्‍दा बढ़ी मेरो निम्‍ति पठाइदिनुहुन्‍न र?
54 तर त्‍यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्‍त्रमा लेखिएको कुरा कसरी पूरा हुने?”

लूका 22 : 36
36 उहाँले भन्‍नुभयो, “तर अब जसको थैलो छ, त्‍यसले त्‍यो बोकोस्, त्‍यसै गरी झोला पनि बोकोस्‌। र जससँग तरवार छैन, त्‍यसले आफ्‍नो वस्‍त्र बेचेर एउटा तरवार किनोस्‌।

रोमी 12 : 19
19 प्रिय हो, आफैले कहिल्‍यै बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

प्रस्‍थान 22 : 2 – 3
2 “यदि चोर घर फोर्दैगरेको फेला पर्‍यो भने र त्‍यसलाई पिट्‌दा त्‍यो मर्‍यो भने, त्‍यसको हत्‍याको दोष पिट्‌नेलाई लाग्‍नेछैन।
3 तर घाम झुल्‍किसकेको भए, त्‍यो दोषी हुनेछ। चोरले नोक्‍सानी भरिदिनुपर्छ। तर त्‍यससँग केही छैन भने, चोरीको निम्‍ति त्‍यो बेचिओस्‌।”

मत्ती 5 : 38 – 39
38 “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत।’
39 तर म तिमीहरूलाई भन्‍दछु, दुष्‍टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चड्‌काउला, त्‍यसलाई अर्को गाला पनि थापिदेऊ।

लूका 11 : 21 – 22
21 “हतियारले सुसज्‍जित भई बलवान्‌ मानिसले आफ्‍नो घरको रक्षा गर्छ भने, त्‍यसका मालसामानहरू सुरक्षित रहन्‍छन्‌।
22 तर त्‍यसभन्‍दा बलवान्‌ मानिस आएर त्‍यसमाथि आक्रमण गरेर त्‍यसलाई जित्‍यो भने, उसले भर परेका त्‍यसका जम्‍मै हतियारहरू खोसेर लैजान्‍छ, र त्‍यसका मालसामानहरू लुटेर बाँड्‌छ।

उपदेशक 9 : 18
18 युद्धका हातहतियारभन्‍दा बुद्धि असल हो, तर एउटा पापीले धेरै असल कामलाई सर्वनाश गर्छ।

रोमी 13 : 4
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।

भजनसंग्रह 144 : 1
1 दाऊदको भजन [1] मेरो चट्टान, परमप्रभुको प्रशंसा होस्‌, जसले मेरो हातलाई युद्ध गर्न, र मेरा औँलाहरूलाई लड़ाइँ गर्न सिकाउनुहुन्‍छ।

नहेम्‍याह 4 : 17 – 18
17 भारी बोक्‍ने मजदूरहरूको एउटा हात काममा र अर्को हात आफ्‍नो हतियारमा हुन्‍थ्‍यो।
18 र निर्माण गर्नेहरू आफ्‍नो तरवार भिरेर बनाउने काम गर्थे। तर तुरही फुक्‍नेचाहिँ मेरो छेउमा थियो।

१ शमूएल 13 : 19 – 20
19 त्‍यस बेला इस्राएलभरि नै कुनै लोहार पाइँदैनथ्‍यो, किनभने पलिश्‍तीहरूले हिब्रूहरूलाई तरवार र भाला बनाउन नदिने निश्‍चय गरेका थिए।
20 आ-आफ्‍नो फाली, कोदालो, बन्‍चरो र हँसिया पनि इस्राएलीहरूले पलिश्‍तीहरूकहाँ उध्‍याउन जानुपर्थ्‍यो।

२ तिमोथी 3 : 16 – 17
16 सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ,
17 ताकि परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्‍जित भई सिद्ध भएको होस्‌।

उत्‍पत्ति 9 : 5 – 6
5 र तिमीहरूको प्राण दिने रगतको सट्टा म निश्‍चय लेखा लिनेछु। हरेक पशुदेखि म प्राणको साटो लिनेछु, र हरेक मानिसदेखि पनि आफ्‍नो दाजुभाइका प्राणको साटो म लिनेछु।
6 जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्‍यसको रक्तपात हुनेछ, किनभने परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा बनाउनुभएको हो।

गन्ती 31 : 3
3 तब मोशाले मानिसहरूलाई यसो भने, “मिद्यानीहरूसँग युद्ध गर्न र उनीहरूसँग बदला लिनलाई तिमीहरूले आफ्‍ना मानिसहरूमा कतिपयलाई तयार पार।

प्रस्‍थान 21 : 24 – 25
24 आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा,
25 डामको सट्टा डाम, चोटको सट्टा चोट, कुटाइको सट्टा कुटाइ त्‍यस मानिसलाई मिलोस्‌।”

उपदेशक 3 : 1 – 8
1 सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ:
2 जन्‍मने एउटा समय छ, र मर्ने एउटा समय। रोप्‍ने एउटा समय छ, र उखेल्‍ने एउटा समय।
3 मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय। भत्‍काउने एउटा समय छ, र बनाउने एउटा समय।
4 रुने एउटा समय छ, र हाँस्‍ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्‍ने एउटा समय।
5 ढुङ्गा छर्ने एउटा समय छ, र ती बटुल्‍ने एउटा समय। अँगाल्‍ने एउटा समय छ, र अलग रहने एउटा समय।
6 खोज्‍ने एउटा समय छ, र छोड़िदिने एउटा समय। राख्‍ने एउटा समय छ, र फाल्‍ने एउटा समय।
7 च्‍यात्‍ने एउटा समय छ, र मरम्‍मत गर्ने एउटा समय। चूप लाग्‍ने एउटा समय छ, र बोल्‍ने एउटा समय।
8 प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ, र मेलमिलाप गर्ने एउटा समय।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *