बत्ती

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बत्ती

उत्‍पत्ति 15 : 17
17 सूर्य अस्‍ताएपछि जब अँध्‍यारो भयो तब मासुका टुक्राहरूका बीचबाट धूवाँ आइरहेको आगोको एउटा मकल र बलिरहेको एउटा राँको छिरिगयो।

प्रस्‍थान 25 : 40
40 पर्वतमा तँलाई देखाएको नमूनाबमोजिम तैंले होश गरी ती बनाउनू।

प्रस्‍थान 37 : 22
22 सामदान, त्‍यसका कोपिला र हाँगाहरू निखुर सुनको एउटै टुक्राबाट ढालिएका थिए।

प्रस्‍थान 27 : 21
21 भेट हुने पालमा गवाही-पाटीको सामु भएको पर्दाबाहिर हारून र त्‍यसका छोराहरूले ती दियाहरू साँझदेखि बिहानसम्‍म परमप्रभुको सामुन्‍ने बालिरहने गरून्‌। इस्राएलीहरूका निम्‍ति तिनका पुस्‍तौँसम्‍मलाई यो अनन्‍तको विधि होस्‌।”

लेवीहरू 24 : 4
4 त्‍यसले परमप्रभुको सामुन्‍ने निरन्‍तर निखुर सुनको पानसमा भएका बत्तीहरू रेखदेख गरोस्‌।

अय्‍यूब 18 : 6
6 त्‍यसको पालमा ज्‍योति अँध्‍यारो हुन्‍छ, त्‍यसको बत्ती निभ्‍छ।

भजनसंग्रह 119 : 105
105 तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्ती, र मेरो बाटोको निम्‍ति उज्‍यालो हो।

हितोपदेश 13 : 9
9 धर्मी मानिसको बत्ती चहकिलो भएर बल्‍छ, तर दुष्‍टको बत्ती निभाइन्‍छ।

हितोपदेश 20 : 20
20 यदि कसैले आफ्‍नो बुबा वा आमालाई सराप्‍छ भने, त्‍यसको बत्ती घोर अन्‍धकारको बेला निभाइनेछ।

यशैया 62 : 1
1 सियोनको खातिर म चूप लाग्‍नेछैनँ। यरूशलेमको खातिर म चूपचाप बस्‍नेछैनँ, जबसम्‍म त्‍यसको धार्मिकता उषाको उज्‍यालोजस्‍तै र त्‍यसको मुक्ति राँकोझैँ चहकिलो बलिरहेको देखिँदैन।

यर्मिया 25 : 10
10 तिनीहरूबाट आनन्‍द र हर्षको आवाज, दुलहाको सोर र दुलहीको सोर, जाँतोको पिँधाइ र बत्तीको उज्‍यालो म उठाइलानेछु।

सपन्‍याह 1 : 12
12 त्‍यस बेला बत्ती बालेर म यरूशलेमलाई खोज्‍नेछु, र ढुक्‍क भएर बस्‍नेहरूलाई, थिग्रो भएर बसेको दाखमद्यजस्‍तै हुनेहरूलाई, र ‘परमप्रभुले न त असल न खराब गर्नुहुन्‍छ’ भनी विचार गर्नेहरूलाई म सजाय दिनेछु।

मत्ती 6 : 22
22 “आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्‍वस्‍थ छन्‌ भने, तिम्रो सारा शरीर उज्‍यालो हुनेछ।

२ पत्रुस 1 : 19
19 हामीसित भएका अगमवक्ताहरूको वचन अझ निश्‍चित भएको छ। झिसमिसे उज्‍यालो नहोउञ्‍जेल र तिमीहरूका हृदयमा बिहानको तारा नउदाउञ्‍जेल अन्‍धकारमा बलिरहेको दियोलाई झैँ तिमीहरूले त्‍यस वचनलाई ध्‍यान दियौ भने असल गर्नेछौ।

प्रकाश 21 : 23
23 त्‍यो सहर उज्‍यालो गराउन सूर्य र चन्‍द्रमाको खाँचो छैन, किनभने परमेश्‍वरको महिमा नै त्‍यसको उज्‍यालो हो। त्‍यहाँको बत्तीचाहिँ थुमा आफै हुनुहुन्‍छ।

प्रकाश 4 : 5
5 त्‍यस सिंहासनबाट बिजुलीहरू, आवाजहरू र गर्जनहरू निस्‍केर आउँथे, र त्‍यस सिंहासनको सामुन्‍ने आगोका सात वटा बत्तीहरू बलिरहेका थिए। यी परमेश्‍वरका सात आत्‍माहरू हुन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *