यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बटलर
१ राजाहरू 10 : 5
5 तिनको टेबिलको भोजन, तिनका वरिपरि बस्ने अधिकारीहरू, आफ्ना उर्दीपोशाक लाएर सेवा-टहल गर्ने नोकर-चाकरहरू, तिनलाई मद्य पियाउनेहरू र परमप्रभुको मन्दिरमा तिनले चढ़ाउने गरेका होमबलिहरू देखिन्, तब तिनी अवाक् भइन्।
२ इतिहास 9 : 4
4 तिनको टेबिलको भोजन, वरिपरि बस्ने तिनका अधिकारीहरू, उर्दीपोशाक लाएर तिनका सेवा-टहल गर्ने नोकर-चाकरहरू, तिनका मद्य पियाउनेहरू र परमप्रभुको मन्दिरमा तिनले चढ़ाएका होमबलिहरू देखिन्, तब तिनी अवाक् भइन्।
नहेम्याह 1 : 11
11 हे परमप्रभु, तपाईंको दासको विनम्र प्रार्थनामा ध्यानसित कान थाप्नुहोस्, र तपाईंका नाउँको सम्मान गर्न प्रसन्न हुने तपाईंका दासहरूको प्रार्थना सुन्नुहोस्। आज यस मानिसको उपस्थितिमा आफ्नो सेवकमाथि कृपा देखाई उसलाई सफलता दिनुहोस्।” त्यस बेला म राजाको मद्य टक्र्याउनेहरूका अधिकृत थिएँ।
नहेम्याह 2 : 1
1 एक दिन अर्तासास्त राजाको बीसौँ वर्षको नीसान महिनामा जब उहाँको दाखमद्य तयार भयो तब मैले त्यो लगेर राजालाई टक्र्याएँ। राजाको अगाड़ि म पहिला कहिल्यै उदास भएको थिइनँ।
Leave a Reply