यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बच्चा येशू
लूका 2 : 11
11 आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ।
मत्ती 2 : 11
11 अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढ़ाए।
मत्ती 2 : 16
16 तब ज्योतिषीहरूले तिनलाई छकाएको कुरा हेरोदले थाहा पाए, र तिनी रीसले चूर भए। अनि ज्योतिषीहरूबाट थाहा भएको समयअनुसार बेथलेहेम र त्यस इलाका भित्रका दुई वर्ष र त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाए।
लूका 1 : 44
44 किनभने हेर, तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्दले उफ्र्यो।
लूका 1 : 31
31 अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ।
मत्ती 2 : 1
1 हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्म भयो, पूर्वका ज्योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने,
Leave a Reply