यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बच्चा बलिदान
लेवीहरू 18 : 21
21 “‘आफ्ना छोराछोरी मोलोखको निम्ति आगोमा चढ़ाएर आफ्ना परमेश्वरको नाउँ अपवित्र नपार्। म नै परमप्रभु हुँ।
व्यवस्था 12 : 31
31 तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको पूजा उनीहरूले गरेझैँ नगर्नू, किनकि उनीहरूका देवताहरूको पूजा गर्दा उनीहरूले सब किसिमका घृणित कुरा गर्छन्, जुन परमप्रभु घृणा गर्नुहुन्छ। उनीहरू आफ्ना छोराछोरीहरूलाई पनि आफ्ना देवताहरूका लागि आगोमा होमिदिन्छन्।
लेवीहरू 20 : 1 – 5
1 परमप्रभुले मोशालाई भन्नुभयो,
2 “इस्राएलीहरूलाई भन्: ‘इस्राएलीहरू अथवा तिनीहरूसित वास गर्ने परदेशीहरू जसले आफ्नो बालक मोलोखलाई चढ़ाउँछ त्यो मारिनैपर्छ। समुदायका मानिसहरूले त्यसलाई ढुङ्गाले हानून्।
3 त्यसले आफ्नो बालक मोलोखलाई चढ़ाउँदा मेरो पवित्रस्थान र पवित्र नाउँलाई अपवित्र गर्छ। यसकारण त्यसको विरोध गरेर म त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरिदिनेछु।
4 त्यसले आफ्नो बालक मोलोखलाई चढ़ाउँदा समुदायका मानिसहरूले त्यस मानिसलाई नमारेर नदेखेका जस्तो गरे भने,
5 म त्यस मानिस र त्यसको परिवारको विरोध गर्नेछु, र त्यसलाई र त्यसको साथमा मोलोख पछि लागेर आफूलाई वेश्यासमान बनाउने सबैलाई आफ्ना मानिसहरूबाट म बहिष्कार गरिदिनेछु।
इजकिएल 16 : 20 – 21
20 “‘अनि तैंले मेरो निम्ति जन्माएका तेरो छोराछोरीहरूलाई लगेर मूर्तिहरूका लागि खानेकुरा स्वरूप बलिदान चढ़ाइस्। के तेरो वेश्यावृत्ति नै यथेष्ट थिएन र?
21 तैंले मेरा छोराछोरीहरूलाई मारेर ती मूर्तिहरूका निम्ति बलि चढ़ाइस्।
२ राजाहरू 17 : 17 – 18
17 तिनीहरूले आफ्ना छोराहरू र छोरीहरूलाई आगोमा होम गरे। तिनीहरूले जोखना हेरे, र टुनामुना गरे, र परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यो गर्न तिनीहरूले आफैलाई बेचेर उहाँलाई रीस उठाए।
18 यसैले परमप्रभु इस्राएलसित साह्रै रिसाउनुभयो, र तिनीहरूलाई आफ्नो उपस्थितिबाट निकालिदिनुभयो। केवल यहूदाको कुल मात्र छोड़ियो,
२ राजाहरू 21 : 2 – 6
2 इस्राएलीहरूका सामुन्नेबाट परमप्रभुले धपाउनुभएका जाति-जातिहरूका घिनलाग्दा चालहरूमा हिँड़ेर तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे।
3 तिनका पिता हिजकियाले सर्वनाश गरेका अल्गा-अल्गा ठाउँहरू तिनले फेरि निर्माण गरे। इस्राएलका राजा आहाबले गरेझैँ तिनले बालको निम्ति वेदीहरू खड़ा गरे, र अशेराको एउटा खम्बा पनि बनाए। तिनले आकाशका सारा तारामण्डललाई घोप्टो परेर दण्डवत् गरे।
4 तिनले परमप्रभुको मन्दिरमा वेदीहरू बनाए, जुन मन्दिरको विषयमा परमप्रभुले भन्नुभएको थियो, “यरूशलेममा नै म मेरो नाउँ राख्नेछु।”
5 परमप्रभुको मन्दिरका दुवै चोकमा तिनले आकाशका तारामण्डलको निम्ति वेदीहरू बनाए।
6 तिनले आफ्नै छोरालाई आगोमा होम गरे, टुनामुना गरे, र जोखना हेरे, र भूतप्रेत र पिशाचहरू खेलाए। तिनले परमप्रभुको दृष्टिमा साह्रै खराबी गरे र उहाँलाई साह्रै रीस उठाए।
भजनसंग्रह 106 : 37 – 38
37 तिनीहरूले आफ्ना छोराछोरीहरूलाई भूतात्माहरूलाई बलि चढ़ाए।
38 तिनीहरूले निर्दोषको रगत, अर्थात् आफ्नै छोराछोरीहरूको रगत बगाए, जसलाई तिनीहरूले कनानका मूर्तिहरूका निम्ति बलि चढ़ाए। र तिनीहरूको रगतले धरती अपवित्र भयो।
यर्मिया 7 : 30 – 34
30 “‘यहूदाका मानिसहरूले मेरो दृष्टिमा दुष्ट काम गरेका छन्, परमप्रभु भन्नुहुन्छ। तिनीहरूले मेरो नाउँले कहलाइएको भवन बिटुलो पारी घिनलाग्दा देवताहरू त्यसमा खड़ा गरेका छन्।
31 आफ्ना छोराछोरीहरूलाई आगोमा बलि गर्न बेन-हिन्नोमको बेँसीमा तोपेतका अल्गा ठाउँहरू तिनीहरूले बनाएका छन्। यस्तो आज्ञा मैले दिएको थिइनँ, न त त्यो कुरा मेरो मनमा उब्जेको थियो।
32 यसकारण होशियार होओ, यस्ता दिनहरू आउँदैछन्, परमप्रभु भन्नुहुन्छ, जब मानिसहरूले त्यसलाई तोपेत वा बेन-हिन्नोमको बेँसी कहिल्यै भन्नेछैनन्, तर त्यो हत्याको बेँसी कहलाइनेछ। किनकि तिनीहरूले आफ्ना मरेकाहरूलाई तोपेतमा ठाउँ नअटाउञ्जेलसम्म गाड्नेछन्।
33 तब यस प्रजाका लाशहरू आकाशका पक्षीहरू र पृथ्वीका पशुहरूलाई आहार हुनेछन्। अनि तिनीहरूलाई तर्साएर धपाउने कोही हुनेछैन।
34 म यहूदाका सहरहरू र यरूशलेमका गल्लीहरूबाट हर्ष र आनन्दको आवाज, दुलहा र दुलहीको सोर खतम गरिदिनेछु, किनकि देश उजाड़ हुनेछ’।”
भजनसंग्रह 127 : 3
3 छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्, छोराछोरीहरू उहाँका इनाम हुन्।
यर्मिया 7 : 31
31 आफ्ना छोराछोरीहरूलाई आगोमा बलि गर्न बेन-हिन्नोमको बेँसीमा तोपेतका अल्गा ठाउँहरू तिनीहरूले बनाएका छन्। यस्तो आज्ञा मैले दिएको थिइनँ, न त त्यो कुरा मेरो मनमा उब्जेको थियो।
आमोस 1 : 13
13 परमप्रभु यसो भन्नुहुन्छ: “अम्मोनका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्यसले आफ्ना साँधसिमाना बढ़ाउनलाई गिलादका गर्भवती स्त्रीहरूका पेट तरवारले चिरेको हुनाले,
भजनसंग्रह 139 : 13 – 16
13 किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्नुभयो।
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्भुत छन्, र त्यो कुरा म पूर्ण रूपले जान्दछु।
15 जब अदृश्यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्वीको गहिराइमा रचिँदैथिएँ,
16 तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्ति नियुक्त गरिएको आयु तपाईंको पुस्तकमा लेखिएको थियो। त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।
यर्मिया 1 : 5
5 “मैले तँलाई गर्भमा रच्नभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्मनभन्दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्ति एक अगमवक्ता नियुक्त गरें।”
व्यवस्था 18 : 10
10 आफ्नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, जादूगरी गर्ने,
इजकिएल 16 : 36 – 38
36 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तैंले तेरो धन-सम्पत्ति खर्च गरेर आफ्ना प्रेमीहरूसित लाज र नग्नता खुला पारेको कारण, र तेरा सबै घिनलाग्दा मूर्तिहरूको कारण, र तैंले तिनीहरूलाई तेरा छोराछोरीहरूको रगत चढ़ाएको कारण,
37 तँलाई मन परेका र मन नपरेका तेरा सबै प्रेमीहरू, जससँग तैंले चैन गरिस्, ती सबैलाई म भेला गर्नेछु। तेरा चारैतिर तेरो विरुद्धमा म तिनीहरूलाई भेला गर्नेछु र म तिनीहरूका अगाड़ि तेरो नग्नता उघारिदिनेछु, र तिनीहरूले तेरो नग्नता देख्नेछन्।
38 ती स्त्रीहरू जसले व्यभिचार गर्छन् र हत्या गर्छन्, तिनीहरूलाई दिने दण्ड म तँलाई दिनेछु। मेरो क्रोध र डाहको रीसको बदला तँमाथि खन्याउनेछु।
इजकिएल 20 : 31
31 जब तिमीहरू आफ्ना उपहारहरू चढ़ाउँछौ अर्थात् आफ्ना छोराहरू आगोमा चढ़ाउने बलिदानहरू— तब आजको दिनसम्म पनि आफ्ना सबै मूर्तिहरूले तिमीहरू आफैलाई बिटुलो पार्दछौ। हे इस्राएलको घराना, के तिमीहरूलाई मसँग सोधपूछ गर्न दिनु र? परमप्रभु परमेश्वर भन्नुहुन्छ, जस्तो म जीवित छु, तिमीहरूले मलाई सोधपूछ गर्न पाउनेछैनौ।
यर्मिया 22 : 17
17 “तर तेरा आँखा र हृदय त बेईमान गरेर नाफा गर्नु, निर्दोषहरूको रगत बगाउनु, अत्याचार र जबरदस्ती गरी खोस्नुमा मात्र छन्।”
भजनसंग्रह 127 : 3 – 5
3 छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्, छोराछोरीहरू उहाँका इनाम हुन्।
4 योद्धाको हातमा भएका काँड़हरूझैँ, युवावस्थामा जन्मेका छोराहरू हुन्छन्,
5 त्यो मानिस धन्यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्छ। मूल ढोकामा आफ्ना शत्रुहरूको सामना गर्नुपर्दा, तिनीहरू शर्ममा पर्नेछैनन्।
प्रस्थान 21 : 22 – 25
22 “यदि मानिसहरू आपसमा लड़न्त गर्दा कुनै गर्भवती स्त्रीलाई चोट लाग्यो, र महिना नपुगीकनै त्यसले बच्चा जन्माई तर स्त्रीलाई चाहिँ केही नोक्सानी भएन भने स्त्रीको पतिले भनेबमोजिम र अदालतले तोकेअनुसारको दण्ड चोट लगाउने मानिसले देओस्।
23 तर स्त्रीको केही नोक्सानी भयो भने, प्राणको सट्टा प्राण,
24 आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा,
25 डामको सट्टा डाम, चोटको सट्टा चोट, कुटाइको सट्टा कुटाइ त्यस मानिसलाई मिलोस्।”
Leave a Reply