यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बच्चा जन्माउने
भजनसंग्रह 127 : 3
3 छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्, छोराछोरीहरू उहाँका इनाम हुन्।
प्रस्थान 23 : 26
26 तिमीहरूको देशमा कोही गर्भ तुहुने वा बाँझी हुनेछैन। म तिमीहरूलाई पूरा आयु दिनेछु।”
यशैया 7 : 14
14 यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल [1] राखिनेछ।
उत्पत्ति 1 : 28
28 परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”
यूहन्ना 1 : 3
3 सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।
यशैया 66 : 9
9 के जन्माउने समयसम्म ल्याएर जन्माउनेचाहिँ नतुल्याऊँ?” परमप्रभु भन्नुहुन्छ। “के म, जसले जन्माउन लाउँछु, म गर्भ थुन्छु र?” तेरा परमेश्वर भन्नुहुन्छ।
कलस्सी 1 : 17
17 उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्।
मलाकी 2 : 15
15 के परमप्रभुले तिनीहरूलाई एउटै बनाउनुभएको होइन र? शरीर र आत्मामा तिनीहरू उहाँकै हुन्। अनि तिनीहरू किन एउटै हुन्? किनभने उहाँले ईश्वरीय सन्तान खोज्दैहुनुहुन्थ्यो। यसैले तिमीहरू आफ्नो आत्माको रक्षा गर, र आफ्नो जवानीपनकी पत्नीसँगको विश्वास भङ्ग नगर।
भजनसंग्रह 128 : 1 – 4
1 यात्राको गीत [1] परमप्रभुको भय मान्नेहरू सबै धन्यका हुन्, जो उहाँका इच्छाअनुसारका चालहरूमा चल्छन्।
2 तिमीले आफ्नो परिश्रमको फल खानेछौ, आशिष् र सब किसिमका फलिफाप तिमीले पाउनेछौ।
3 तिम्री पत्नी तिम्रो घरभित्र फलवन्त दाखको लताजस्तै, अनि तिम्रा छोरा-छोरीहरू तिम्रो टेबिलको वरिपरि जैतूनका मुनाहरूजस्तै हुनेछन्।
4 यसरी परमेश्वरको भय मान्ने मानिस आशिषित हुनेछ।
२ कोरिन्थी 5 : 17
17 यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।
मत्ती 5 : 18
18 किनभने साँच्चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्नेछैन।
यशैया 43 : 25
25 “म उही हुँ, जसले तेरा अपराधहरू मेरो आफ्नै खातिर मेटिदिन्छ, र तेरा पापहरूलाई सम्झँदैन।
यशैया 40 : 8
8 घाँस ओइलाउँछ, फूलहरू झरिहाल्छ, तर हाम्रा परमेश्वरको वचन सधैँभरि अटल रहनेछ।”
२ कोरिन्थी 1 : 3 – 5
3 हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर तथा पिता, करुणामय पिता, र सबै सान्त्वनाका परमेश्वरलाई प्रशंसा होस्।
4 उहाँले हामीलाई सबै दुःखमा सान्त्वना दिनुहुन्छ, ताकि हामीले पनि परमेश्वरबाट पाएको त्यही सान्त्वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सकौं।
5 किनकि जसरी हामी ख्रीष्टका कष्टमा प्रशस्त गरी सहभागी हुन्छौ, त्यसरी नै ख्रीष्टद्वारा सान्त्वनामा पनि प्रशस्त मात्रामा हामी सहभागी हुन्छौं।
लूका 1 : 26 – 37
26 छैटौँ महिनामा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो।
27 तिनी एउटी कन्ये-केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्ने एक जना मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो।
28 स्वर्गदूतले तिनीकहाँ गएर भने, “हे कृपा-पात्र, तिमीलाई अभिवादन! परमप्रभु तिमीसँग हुनुहुन्छ।”
29 तर तिनी त्यस कुराले साह्रै विचलित भइन्, र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्।
30 स्वर्गदूतले तिनलाई भने, “नडराऊ, मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छ्यौ।
31 अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ।
32 उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।
33 उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य हुनेछैन।”
34 मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ।”
35 स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ।
36 हेर, तिम्री नातेदार एलीशिबाले पनि तिनको वृद्धावस्थामा छोरो गर्भधारण गरेकी छिन्, र जो बाँझी कहलाइएकी थिइन्, तिनी अहिले छैटौँ महिनामा छिन्।
37 किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन।”
उत्पत्ति 38 : 1 – 30
1 त्यस बेला यहूदाचाहिँ आफ्ना दाजुभाइहरूलाई छोड़ेर तलतिर हीरा नाउँ भएको कुनै एक अदुल्लामवासीकहाँ गए।
2 त्यहाँ यहूदाले शूआ नाउँ भएको कुनै कनानीकी छोरीलाई देखे। उनले तिनलाई विवाह गरेर तिनीकहाँ गए।
3 तिनी गर्भवती भएर एक जना छोरो जन्माइन्, र त्यसको नाउँ एर् राखियो।
4 तिनी फेरि गर्भवती भएर अर्को छोरो जन्माइन्। तिनले त्यसको नाउँ ओनान राखिन्।
5 फेरि तिनले एउटा छोरो जन्माइन्, र तिनले त्यसको नाउँ शेलह राखिन्। तिनले त्यसलाई जन्माउँदा यहूदाचाहिँ कजीबमा बस्दैथिए।
6 यहूदाले उनको जेठो छोरो एर्को निम्ति एउटी पत्नी ल्याइदिए। तिनको नाउँ तामार थियो।
7 तर यहूदाको जेठो छोरो एर् परमप्रभुको दृष्टिमा दुष्ट थियो, र परमप्रभुले त्यसको प्राण लिनुभयो।
8 तब यहूदाले ओनानलाई भने, “तेरी भाउजूकहाँ जा, र देवरले गर्नुपर्ने कर्तव्य गर्, र तेरा दाजुको निम्ति सन्तान उत्पन्न गर्।”
9 तर सन्तान आफ्नो नहुने जानेर ओनानले भाउजूकहाँ जाँदा दाजुको सन्तान नहोस् भन्ने हेतुले वीर्यचाहिँ भूइँमा पतन गर्थ्यो।
10 त्यसले गरेको यो काम परमप्रभुको दृष्टिमा खराब ठहरियो, र उहाँले त्यसको पनि प्राण लिनुभयो।
11 तब यहूदाले आफ्नी बुहारी तामारलाई भने, “मेरो छोरो शेलह ठूलो नहोउञ्जेल विधवा नै भएर तिम्रा बुबाको घरमा बस।” किनभने शेलह त्यसका दाजुहरूजस्तै मर्छ कि भनेर उनी डराए। यसकारण तामार गएर आफ्नो माइतमा बसिन्।
12 रहँदा-बस्दा एक दिन शूआकी छोरी यहूदाकी पत्नी मरिन्। शोक गर्ने समय बितिसकेपछि यहूदा उनका मित्र अदुल्लामवासी हीरालाई साथमा लिएर तिम्नामा उनका भेड़ा कत्रनेहरूकहाँ गए।
13 ससुरा भेड़ा कत्रनलाई तिम्नामा जाँदैछन् भन्ने खबर तामारले पाएर
14 विधवाको लुगा फुकाली घुम्टो हालेर भेष परिवर्तन गरी तिम्नाको बाटोमा भएको एनैम सहरको ढोकामा बसिन्। किनकि शेलह ठूलो भइसकेर पनि त्यसकी पत्नी हुन नपाएकी तिनले देखिन्।
15 तिनले मुख छोपेकी हुनाले यहूदाले तिनलाई देखेर वेश्या भनी ठाने।
16 सड़कको किनारमा गएर उनले तिनलाई भने, “लौ, मलाई तिमीकहाँ आउन देऊ।” किनभने आफ्नै बुहारी हो भनी उनलाई थाहा थिएन। तिनले भनिन्, “तपाईं मकहाँ आउनुहुन्छ भने मलाई के दिनुहुन्छ?”
17 उनले जवाफ दिए, “बगालबाट म तिमीलाई एउटा पाठो दिनेछु।” तिनले भनिन्, “तपाईंले त्यो नपठाउञ्जेल मसँग केही चीज बन्धकी राख्नुहुन्छ कि?”
18 यहूदाले भने, “म के बन्धकी राखूँ?” तिनले भनिन्, “तपाईंको छाप र त्यसको डोरी, र तपाईंको हातको यो लट्ठी राखे हुन्छ।” यसैले यहूदाले तिनलाई ती चीजहरू दिए, र तिनीसँग सहवास गरे। अनि उनीबाट तिनी गर्भवती भइन्।
19 तब तिनी उठेर गइहालिन्, र घुम्टो फुकालेर फेरि विधवाको लुगा लगाइन्।
20 यहूदाले आफ्ना बन्धकीका चीजहरू ती स्त्रीबाट निखन्नलाई आफ्ना मित्र अदुल्लामवासीको हातमा एउटा पाठो पठाइदिए। तर उनले तिनलाई भेट्टाएनन्।
21 “एनैममा बाटोको छेउमा बस्ने वेश्या कहाँ छ?” भनेर उनले त्यस ठाउँका मानिसहरूलाई सोधे। तिनीहरूले “यहाँ कुनै वेश्या छैन” भने।
22 तब उनी यहूदाकहाँ फर्केर आई भने, “मैले त त्यसलाई भेट्टाइनँ। त्यस ठाउँका मानिसहरूले पनि ‘यहाँ कुनै वेश्या छैन’ भने।”
23 यहूदाले भने, “ती चीजहरू त्यसैले राखोस्, नत्रता हामीलाई लाज हुनेछ। हेर, मैले यो पाठो पठाएकै हो, तर हामीले त्यसलाई भेट्टाएनौं।”
24 प्राय: तीन महिनापछि तिम्री बुहारी तामार वेश्याकी चालमा चलेकी छे, र बेश्यापनबाट गर्भवती पनि भएकी छे भन्ने खबर यहूदालाई सुनाइयो। तब यहूदाले भने, “त्यसलाई यहाँ ल्याएर जलाइदेओ।”
25 तिनलाई त्यहाँ ल्याउँदाल्याउँदै तिनले आफ्ना ससुरालाई यसो भनिपठाइन्, “यी चीजहरू जसका हुन्, तिनैबाट म गर्भवती भएकी हुँ।” अनि तिनले भनिन्, “हेर, यो छाप, यो डोरी र यो लट्ठी कसका हुन्?”
26 तब यहूदाले ती चीजहरू आफ्ना हुन् भनी स्वीकार गरेर भने, “त्यो त मभन्दा पनि धर्मी रहिछ, किनभने मैले मेरा छोरा शेलह त्यसका पति हुनलाई दिइनँ।” त्यसपछि उनले तिनीसँग फेरि सहवास गरेनन्।
27 सुत्केरी हुने बेलामा तिनको गर्भमा जुम्ल्याहा रहेछन् भन्ने थाहा भयो।
28 तिनलाई सुत्केरी व्यथा लाग्दा एउटाचाहिँले हात बाहिर निकाल्यो, र सुँड़ेनीले त्यसको हातमा एउटा रातो धागो यसो भनेर बाँधी, “पहिले जन्मेको यही हो।”
29 तर त्यसले आफ्नो हात फेरि भित्र लगेपछि त्यसको भाइचाहिँ पो जन्म्यो। र त्यसले भनी, “ए तैंले यस्तो बलजफत गर्ने!” यसकारण त्यसको नाउँ फारेस राखियो।
30 पछिबाट हातमा रातो धागो बाँधिएको चाहिँ जन्म्यो। त्यसको नाउँचाहिँ जेरह राखियो।
मर्कूस 2 : 5 – 7
5 येशूले तिनीहरूको विश्वास देखेर त्यस पक्षाघातीलाई भन्नुभयो, “ए छोरा, तिम्रा पापहरू क्षमा भए।”
6 तर त्यहाँ केही शास्त्रीहरू बसिरहेका थिए, र आफ्ना मनमा यसो भनेर विचार गरिरहेका थिए,
7 “यस मानिसले किन यसरी बोल्दछ? यो त ईश्वर-निन्दा हो। केवल एक, अर्थात् परमेश्वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्छ?”
Leave a Reply