यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बच्चाहरु स्वर्ग जान्छन्
मत्ती 19 : 13 – 14
13 येशूले बालकहरूमाथि हात राखी प्रार्थना गरिदेऊन् भनी मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्याए। अनि चेलाहरूले ती मानिसहरूलाई हप्काए।
14 तर येशूले भन्नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने स्वर्गको राज्य यस्तैहरूको हो।”
मत्ती 18 : 3
3 र भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्नेछैनौ।
मर्कूस 10 : 13 – 14
13 मानिसहरूले साना बाल-बालिकाहरूलाई येशूले छोइदेऊन् भन्ने उद्देश्यले उहाँकहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हकारे।
14 तर यो देखेर येशू रिसाउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “साना बाल-बालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो।
२ शमूएल 12 : 22 – 23
22 तिनले जवाफ दिए, “जब बालक जिउँदो थियो तब परमप्रभुले ममाथि अनुग्रह गर्नुहुन्छ र बालक बाँच्छ होला भनी विचार गरेर म उपवास बसें, र रोएँ।
23 तर अब त्यो मरिहाल्यो, त मैले किन उपवास बस्ने? के म त्यसलाई फेरि फर्काई ल्याउन सक्छु र? म त्यसकहाँ जानेछु, तर त्यो मकहाँ फर्की आउनेछैन।”
प्रेरित 2 : 38 – 39
38 पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।
39 किनकि प्रतिज्ञा तिमीहरूका निम्ति, तिमीहरूका सन्तानको निम्ति र टाढ़ा-टाढ़ामा रहेका सबैका निम्ति हो, प्रत्येक जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ।”
लूका 18 : 15 – 16
15 येशूले छोइदेऊन् भनी मानिसहरूले शिशुहरूलाई उहाँकहाँ ल्याए। तर चेलाहरूले यो देखेर तिनीहरूलाई हप्काए।
16 येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने परमेश्वरको राज्य यस्तैहरूको हो।
व्यवस्था 1 : 39
39 तिमीहरूका बालबच्चा, जसका विषयमा ती कैदमा पर्नेछन्, भनी तिमीहरूले भन्यौ, बरु ती असल र खराब नजान्ने तिमीहरूका साना अबोध नानीहरूचाहिँ त्यहाँ प्रवेश गर्नेछन्। म त्यो देश तिनीहरूलाई दिनेछु र त्यो तिनीहरूले अधिकार गर्नेछन्।
यर्मिया 1 : 1 – 19
1 बेन्यामीनको इलाकाको अनातोतमा बस्ने पूजाहारीहरूमध्ये एक जना, हिल्कियाहका छोरा यर्मियाका वचन यी हुन्।
2 यहूदाका राजा अमोनका छोरा योशियाहका राजकालको तेह्रौँ वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो,
3 अनि परमप्रभुको वचन यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको राजकालभरि र यहूदाका राजा योशियाहका छोरा सिदकियाहका राजकालको एघारौँ वर्षको पाँचौँ महिनासम्म, यरूशलेमका मानिसहरू कैदमा नलगुञ्जेलसम्मै आइरह्यो।
4 परमप्रभुको यो वचन मकहाँ आयो,
5 “मैले तँलाई गर्भमा रच्नभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्मनभन्दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्ति एक अगमवक्ता नियुक्त गरें।”
6 मैले भनें, “हे परमप्रभु परमेश्वर, म त बोल्नै जान्दिनँ, म त बालकै छु।”
7 तर परमप्रभुले मलाई भन्नुभयो, “‘म त बालकै छु,’ भनी नभन्। जसकहाँ म तँलाई पठाउँछु ती हरेककहाँ तँ जानैपर्छ र जे-जे म तँलाई आज्ञा गर्छु, ती तैंले भन्नैपर्छ।
8 तिनीहरूसँग नडरा, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्नुहुन्छ।
9 तब आफ्नो हात पसारेर परमप्रभुले मेरो मुख छुनुभयो, र मलाई भन्नुभयो, “अब, मैले मेरा वचन तेरो मुखमा हालिदिएको छु।
10 हेर्, उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्न म आज तँलाई जाति-जातिहरू र राज्य-राज्यहरूमाथि नियुक्त गर्दछु।”
11 परमप्रभुको यो वचन मकहाँ आयो: “यर्मिया, तँ के देख्छस्?” मैले भनें, “म हाड़े-बदामका रूखको एउटा हाँगा देख्दैछु।”
12 तब परमप्रभुले मलाई भन्नुभयो, “तैंले ठीकै देखिस्, किनकि मेरो वचन पूरा भएको होस् भनेर म नियालेर हेरिरहेको छु।”
13 परमप्रभुको यो वचन फेरि मकहाँ आयो: “तँ के देख्दैछस्?” मैले भनें, “एउटा उम्लँदैगरेको भाँड़ो उत्तर दिशाबाट घोप्टिरहेको म देख्दैछु।”
14 तब परमप्रभुले मलाई भन्नुभयो, “उत्तरदेखि नै यस देशका सबै मानिसहरूमाथि सर्वनाश खन्याइनेछ।
15 म उत्तरका राज्यहरूका सबै मानिसहरूलाई बोलाउनै लागेको छु,” परमप्रभु भन्नुहुन्छ। “उनीहरूका राजाहरू आएर हरेकले आ-आफ्नो सिंहासन यरूशलेमका मूल ढोकाहरूको पस्ने ठाउँमा स्थापना गर्नेछ। उनीहरू त्यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरहरूका विरुद्धमा आउनेछन्।
16 मलाई त्यागेर तिनीहरूले गरेका सबै दुष्टताको कारणले गर्दा तिनीहरूका विरुद्धमा म मेरो न्यायको फैसला सुनाउनेछु। तिनीहरूले पराई देवताहरूका निम्ति धूप बाले, र आफ्नै हातले बनाएका कुराहरूलाई दण्डवत् गरे।
17 “तँचाहिँ तयार हो! उठ्, र जे-जे कुराको म तँलाई आज्ञा दिन्छु ती तिनीहरूलाई भन्। तिनीहरूदेखि तँ नडरा, नत्रता म तँलाई नै तिनीहरूका सामुन्ने भयभीत पार्नेछु।
18 आज यो सारा देश, यहूदाका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र देशका मानिसहरूका विरुद्धमा उभिनलाई मैले तँलाई एक किल्ला भएको सहर, फलामको खामो र काँसाको पर्खाल बनाएको छु।
19 तिनीहरूले तेरो विरुद्ध युद्ध गर्नेछन्, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्नुहुन्छ।
प्रेरित 2 : 38
38 पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।
Leave a Reply