बच्चाहरु को सुरक्षा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बच्चाहरु को सुरक्षा

मत्ती 18 : 10
10 “होशियार रहो, तिमीहरूले यी सानाहरूमध्‍ये एक जनालाई पनि हेला नगर। किनभने म तिमीहरूलाई भन्‍दछु, स्‍वर्गमा तिनीहरूका दूतहरूले स्‍वर्गका मेरा पिताको दर्शन सदैव गरिरहन्‍छन्‌।

भजनसंग्रह 127 : 3
3 छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्‌, छोराछोरीहरू उहाँका इनाम हुन्‌।

मर्कूस 9 : 42
42 “जसले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्‍ये एक जनालाई बाधा देला, त्‍यसको निम्‍ति त बरु एउटा ठूलो जाँतोको ढुङ्गा त्‍यसको घिच्रोमा झुण्‍ड्याएर त्‍यसलाई समुद्रमा फालिदिनु असल हुनेथियो।

लूका 17 : 2
2 जुन मानिसले यी सानाहरूमध्‍ये एउटालाई पाप गर्न लाउँछ त्‍यसको गलामा जाँतोको एउटा पाटा झुण्‍ड्याएर त्‍यसलाई समुद्रमा फालिदिनु त्‍यसको निम्‍ति बेस हुनेछ।

मत्ती 18 : 6
6 “तर जसले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्‍ये एक जनालाई पाप गर्न लाउँछ, बरु त्‍यसको गलामा ठूलो जाँतोको ढुङ्गा बाँधेर त्‍यसलाई गहिरो समुद्रमा डुबाइदिनु असल हुन्‍छ।

यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।

मत्ती 25 : 40
40 “तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्‍नेछन्, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यी मेरा भाइहरूमध्‍ये सबैभन्‍दा सानामा एक जनालाई जे-जति गर्‍यौ, त्‍यो तिमीहरूले मलाई नै गर्‍यौ।’

भजनसंग्रह 146 : 9
9 विदेशीहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्‍छ! अनाथ र विधवालाई उहाँले सम्हाल्‍नुहुन्‍छ, तर दुष्‍टहरूका युक्तिहरू उहाँले विफल पार्नुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *