बच्चाहरु एक वरदान हो

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बच्चाहरु एक वरदान हो

भजनसंग्रह 127 : 3 – 5
3 छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्‌, छोराछोरीहरू उहाँका इनाम हुन्‌।
4 योद्धाको हातमा भएका काँड़हरूझैँ, युवावस्‍थामा जन्‍मेका छोराहरू हुन्‍छन्‌,
5 त्‍यो मानिस धन्‍यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्‍छ। मूल ढोकामा आफ्‍ना शत्रुहरूको सामना गर्नुपर्दा, तिनीहरू शर्ममा पर्नेछैनन्‌।

उत्‍पत्ति 1 : 28
28 परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”

भजनसंग्रह 139 : 13 – 16
13 किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्‍यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्‍नुभयो।
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌, र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु।
15 जब अदृश्‍यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्‍वीको गहिराइमा रचिँदैथिएँ,
16 तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो। त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *