यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बच्चाको विश्वास
लूका 18 : 17
17 साँच्चै म तिमीहरूलाई भन्दछु, जसले एउटा बालकले जस्तै परमेश्वरको राज्यलाई ग्रहण गर्दैन, त्यो कुनै रीतिले त्यसभित्र प्रवेश गर्नेछैन।”
मत्ती 18 : 3
3 र भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्नेछैनौ।
मत्ती 19 : 14
14 तर येशूले भन्नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने स्वर्गको राज्य यस्तैहरूको हो।”
मर्कूस 10 : 13 – 16
13 मानिसहरूले साना बाल-बालिकाहरूलाई येशूले छोइदेऊन् भन्ने उद्देश्यले उहाँकहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हकारे।
14 तर यो देखेर येशू रिसाउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “साना बाल-बालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो।
15 साँच्चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकले जस्तै ग्रहण गर्दैन, त्यो कदापि त्यसभित्र पस्नेछैन।”
16 अनि उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरूमाथि आफ्नो हात राखी तिनीहरूलाई आशीर्वाद दिनुभयो।
मत्ती 21 : 16
16 र तिनीहरूले उहाँलाई भने, “सुन्दैछौ, यिनीहरूले के भनिरहेका छन्?” तब येशूले तिनीहरूलाई भन्नुभयो, “हो, सुन्दैछु। के तिमीहरूले पढ़ेका छैनौ, ‘शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्नुभएको छ’?”
मत्ती 18 : 6
6 “तर जसले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पाप गर्न लाउँछ, बरु त्यसको गलामा ठूलो जाँतोको ढुङ्गा बाँधेर त्यसलाई गहिरो समुद्रमा डुबाइदिनु असल हुन्छ।
हितोपदेश 22 : 6
6 बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।
भजनसंग्रह 8 : 2
2 शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्नुभएको छ, तपाईंका शत्रुहरूका कारणले, अनि शत्रु र प्रतिपक्षीलाई चूप गराउनलाई तपाईंले यसो गर्नुभएको छ।
मत्ती 21 : 15 – 16
15 तर जब मुख्य पूजाहारीहरू र शास्त्रीहरूले चाहिँ उहाँले गर्नुभएका अचम्मका काम देखे, र केटाकेटीहरूले मन्दिरमा “दाऊदका पुत्रलाई होसन्ना” भन्दै चिच्च्याएका सुने, तब तिनीहरू क्रोधित भए,
16 र तिनीहरूले उहाँलाई भने, “सुन्दैछौ, यिनीहरूले के भनिरहेका छन्?” तब येशूले तिनीहरूलाई भन्नुभयो, “हो, सुन्दैछु। के तिमीहरूले पढ़ेका छैनौ, ‘शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्नुभएको छ’?”
रोमी 10 : 17
17 जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ।
मत्ती 11 : 16
16 “अब यस पुस्ताको तुलना म केसँग गरूँ? यो त बजारमा खेल्ने ससाना केटाकेटीहरूजस्तो हो, जसले तिनीहरूका साथीहरूलाई बोलाउँछन्, र भन्दछन्,
हितोपदेश 23 : 13 – 19
13 बालकलाई ताड़ना दिन नरोक्। तैंले त्यसलाई बेत लगाएर सजाय दिइस् भने त्यो मरिजानेछैन।
14 बेत लगाएर त्यसलाई सजाय दे, र त्यसको प्राण मृत्युदेखि बचा।
15 हे मेरो छोरा, यदि तेरो हृदय बुद्धिमान् छ भने, मेरो हृदय खुशी हुनेछ।
16 मेरो अन्तस्करण त्यस बेला रमाउनेछ, जब तेरो ओठले उचित कुरा बोल्दछ।
17 तेरो हृदयलाई पापीहरूको डाह गर्न नदे, तर परमप्रभुका भयको निम्ति उत्सुक भइरह।
18 निश्चय नै भविष्यमा तेरो निम्ति आशा छ, र तेरो आशा व्यर्थ जानेछैन।
19 हे मेरो छोरा, सुन् र बुद्धिमान् बन्, र तेरो हृदय ठीक मार्गमा राख्।
Leave a Reply